नीता अम्बानी

एक भारतीय महिला [[उद्यमी]] हुन् एक भारतीय महिला [[उद्यमी]] हुन् ।

नीता अम्बानी (जन्म: नोभेम्बर १, १९६४) एक भारतीय महिला उद्यमी हुन् । उनी भारतको सबैभन्दा धनि व्यक्ति मुकेश अम्बानीकी पत्नी र रिलायन्स इन्डस्ट्रीजको संस्थापक धीरूभाई अम्बानीकी बुहारी हुन् । नीता अम्बानी धीरूभाई अम्बानी इन्टरनेशनल स्कूलकी संस्थापक र चेयरपर्सन हुन् ।[१][२]

नीता अम्बानी
Nita Ambani
NitaAmbani.jpg
नीता अम्बानी
जन्म (1964-11-01) १ नोभेम्बर १९६४ (उमेर ५८)
मुम्बई
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
जातीयतागुजराती
मातृ शिक्षाप्रतिष्ठानमुम्बई विश्वविद्यालय (बि.कम)
पेशारिलायन्स फाउन्डेसनकी अध्यक्ष
धीरुभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयकी अध्यक्ष
चिनारीको कारणरिलायन्स इन्डस्ट्रीज, मुम्बई इन्डियन्स, सामाजिक कार्य
धर्महिन्दू
जीवनसाथीमुकेश अम्बानी
सन्तानईशा, अनन्त र आकाश

उनलाई श्री चन्द्रशेखरेन्द्र सरस्वती विश्व महाविद्यालय (एससीएसवीएमवी यूनीवर्सिटी) कांचीपुरमबाट डाक्टरेटको उपाधि मिल्यो । यो उपाधि उनलाई शिक्षा, समाज सेवा र मानव प्रेमको लागि मिलेको हो ।

नीता अम्बानी मुम्बई इन्डियन्स क्रिकेट टीमकी सह-मालक पनि हुन् । उनी रिलायन्स इन्डस्ट्रीज र नेशनल एसोसिएशन अफ ब्लाइन्डको "दृष्टि" नामक समाज सेवी संस्थामा पनि जुडेकी छिन् ।

सुरुवाती जीवनसम्पादन

नीता अम्बानीको जन्म १ नभेम्बर १९६४ मा मुम्बईको एक मध्यम-वर्गीय परिवारमा भएको थियो । उनको पिता बिरलाको एक कम्पनीमा उच्चाधिकारी थिए । नीतालाई भारतीय क्लासिकल डान्समा शुरूबाट नै धेरै रूचि थियो र उनी यसमा आफ्नो करियर बनाउन चाहन्थिन् जबकि उनकी आमा उनलाई एक चार्टर्ड अकाउन्टेन्ट बनाउन चाहती चाहन्थिन् । उनको उच्च शिक्षा मुम्बईको प्रसिद्ध नरसी मोन्जी कलेज अफ कमर्स र इकोनामिक्सबाट भयो ।

करियरसम्पादन

नीता अम्बानी धीरू भाइ अम्बानी इन्टरनेशनल स्कुलबाट जुन २००३ मा भहएको शुरूआतसग जुडेकी छिन् । यो स्कूल मुम्बईको केहि राम्रा स्कुलहरूमध्ये एक हो ।[३][४] भारतमा यो ३७ नामि स्जुलहरूमा शामिल छ जुन देशमा प्रतिष्ठित "इन्टरनेशनल बेक्केलोरेट प्रोग्राम" उपलब्ध गराउछ । नीता धीरूभाई फाउन्डेशनको पनि मुखिया हुन् । उनी रिलायन्स इन्डस्ट्रीज र युएनएआईडीएसको एड्स इनिशीएटिवको पनि हिस्सा हुन् । नीता अम्बानी रिलायन्स इन्डस्ट्रीजको सामाजिक र धर्मार्थसित जोडिएको कर्यहरूलाई हेर्छिन् ।[५]

मुम्बई इन्डियन्ससम्पादन

नीता अम्बानी मुम्बई इन्डियन्स क्रिकेट टीमकी सह-मालक हुन् ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "How Nita Ambani was courted", हिन्दुस्तान टाइम्स, २००९-०१-०२, अन्तिम पहुँच २०१०-१२-३१ 
  2. Sengupta, Somini (२००८-०५-०७), "Bright Lights and Big Money in India’s New Cricket League", The New York Times, अन्तिम पहुँच २०१०-१२-३१ 
  3. "Nita M. Ambani", Da-is.org, अन्तिम पहुँच २०१०-१२-३१ 
  4. Priya Tanna (२००५-०८-१९), "Nita Ambani speaks her mind", DNAIndia.com। 
  5. Rajiv Sharma (२०१०-०५-०६), "DAF in Nita Ambani's Responsible Hands", Indiaprwire.com, अन्तिम पहुँच २०१०-१२-३१