राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन वि.सं. २०७८ मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ।[१][२] यो महाधिवेशन तीन राप्रपा (कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, पशुपति शमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टीडा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक) एक भएपछी भएको पहिलो महाधिवेशन हो। यो महाधिवेशनबाट राप्रपाको केन्द्रीय समितिमा एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष प्रवक्ताहरू, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १९९ सदस्यीय कार्यसमिति गठन भएको छ। राप्रपा महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी रहेका थिए।[३][४]

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

क्र.सं. नाम मत नतिजा सन्दर्भ
अध्यक्ष (१)
राजेन्द्र लिङ्देन १८४४ विजयी [३] [५][६]
कमल थापा १६१७ पराजित
उपाध्यक्ष खुल्ला (३)
विक्रम पाण्डे २५२१ विजयी
बुद्धिमान तामाङ १९४४ विजयी
ध्रुवबहादुर प्रधान १८१४ विजयी
उपाध्यक्ष महिला (१)
रोशन कार्की १५८९ विजयी
महामन्त्री खुल्ला (२)
धवल शम्शेर राणा २२२१ विजयी
भुवन कुमार पाठक १७०५ विजयी
महामन्त्री महिला (१)
कुन्तीकुमारी शाही २००८ विजयी
रेखा थापा १६४० पराजित
सन्दर्भ[७]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएर पुस्तान्तरण भएसँगै नेपालको राजनीतिक वृत्तमा एकखालको तरंग आयो। नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने माग गर्दै आएका अन्य दलका नेताहरूले समेत चासोका साथ हेरेका थिए ।

आफ्नै कार्यकर्ता लिङ्देनसँग पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले आफ्नो पराजयलाई सहज रुअपमा लिन सकेनन्। २०६१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका थापाको पराजयलाई लिएर स्वतन्त्र विश्लेषकसहित विपक्षी पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले थापाको हारलाई उनको विरासत ढलेको संज्ञा दिएका छन् भने केहीले (खगेन्द्र सङ्ग्रौला लगायतले) अब दक्षिणपन्थ झन् बलियो बनेको टिप्पणी गरेका छन् ।

  • युवराज्ञी हिमानी शाहले राजेन्द्र लिङ्देनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। उनले शुभकामना दिदै लेखिन्,"अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना!!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ!!!।" [८]
  • निर्वाचनको अन्तिम नतिजा आएपछी कमल थापाले आफ्नो पराजय स्वीकार गरि समाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाइ दिने औपचारिकता पुरा गरे।[९] यद्यपि थापा नयाँ कमिटीको सपथ ग्रहणमा कार्यक्रम गएनन्। उनले आफ्नो हारको हारको आरोप निर्मल निवास तिर पोख्न व्यस्त रहे। आफ्नो पार्टीको निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेका उनले लिङ्देनको जितमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बधाई दिँदै व्याङ्ग्य समेत गरे।[१०]

[११]

    • थापाको अर्को ट्वीट छ, "सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।"[१२]
  • नेपाली काङ्ग्रेसका उप सभापति विमलेन्द्र निधीले राजेन्द्र लिङ्देनलाई बधाई दिदै राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको उल्लेख गरेका थिए।[१३] निधि नेपाली कंग्रेसको १४ औं महाधिवेशनको सभापतिको प्रत्यासी समेत हुन्।
  • विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको बुझाइमा "नेपाली राजनीतिमा पुस्तान्तरणको शुरुवात राप्रपाबाट सुरु भयो।"

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चुन्न शनिबार मतदान हुने", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०५ 
  2. "राप्रपाको महाधिवेशन भृकुटीमण्डपमा हुने", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०५ 
  3. ३.० ३.१ "राप्रपामा अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट आउने", अनलाइनखबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१ 
  4. "राजधानीमा राप्रपा महाधिवेशन, के भन्छन् प्रतिनिधि ?", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०५ 
  5. सेतोपाटी, "कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी", सेतोपाटी, अन्तिम पहुँच २०२१-१२-०५ 
  6. कान्तिपुर, "राप्रपा महाधिवेशन राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले हारे", कान्तिपुर, अन्तिम पहुँच २०२१-१२-०५ 
  7. "राप्रपा पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसले कति मत पाए ?", अनलाइन खबर (नेपालीमा), २०२१-१२-०५, अन्तिम पहुँच २०२१-१२-०५ 
  8. हिमानी शाहको ट्विटर
  9. "कमल थापाको ट्विटर", ट्विटर (नेपालीमा), २०२१-१२-०५, अन्तिम पहुँच २०२१-१२-०५ 
  10. "कमल थापाको ट्विटर", ट्विटर (नेपालीमा), २०२१-१२-०५, अन्तिम पहुँच २०२१-१२-०५ 
  11. "हारपछिका कमल थापा : ‘पाको नेता’को काँचो व्यवहार", अनलाइन खबर (नेपालीमा), २०२१-१२-०५, अन्तिम पहुँच २०२१-१२-०५ 
  12. "कमल थापाको ट्विटर", ट्विटर (नेपालीमा), २०२१-१२-०५, अन्तिम पहुँच २०२१-१२-०५ 
  13. "लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ: विमलेन्द्र निधि", सेतोपाटी (नेपालीमा), २०२१-१२-०५, अन्तिम पहुँच २०२१-१२-०५