नरदेवी मन्दिर
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
न्यतभुलु अजिमा काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित श्वेतकाली भगवतीलाई भनिन्छ। न्यतभुलु अजिमालाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ। न्यतभुलु अजिमाको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
नरदेवी मन्दिर Naradevi Temple | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | काठमाडौँ |
देश | नेपाल |
नामाकरणसम्पादन
यस देवीले पहिले नर अर्थात् मानिसहरूको बलि लिने हुनाले यस देवीलाई नरदेवी भनेको मानिन्छ। हाल यसरी नरबलि दिने चलन भने छैन। नरदेवीलाई न्यतपाच्वः वा नेटपाचो अजिमा पनि भनिन्छ।
स्थानसम्पादन
काठमाडौँ महानगरपालिका वडा नं. १८ मा नरदेवी टोलको चैबाटोमा यो मन्दिर अवस्थित छ। यसको पूर्वपट्टि किलागः त्वा, दक्षिणमा यतखा टोल, पश्चिममा दल्लु र रक्तकाली तथा उत्तरमा क्षेत्रपाटी टोल पर्दछ।
सांस्कृतिक पक्षसम्पादन
प्रत्येक वर्ष चौलागा औंशीका दिन न्येतभुलु अजिमाको तान्त्रिक नृत्य प्रस्तुत गर्ने गरिन्छ। तर, प्रत्येक १२ वर्षा स्वेतकालीका देवीगणलाई ५ दिन अगाडि नै रातभर नगर परिक्रमा गराइन्छ। त्यसै अनुरूप गत बिहीबारदेखि जात्रा शुरु भएको थियो। स्वेतकालीको तान्त्रिक नृत्यमा अष्टमात्रृका गण लगायत १२ देवीको सहभागिता रहने गर्दछ। जात्रामा पञ्चवली पनि दिने गरिन्छ। वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा, लुती अजिमा स्थापना गरी खटजात्रा चलाएका हुन्।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
- नेपालका मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।