नमस्ते झरना धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको छ।[१] नेपालको पूर्वी भागमा रहेको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट यो झरना लगभग आठ किलोमिटरको दुरीमा सिम्सुवा भन्ने स्थानमा रहेको छ। यो झरना अनुमानित ८० मिटर अग्लो रहेको छ।[२][३] यो झरनाको शीरलाई लिम्बुनी लोहोसे भनिन्छ।[४]

नमस्ते झरना
नमस्ते झरनाको मनमोहक दृश्य
नमस्ते झरना is located in नेपाल
नमस्ते झरना
नक्सा
स्थानभेडेटार, धनकुटा, नेपाल
निर्देशाङ्क२६°५२′१६″N ८७°१९′४८″E / २६.८७१°N ८७.३३०°E / 26.871; 87.330निर्देशाङ्कहरू: २६°५२′१६″N ८७°१९′४८″E / २६.८७१°N ८७.३३०°E / 26.871; 87.330
प्रकारझरना
जम्मा उचाइ८० मिटर
झरना सङ्ख्या

पर्यटन सम्पादन गर्नुहोस्

यो झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्दो छ।[५][६] यो झरनामा रमाइलो र वनभोज गर्नको निमित्त नेपालको पूर्वी जिल्लाहरू धनकुटा, झापा, मोरङ, सुनसरीबाट हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन्।

भूगोल सम्पादन गर्नुहोस्

यो झरना धरान-धनकुटा मार्गमा रहेको सिम्सुवा मोडबाट खालै खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ। झरना भएको मूल स्थानसम्म पुग्न पैदल बाटोको प्रयोग गर्नुपर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नमस्ते झरना पर्यटकको पहिलो रोजाई बन्दै", हिमशिखर टिभी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-१४ मिति
  2. "पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२ 
  3. "नमस्ते झरना : डेढ महिनापछि फेरि सर्वसाधारणका लागि खुला", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२ 
  4. "नमस्ते झरना", जिल्ला विकास समितिको कार्यालय, धनकुटा। 
  5. "पर्यटक लोभ्याउँदै नमस्ते झरना", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२ 
  6. "नमस्ते झरना : डेढ महिनापछि फेरि सर्वसाधारणका लागि खुला", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१२ 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्