नारायणप्रसाद दाहाल नेपाली राजनीतिज्ञ तथा नेपालको राष्ट्रिय सभाको अध्यक्ष हुन् । उनी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल का भाइ (काकाका छोरा) हुन् ।[१]

नारायणप्रसाद दाहाल
राष्ट्रिय सभाको अध्यक्ष
पद बहाली
२०८०/११/२८
राष्ट्रपतिरामचन्द्र पौडेल
सहायकउर्मिला अर्याल
पूर्वाधिकारीगणेशप्रसाद तिमिल्सिना
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

राजनीति सम्पादन गर्नुहोस्

दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय छन् । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए ।

संविधान सभा सदस्य सम्पादन गर्नुहोस्

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । २०७० सालमा सोही क्षेत्रबाट टिकट पाए पनि दाहाल पराजित भए ।

राष्ट्रियसभा सदस्य सम्पादन गर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २५, २०७८ मा चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी । सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् । रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

राष्ट्रिय सभाको अध्यक्ष सम्पादन गर्नुहोस्

फाल्गुन २९, २०८० मा राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भए। २०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्