विसं १९९० को महाभूकम्प
वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा प्रलयदूत महाभूकम्प गएको थियो। त्यस दिन सूर्य, चन्द्र, मङ्गल, बुध, शनि, राहु र शुक्र समेत मकरराशिमा सातओटा ग्रह एकै रेखामा परि गोलयोग परेको कुरा पहिले नै ज्योतिषीहरूले उत्पातको भविष्य भनेका थिए।[३]
युटिसी समय | ?? |
---|---|
म्याग्निच्युड | ८.२ Mw |
गहिराइ | ३३.० किलोमिटर (२१ माइल) |
अधिकेन्द्र | पुर्वी नेपाल केन्द्रबिन्दु |
प्रभावित क्षेत्र | • नेपाल • भारत • चीन |
अधिकतम् तीव्रता | ८.२ रेक्टर स्केल |
सुनामी | न आएको |
मानवीय क्षति | १६८७५ मृत्यु ,३३१९ [१][२] घाइते नेपालमा र बिहारमा ७२५३ |
यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भए ।[४] पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव भएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।[५]
यसबाट काठमाडौ उपत्यकामा आधुनिक किसिमबाट पुननिर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चादी लिइ डेढ करोड बराबरका मुद्रा गराएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Encyclopedia of Disasters: Environmental Catastrophes and ..by Angus Macleod Gunn - 2008
- ↑ Advanced Soil Dynamics and Earthquake Engineering by Bharat Bhushan Prasad - 2011- Page 14
- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २६० ।
- ↑ "बृहत ज्ञान् कोश"
- ↑ दीक्षित, कमल (माघ १७, २०७१), "मजलिसको आँखा–७ (१९९० को भैंचालो)", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।
बाह्य कडी
सम्पादन गर्नुहोस्- १९३४ Mw ८.१ Bihar/Nepal earthquake १५ January १९३४ — Cooperative Institute for Research in Environmental Sciences
- Intensity Map( वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-२७ मिति) — Amateur Seismic Centre