नेपाली काङ्ग्रेसको मुक्ति सेना
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
नेपाली काङ्ग्रेसको मुक्ति सेना नेपाली काङ्ग्रेसको लडाकू दस्ता थियो। मुक्ति सेनाको गठन बैरगनियामा रणनैतिक सम्मेलनबाट वि.सं. २००७ मा भएको थियो। अहिंसात्मक आन्दोलनबाट जनताको सर्वोच्चता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई सशक्त बनाउन नेपाली काङ्ग्रेसले वि.सं. २००७ असोज १० र ११ (सन् १९५० सेप्टेम्बर २६ र २७)मा रौतहटको सीमानामा रहेको वैरगनियामा रणनैतिक सम्मेलन आयोजना गरेको थियो।
यस सम्मेलनले 'शसस्त्र क्रान्तिबाट मात्र देशमा परिर्वन सम्भव छ' भन्ने ठहर गरी सो क्रान्तिको सुप्रिम कमाण्डर पार्टी सभापति मातृका प्रसाद कोइरालालाई बनाउँदै भित्री रूपले त्यसको सञ्चालनको बागडोर विश्वेश्वरप्रसाद कोइराला र सुवर्ण शमशेर राणालाई जिम्मा लगायो। क्रान्ति सम्पन्न भएपछि मुक्ति सेनालाई दिल्ली सम्झौता अनुसार रक्षा दलमा परिणत भयो।
सिंहदरबार बिद्रोह
सम्पादन गर्नुहोस्दिल्ली सम्झौता अनुसार मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि कुँवर इन्द्रजित सिंह लगायतहरू असन्तुष्ट भए। उनीहरूले हतियार बुझाउन मानेनन् र सशस्त्र हमला जारी नै राखे। उनलाई भैरहवामा समातियो र सिंहदरबारमा कैद गरिएको थियो। काठमाडौँ ल्याइएका सिंह रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोगमा विद्रोह गरी मुक्त भएका थिए।[१] [२]
ज्यादती
सम्पादन गर्नुहोस्काङ्ग्रेसको मुक्तिसेनाले गाउँगाउँमा आतंक मच्चाउँथे। प्रजातन्त्र ल्याउनका खातिर उनिहरूले शासकलाई मात्र हैन अन्यलाई पनि हत्या गर्थे। पूर्वी नेपालमा निकै लुटपाट मच्चाए। प्रजातन्त्र स्थापना पछि गाउँ गाउँमा काङ्ग्रेस चुरीफुरी निकै बढ्यो। झगडा पर्दा "तेरो घरमा काङ्ग्रेस पसोस्" भन्ने उक्ति नै त्यतिबेलाबाट चल्न थाल्यो।[३]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "किन असफल भयो सिंहदरबार विद्रोह ?", अन्नपूर्ण पोस्ट, अन्नपूर्ण पोस्ट, ०६ माघ २०७४, अन्तिम पहुँच २०७८ जेठ २६।
- ↑ "मुक्ति सेना र राणा सेनाका कमान्डरको अनाैठो मित्रता इतिहासको त्यो एल्वम", कान्तिपुर, फागुन ९, २०७२, अन्तिम पहुँच २०७८ जेठ २६।
- ↑ प्रजु पन्त