च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो । लिम्बु समुदायका मानिसहरूले आफ्नो उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्दछन् । [१] मादल जस्तै ठूलो काठको ढुङ्ग्रोमा दुबैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिंदैन । च्याब्रुङमा प्रायजसो मृत गोरु वा गाईको छाला प्रयोग गरिने भएपनि कतै-कतै बाघको छाला प्रयोग गरेको पाइन्छ । लिम्बू समुदायमा विवाह, भोजभतेर,विभिन्न कार्यक्रम लगायतका अवसरमा बेग्लाबेग्लै तालमा/लयमा/भाकामा च्याब्रुङ बजाएर नाचिन्छ। यस्तो समयमा झ्याम्टाको साथमा च्याब्रुङ बजाइन्छ ।[२]

ललितपुरमा आयोजित माइबेनी पर्वमा लिम्बू जातीको परम्परागत बाजा च्याब्रुङ बजाएर नाच्दै तत्कालिन अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तिगेला, विश्वास दीप, "उधौली चाड – संक्षिप्त परिचय", नयाँ समाचार डटकम, अन्तिम पहुँच २०७० पुस २ [dead link]
  2. "लिम्बू समुदायका उधौली पूजा धाननाच", gorkhapatraonline.com, २०७० पुस १, अन्तिम पहुँच २०७० पुस ७ 


बाह्य कडीहरू सम्पादन गर्नुहोस्