नेपालमा लघु जलविद्युत
१०-१०० किलोवाटसम्मको जलविद्युतलाई लघु जलविद्युतका रूपमा परिभाषित गरिन्छ।[१]
नेपालमा बिजुली उत्पादन गर्न लघु जलविद्युत सन् १९११ मा ५०० किलोवाटको स्थापित क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजनाबाट सुरु भयो, त्यसपछि क्रमशः सन् १९३६ र १९६५ मा सुन्दरीजल र पनौती स्थापना भयो । सन् १९८०सम्म, मुख्य रूपमा ठूला जलविद्युत र तापीय माध्यमहरू मार्फत ठूला-स्तरको विद्युत उत्पादनमा ध्यान केन्द्रित गरिएको थियो, लघु जलविद्युत सम्भाव्यता अप्रयुक्त रह्यो। पहिलो चार वर्षमा (१९८१-१९८५ ), सरकारले लघु जलविद्युतहरूलाई अनुदान दिन थाल्यो। त्यसपछि परियोजनाको सङ्ख्या बढ्दै गएको छ ।
यी मध्ये अधिकांश परियोजनाहरू स्थानीय गाउँहरूका सुबिधाको लागि अफ-ग्रिड पृथक परियोजनाहरू हुन्।
सन् २००० मा नेपालमा लघु जलविद्युत को सम्बर्धन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको गठन गरिएको थियो। यसका अनुसार १०-१०० किलोवाट सम्मको जलविद्युतलाई लघु जलविद्युतका रूपमा परिभाषित गरिन्छ।[१] सन् २०१८ सम्म, लगभग ३००० लघु जलविद्युत परियोजनाहरू स्थापना गरिएको छ जसले लगभग ३५ मेगावाट योगदान पुर्याउँछ।
प्रविधि
सम्पादन गर्नुहोस्लघु जलविद्युत प्लान्टहरू प्रायः स्थानीय रूपमा निर्मित टर्बाइनहरू प्रयोग गर्ने आदिकालीन प्रकारहरू हुन्।[२]
टर्बाइनहरू
सम्पादन गर्नुहोस्प्रायः प्रयोग गरिने टर्बाइनहरू पेल्टन र क्रस-फ्लो प्रकारहरू हुन्छ। अधिकांश लघु जलविद्युत टर्बाइनहरू स्थानीय रूपमा निर्माण गरिन्छ।
बालाजु यन्त्रशाला प्रा. लि. (सन् १९६० मा स्थापित) मा निर्मित पहिलो टर्बाइन सन् १९६२ मा नेपालको पहिलो एमएचपीका लागि ५ किलोवाटको प्रोपेलर टर्बाइन थियो। काठमाडौँ मेटल इन्डस्ट्रिज प्रा. लि., नेपाल यन्त्रशाला एनर्जी, नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक प्रा. लि, नेपाल मेसिन एन्ड स्टिल स्ट्रक्चर, र थापा इन्जिनियरिङ इन्डस्ट्रिज प्रा लि. ले नेपालमा टर्बाइन उत्पादन गरेको थियो। तिनीहरूले विदेशी ग्राहकहरूलाई स्थापना र मर्मत सेवाहरू निर्माण र प्रदान गर्न पनि थालेका छन् ।
-
क्रस फ्लो टर्बाइन
-
पेल्टन टर्बाइन
ग्रिड जडान
सम्पादन गर्नुहोस्लघु जलविद्युत परियोजनाहरू प्रायः पृथक रूपमा चलाइन्छ। सन् २०१५मा नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ग्रिड आपसमा जोड्ने सहमतिमा आएका थिए। यस्तो व्यवस्थाको प्राविधिक मजबुतता र सुरक्षासँग सम्बन्धित जडानका लागि प्राधिकरण सुरुमा अनिच्छुक थियो। तर बिस्तारै लघु जलविद्युतलाई यसको ग्रिडमा जोड्न थाल्यो। ११ जनवरी २०१८ मा राष्ट्रिय ग्रिडसँग अन्तरक्रिया गर्ने पहिलो परियोजना सयुरेभूमि लघु जलविद्युत (२३ किलोवाट) ले वार्षिक १७८,२४५ युनिट बिजुली प्रदान गरेको थियो। यो लघु जलविद्युत नुवाकोट जिल्लाको सिक्रे गाउँमा अवस्थित छ। लेगुवा खोला लघु जलविद्युत (धनकुट्टा जिल्लामा ४० किलोवाट क्षमता) र चिमल लघु जलविद्युत, (ताप्लेजङ्ग जिल्लामा ९० किलोवाट क्षमता,) लाई पनि ग्रिडमा जडान गरिएको थियो।
दक्षता
सम्पादन गर्नुहोस्टर्बाइनको मापन दक्षता ४५% र ८०% को बीचमा छ।
सामाजिक प्रभाव
सम्पादन गर्नुहोस्उल्लेखनीय लघु जलविद्युत परियोजनाहरूको सूची
सम्पादन गर्नुहोस्नाम | स्थान | क्षमता (kW) | टर्बाइन प्रकार | वर्णन | सन्दर्भ |
---|---|---|---|---|---|
घुन्सा लघु जलविद्युत परियोजना | घुन्सा | ३५ | पेल्टन | यस क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा तिनजना संरक्षणवादीको मृत्यु भएको छ। | विकि |
गोदावरी लघु जलविद्युत परियोजना | काठमाडौँ | ५ | सन् 1962 मा स्थापना भएको पहिलो माइक्रो हाइड्रो पावर प्लान्ट। | ||
स्यारेभूमि लघु जलविद्युत परियोजना | नुवाकोट जिल्ला | २३ | राष्ट्रिय ग्रिडमा जडान हुने पहिलो माइक्रो हाइड्रो पावर प्लान्ट (11 जनवरी 2018) | [३] | |
खोरोङ्गा रिभुलेट लघु जलविद्युत परियोजना | तेरथम जिल्ला | १३० | पञ्चायत कालमा निर्माण | [४] |
ग्यालरी
सम्पादन गर्नुहोस्नेपालमा रहेको माइक्रो हाइड्रो प्रोजेक्टको एउटा उदाहरण।
-
Intake
-
Canal
-
Forebay
-
Penstock
-
टर्बाइन
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Micro Hydro", वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-३१ मिति
- ↑ Acharya, Khemraj; Bajracharya, Tri (2013-11-01). "Current Status of Micro Hydro Technology in Nepal".
- ↑ "MH in Nepal :: Nepal Micro Hydropower Development Association", अन्तिम पहुँच २०२०-०९-१७।
- ↑ RSS, "First privately-run hydroelectric plant starts operation", My Republica, अन्तिम पहुँच २०२०-१२-०८।[स्थायी मृत कडी]