वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) नेपाल सरकार नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई लोकप्रिय बनाउने, ग्रामीण जनताको जीवनस्तर बढाउने, वातावरण संरक्षण गर्ने र देशमा व्यावसायिक रूपमा व्यवहार्य नवीकरणीय ऊर्जा उद्योगको विकास गर्ने उद्देश्यले स्थापना गरेको सरकारी संस्था हो। यसको सञ्चालन सरकारी, गैरसरकारी, उद्योग र वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने नौ सञ्चालक समिती द्वारा गरिन्छ । एईपीसीको स्थापना कार्तिक १८,२०५३ (नोभेम्बर 3,1996) मा तत्कालीन नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत भएको थियो। हाल, यो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र
गठनकार्तिक १८,२०५३
संस्थापकवैकल्पिक ऊर्जा विकास समिति (गठन), आदेश २०५३
प्रकारसरकारी संस्थान
प्रधान कार्यालयकाठमाडौँ
मुख्य अङ्ग
संचालक समिति
मूल सङ्गठनहरू
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल सरकार
वेबसाइटhttps://www.aepc.gov.np/

सञ्चालक समिती सम्पादन गर्नुहोस्

समितिको गठन देहाय वमोजिम हुनेछः–[१]

1. मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाइ अध्यक्ष
2.    सदस्य, राष्ट्रिय योजना आयोग (उर्जा क्षेत्र हर्ने) सह–अध्यक्ष    
3. सचिव, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सदस्य
4. प्रतिनिधि (रा.प.प्रथम श्रेणी) उर्जा मन्त्रालय सदस्य
5. प्रतिनिधि, (रा.प.प्रथम श्रेणी) वन तथा वातावरण मन्त्रालय सदस्य
6. प्रतिनिधि (रा.प.प्रथम श्रेणी) अर्थ मन्त्रालय सदस्य
7. कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण सदस्य
8. वैकल्पिक ऊर्जा वा ऊर्जा दक्षतामा कर्जा प्रवाह गर्ने 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त “क” वर्गका बैंक मध्ये

समितिको सिफारिसमा मन्त्रालयले मनोनयन गरेको प्रतिनिधि

सदस्य
9. वैकल्पिक ऊर्जा वा ऊर्जा दक्षता प्रविधिको विकास सम्बन्धी

काममा संलग्न गैर सरकारी संस्थामध्ये समितिको

सिफारिसमा मन्त्रालयले मनोनयन गरेको प्रतिनिधि

सदस्य
10. लघु जलविद्युत, सौर्य ऊर्जा तथा वायोग्याँसकोक्षेत्रमा

कार्यरत निजी क्षेत्रका संघ संस्था मध्ये समितिको

सिफारिसमा मन्त्रालयलेमनोनयन गरेकोएक जना प्रतिनिधि

सदस्य
11. कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द सदस्य–सचिव
  • नेपालमा लघुजलविद्युत

सन्दर्भहरु सम्पादन गर्नुहोस्