दृश्यम सन् २०१३ मा प्रदर्शित मलयालम भाषाको रोमाञ्चकारी चलचित्र हो। यो चलचित्रको लेखन तथा निर्देशन जितु जोसेफले गरेका छन्। यस चलचित्रमा मोहनलालमीना जस्ता कलाकार सहित अनसिबा हासन, एस्तर अनिल, कलाभवन साजोन, आशा शरथ, सिद्दिकी, रोसन बसिर र नीरज माधवको भूमिका रहेको छ। चलचित्रमा प्रहरी महानिरीक्षक गीता प्रभाकरको छोरा हराएर जर्जकुट्टी र उनको परिवार शङ्काको घेरामा परेपछी उनको परिवारले गरेको सङ्घर्ष चित्रण गरेको छ।

दृश्यम
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजितु जोसेफ
लेखकजितु जोसेफ
निर्माताएन्टोनी पेरुमबभुर
मुख्य कलाकार
छायाङ्कनसुजित वासुदेव
सम्पादनअयुब खान
सङ्गीतगीत:
अनिल जोनसन
विनु थोमस
स्कोर:
अनिल जोनसन
वितरक
कम्पनी
वितरकम्याक्सल्याब सिनेमाज एन्ड इन्टरटेनमेन्ट्स (भारत)
प्रदर्शन मिति
  • १९ डिसेम्बर २०१३ (2013-12-19) (केरल)
अवधि
१६४ मिनेट
देशभारत
भाषामलयालम
बजेट३५ – ५० मिलियन[क]
बक्स अफिसअनुमान६८५ मिलियन[४]

केरलामा सन् २०१३ डिसेम्बर १९ मा प्रदर्शित भएको दृश्यम चलचित्रको आलोचकहरूबाट पटकथा प्रदर्शन, निर्देशनको प्रशंशासहित व्यापक तारिफ भएको थियो। यो चलचित्रले बक्स अफिसबाट ₹५०० मिलियन सङ्कलन गर्ने पहिलो मलयालम चलचित्र हो। यो चलचित्र सिनेमाघरमा १५० दिन भन्दा धेरै दिन चलेको थियो र विश्वव्यापी ₹७५० मिलियन कमाइ गर्न सफल भएको थियो। सन् २०१६ सम्म यो सबैभन्दा बढी कमाउने मलयालम चलचित्र रह्यो। यो संयुक्त अरब एमिरेट्समा १२५ दिनसम्म चलेर सबैभन्दा लामो समयसम्म चल्ने चलचित्र बन्न पुगेको छ।

दृश्यमले केरला राज्य चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्र र फिल्मफेयर पुरस्कार दक्षिणमा उत्कृष्ट चलचित्र– मलयालम जस्ता कयौँ पुरस्कारहरू प्राप्त गरेको थियो। यो चलचित्रलाई ४५औँ अन्तर्राष्ट्रिय चलचित्र मेला र आठौँ एसियाली चलचित्र मेलामा पनि प्रदर्शन गरियो जहाँ यस चलचित्रले व्यापक प्रशंसा प्राप्त गरेको थियो। यो चलचित्रलाई कन्नडमा 'दृश्य' (२०१४), तेलुगुमा 'द्रुश्यम' (२०१४), तामिलमा 'पापनासम' (२०१५) र हिन्दीमा दृश्यम गरि चार अन्य भारतीय भाषाहरूमा पनि बनाइएको छ। यसको रिमेक सिन्हाला भाषामा 'धर्मयुद्ध' (२०१७) र चिनियाँ भाषामा 'सिप विदआउट अ सेफर्ड' (२०१९) को रूपमा पनि तयार गरिएको थियो र यो चिनियाँ भाषामा पुनः निर्माण हुने पहिलो भारतीय चलचित्र बन्यो।[५]

सन् २०२१ मा यसको सिक्वल दृश्यम २ प्रदर्शनमा आएको थियो।

कथा सम्पादन गर्नुहोस्

जर्जकुट्टी एक अनाथ हुन्। उनले चार कक्षा पछि विद्यालय छाडेका थिए। अहिले उनी ग्रामीण क्षेत्रमा केबल टिभी सेवा चलाउने व्यापारी हुन्। उसको विवाह रानी नामकी महिलासँग भएको छ र उनीहरूका दुई छोरीहरू अञ्जु र अनु छिन्। परिवारबाहेक उनको रूचि चलचित्र हेर्नु हो र उसले आफ्नो बढी जसो समय आफ्नो सानो अफिसमा टिभीको अगाडि बिताउँछन्।

विद्यार्थीहरूको प्राकृतिक शिविरको क्रममा, प्रहरी महानिरीक्षक गीता प्रभाकरको बिग्रेको छोरा, वरुण प्रभाकरले लुकेर स्नानकक्षमा आफ्नो मोबाइलफोन प्रयोग गरेर अञ्जुको तस्विर खिच्दछ। त्यसपछि वरुणले अन्जुलाई आफुसँग यौन सम्बन्ध राख्न दबाब दिन्छ र नराखेमा उसको ती तस्विरहरूलाई सामाजिक सञ्जालमा राख्ने धम्की दिन्छ। जब रानीले यसबारे थाहा पाउँछिन् र वरुणसँग कुरा गर्छिन्, वरुणले सट्टामा रानीसँग यौन सम्पर्क राख्नको लागि माग गर्दछ। रिसले चुर हुँदै अञ्जुले घरमा रहेको एउटा पाइपले वरुणको फोन फुटाउन खोज्दा गल्तीले वरुणको टाउकोमा लाग्छ र तत्कालै वरुणको मृत्यु हुन जान्छ। डराएर रानी र अञ्जुले मल खाडलमा वरुणको लाश लुकाउछिन्, जुन घटनाको अनुपनि साक्षी बन्न पुगछिन्। रानीले जर्जकट्टीलाई घटना बताउँछिन्, जसले आफ्नो परिवारलाई कानूनबाट बचाउने योजना बनाउँछन्। उसले वरुणको कार र टुटेको मोबाइल फोनलाई ठेगान लगाए, जसलाई जर्जकट्टीसँग दुश्मनी भएका भ्रष्ट प्रहरी हवलदार सहदेवले देखेका थिए। त्यसपछि जर्जकट्टीले आफ्नो परिवार प्राथना गर्न बाहिर एउटा गिर्जाघरमा लैजान्छ। उनीहरूले बाहिर चलचित्र हेर्छन् र रेस्टुरेन्टमा खाना खान्छन्।

वरुण हराएपछि, गीताले अनुसन्धान शुरू गर्छिन्। प्रारम्भिक निरीक्षणपछि उनले जर्जकुट्टी र उनको परिवारलाई सोधपुछको लागि बोलाउँछिन्। यो हुनेछ भनेर अनुमान गरेर, जर्जकट्टीले आफ्नो परिवारलाई कसरी हत्याको समयमा हामी घरमा नै थिएनौ भनेर जवाफ दिन सिकाइसकेका थिए। जब व्यक्तिगत रूपमा प्रश्न गरिन्छ, तिनीहरू एउटै जवाफ दिन्छन्। जर्जकुट्टी रेस्टुरेन्टको बिल, चलचित्रको टिकटहरू र बस टिकटहरू पनि तिनीहरूको प्रमाणको रूपमा प्रस्तुत गर्छन्। गीताले प्रतिष्ठान (होटलको, बसको, चलचित्र घरको) मालिकलाई सोधपुछ गर्छिन् तर उनीहरूको बयानले जर्जकुट्टीको दावीलाई प्रमाणित गर्छ। यद्यपि, गीताले जर्जकुट्टीले झुटो प्रमाण बनाएको कुरा गर्छिन्। जर्जकुट्टीले हत्या भएपछि नै यात्रामा गएका थिए। फर्केको केही दिनपछि उनले ती मानिसहरू (होटलको, बसको, चलचित्र घरको मालिक)लाई फेरी भेटे। त्यो भेटमा उनले उनीहरूले अगस्ट २ मा नै भ्रमण गरेका थिए भनेर झुटो विश्वास दिलाए।

यही कुरालाई ध्यानमा राख्दै, गीताले जर्जकुट्टी, रानी, अञ्जु र अनुलाई पक्राउ गर्छिन् र सत्य कुरा निकाल्न सहदेवलाई उनीहरूलाई कुट्न क्रूर आदेश दिन्छिन्। अन्तत: अनुले सहदेवलाई आफ्नो परिवारलाई चोट पुर्‍याएको देखी लास गाडिएको देखेको ठाउँको बारेमा बताउँछिन्। यसैबीच, गीता र उनको पतिले वरुणको साथी एलेक्सबाट वरुणको मनसायको बारेमा थाहा पाउँछन्। उनीहरूले आफ्नो छोरा आफ्नै साथीलाइ बलात्कार गर्न खोज्ने एक बिग्रेको केटो हो भनेर थाहा पाउँदा दुःखी पर्छन्। यद्यपि मल खाडल खन्ने क्रममा पुलिसले एउटा बाछोको शव भेट्टाए। जर्जकुट्टीले उनीहरूको चालको अनुमान गर्दै वरुणको शव अन्यत्र सारिदिएका थिए। जर्जकट्टी र उनको परिवारले वरुणको हत्या गरेको प्रमाणित गर्न कुनै प्रमाण मिलेन, जर्जकट्टीले अनुलाई सार्वजनिक रुपमा सहदेवको बिरूद्ध बोल्न लगाए र जनताको समर्थन प्राप्त पाए, जसको परिणामस्वरूप एक समूहले सहदेवलाई पक्रे र पछि यातना दिएको कारण प्रहरी प्रशासनले उनलाई निलम्बन गर्छ। जर्जकुट्टी र उनको परिवारको बिरूद्ध सबै अभियोगहरू खारेज हुन्छ, र गीताले आफ्नो पदबाट राजीनामा दिन्छिन्।

पछि, गीता र उनको पतिले जर्जकट्टी र उनको परिवारसँग गरेको व्यवहारको लागि माफी माग्छन्, वरुणलाई बिगार्न पहिलो जिम्मेवार आफूहरू भएको कुरा स्वीकार्छन् र उनलाई के भयो भनेर जान्न बिन्ती गर्दछन्। अप्रत्यक्ष रूपमा जर्जकुट्टी स्वीकार गर्दछन् कि उनले उनको परिवारको सुरक्षाको लागि वरुणको आकस्मिक हत्यालाई ढाकछोप गरेका थिए, तर उनी वरुणको मृत्युको लागि दु:खी भएका कुरा व्यक्त गर्छन्। अहिले, जर्जकुट्टी भर्खरै निर्माण स्थानीय प्रहरी चौकीमा रजिस्टरमा हस्ताक्षर गर्छन्। नयाँ प्रहरी निरीक्षकले जर्जकुट्टीलाई प्रहरीलाई मुर्ख नसम्झन र ढिलो वा चाँडो वरुणको लास शरीर पाइनेछ भनेर चेतावती दिन्छन्। जर्जकट्टी त्यहाँबाट निस्केपछि स्मृतिभूमिमा जर्जकट्टीले वरुणको लासलाई त्यतिबेला निर्माणाधिन पुलिस चौकीको जगमा लुकाएको देखाइन्छ ।

कलाकार सम्पादन गर्नुहोस्

टिप्पणीहरू सम्पादन गर्नुहोस्

  1. Gautaman Bhaskaran of Hindustan Times claims the film's budget as 35 million,[१] while IANS claims it to be 50 million.[२] Sify claims the budget of the film to be 45 million.[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bhaskaran, Gautaman (९ जनवरी २०१४), "Mohanlal's aam aadmi is a surprise hit in Drishyam", Hindustan Times, मूलबाट १० मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण १० मार्च २०१५ मिति
  2. "Balachander lauds Drishyam, salutes Mohanlal", Hindustan Times, २० जनवरी २०१४, मूलबाट ६ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१५ मिति
  3. "'Drishyam' celebrates 50 days, strikes gold at box-office", IANS, ३ फेब्रुअरी २०१४, मूलबाट ९ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१४ 
  4. "Mohanlal's Pulimurugan becomes first Malayalam film to gross over 100 crore rupees", Deccan Chronicle, ७ नोभेम्बर २०१६, मूलबाट २२ नोभेम्बर २०१६-मा सङ्ग्रहित। 
  5. "Wu Sha: The Chinese remake of Mohanlal starrer Drishyam is minting moolah", The Indian Express, २२ जनवरी २०२०। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्