धान नाच
धान नाच लिम्बू जाति (याक्थुङ) को एउटा प्रसिद्ध लोकनृत्य हो। यसलाई लिम्बू भाषामा यालाङ (लिम्बू: ᤕᤠᤗᤠᤅ) अथवा यालक्मा भनिन्छ। [१] यसको उत्पत्ति नेपालको लिम्बूवान क्षेत्रमा भएको हो। यो नृत्य पूर्वी नेपालका साथै भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किम क्षेत्रका लिम्बू समुदायका मानिसहरूद्वारा प्रदर्शन गरिन्छ। यो नृत्यसंग गाइने गीतलाई पालाम भनिन्छ। [२]
मूल नाम | ᤕᤠᤗᤠᤅ |
---|---|
विधा | लोक नृत्य |
खोजकर्ता | लिम्बू जाति |
किंवदन्ती
सम्पादन गर्नुहोस्स्थानीय किंवदन्ती अनुसार एउटा गाउँमा खडेरी परेको थियो र मानिसहरू भोकले मरिरहेका थिए। त्यसपछि माक्चरेपु (लिम्बू: ᤔᤠᤰᤆᤖᤣᤐᤢ;), एउटा चराले खैया प्रकारको धानको केही बीउ ल्याई गाउँलेलाई खेती गर्न दियो। [३] गाउँलेले त्यसै गरे र थुप्रै उब्जनी पाए। तर चराहरूले अधिकांश उब्जनी खान थाले। गाउँलेहरूले चरालाई भगाउन खोजे तर चराहरूले बीउ ल्याएकाले गर्दा उब्जनीमा पहिले अधिकार उनीहरू हुने भने। गाउँलेहरूले त्यो दाबीलाई खण्डन गर्न सकेनन् र चराहरूको कुरामा सहमत भए। चराले कुट्नेबित्तिकै चामल सिधै खान्थे।
त्यसपछि मान्छेहरूले चरालाई भगाउने जुक्ति निकाले र त्यस अन्तर्गत चराहरूलाई डराउन "हा...हा...हा..." भनेर कराउन थाले, जुन पछि लयबद्ध पालाम गीत बन्यो। पालाम गाउने क्रममा मानिसहरूले धान कटनीमा हात समातेर नाच्ने थाले, त्यसो गर्दा धानबाट भुस छुटिन्थ्यो। यसरी नै धान नाचको सुरूवात भयो। त्यसपछि हरेक वर्ष मंसिर महिनामा मानिसहरूले धान नाच गर्न थाले। [४]
पालाम
सम्पादन गर्नुहोस्धान नाचमा गाइने गीतलाई पालाम भन्दछ्न्। यसरी गाईने गीत प्राय: लिम्बू भाषामा यस्तो हुन्छ:
लिम्बू भाषामा | नेपाली अनुवाद |
---|---|
मेम्फम्मा च्वालाम साक्तुक्लो
अघिङल थेलिक लाक्तुलो कङपिचिन सिले सिक्किम नेलाल पेन्छाम यम्मी सिल्ले पेनि पान ला आशी गर पिङ्लो सि मुन्धुम आहिङ गर पौङ्लो हिङ मुग्धुम |
न आउन कुलो थुनिपथाउँ
बाँचुन्जेल सम्म नाचौं है गाई बस्तु मरे माल दाम्लो रहन्छ मन मान्छे मरे बोलि रहन्छ मरे पनि मृत्यु पछिको कथाहोस र बाँचे पनि जीवनको गाथा होस्। |
परम्परा
सम्पादन गर्नुहोस्यो नाच विवाह, उधौली जस्ता चाडपर्वहरूमा र उत्सवहरूमा गरिन्छ। यो जोडी वा समूह मा प्रदर्शन गर्न सकिन्छ। ऐतिहासिक रूपमा, नृत्य सात दिन र सात रातको लागि प्रदर्शन गरिन्थ्यो। संसार भरी छरिएर रहेका किरात समुदाय भित्रका लिम्बू जातिको महान चाड हो चासोक तङ्नाम। विशेषगरी पुर्वी नेपालको संखुवासभा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र सिक्किममा बसोबास गर्ने लिम्बू जातिले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई चासोक तङ्नाम भनिन्छ। जस्मा न्वागी पुजा गरी, च्याब्रुङ बजाउदै गोलाकार घेरामा धान नाच नाचेर भव्य पूर्वक मनाइन्छ।
यो खेतीपाती लगाइसकेपछि फुर्सदको समयमा पनि लिम्बू जातिका युवा र युवतीहरूले परस्परमा आधारित गीतको माध्यामबाट सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन्। केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ। तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन।
पछिल्लो समय युवाहरुको सहभागिता नहुँदा नृत्य लोप हुने अवस्थामा पुगेको छ तर विभिन्न सांस्कृतिक सङ्घसंस्थाहरूले यस नृत्य शैलीको संरक्षण र प्रवर्द्धनका लागि जनचेतना जगाइरहेका छन्।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Rai, Rohit, "DHAN NACH IN DHARAN", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१५।
- ↑ "धाननाच जोगाउने चिन्ता", धाननाच जोगाउने चिन्ता (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१५।
- ↑ श्रेष्ठ, शिवकुमार (२०२१-०३-२०), "किराती लोककथा/ दन्त्यकथा-धाननाचको उत्पत्ति", Shabda Sopan (en-USमा), अन्तिम पहुँच २०२२-११-१५। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-२३ मिति
- ↑ hamrakhabar.com (२०२०-०९-०५), "धाननाच", Jharana Sanchar (en-USमा), अन्तिम पहुँच २०२२-११-१५।