दुबई अन्तर्राष्ट्रिय विमानस्थल
दुबई अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: DXB, आइसिएओ: OMDB) (अरबी: مطار دبي الدولي) संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको यस सहरको प्राथमिक अन्तर्राष्ट्रिय विमानस्थल र विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हो।[४] यो मध्य पूर्वको एउटा प्रमुख विमानस्थल हुनुका साथै दुबईको प्रमुख विमानस्थल हो।[५] यात्रु यातायातको हिसाबले यो विश्वकै पाँचौँ व्यस्त विमानस्थल हो[६] भने मालसामान ढुवानी गर्ने व्यस्त विमानस्थलहरूको श्रेणीमा यो छैटौँ स्थानमा रहेको छ। यो विमानस्थल दुबईको मुख्य सहरी क्षेत्रबाट ४ किमी (२.५ माइल) दक्षिण-पूर्व दिशामा अल गर्हौद जिल्लामा अवस्थित छ।[७] यो विमानस्थलको सञ्चालन दुबई विमान प्राधिकरणले गर्दछ। यो विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवाहरू इमिरेट्स, फ्लाइदुबई, फेडएक्स एक्सप्रेसको गृह विमानक्षेत्र हो।[८][९] सन् २०१७ मा दुबई विमानस्थलले जम्मा ४,०९,४९३ वायुसेवा अवतरण, ८८ मिलियन यात्रुहरू र २.६५ मिलियन मालसामान ओसार पोसार गरेको थियो।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल مطار دبي الدولي Maṭār Dubayy al-Duwalī | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||||||
मालिक | दुबई सरकार | ||||||||||||||
सञ्चालक | दुबई विमानस्थल कम्पनी | ||||||||||||||
सेवा गर्ने स्थान | दुबई, संयुक्त अरब इमिरेट्स | ||||||||||||||
विमान हब | |||||||||||||||
उचाइ समुद्री सतह | ६२ ft / १९ मी | ||||||||||||||
निर्देशाङ्क | २५°१५′१०″उ॰ ०५५°२१′५२″पू॰ / २५.२५२७८°N ५५.३६४४४°Eनिर्देशाङ्कहरू: २५°१५′१०″उ॰ ०५५°२१′५२″पू॰ / २५.२५२७८°N ५५.३६४४४°E | ||||||||||||||
वेबसाइट | dubaiairports.ae | ||||||||||||||
नक्सा | |||||||||||||||
सअइमा स्थान | |||||||||||||||
धावनमार्ग | |||||||||||||||
| |||||||||||||||
तथ्याङ्कहरू (२०१९) | |||||||||||||||
| |||||||||||||||
९० मिलियन यात्रुहरूलाई वार्षिक रूपमा सेवा दिने क्षमता रहेको यस विमानस्थलले सन् २०१६ जनवरी अनुसार, मानव बसोबास रहेको सबै महादेशहरूको २७० गन्तव्यमा १४० विमानहरूद्वारा साप्ताहिक ७,७०० हवाई उडान सेवा दिएको थियो।[१०] सन् २०१८ मा यो विमानस्थल उपयोग गर्ने ६३% भन्दा यात्रुहरू यसलाई मध्यस्थ विमानस्थलको रूपमा प्रयोग गरेका थिए। [११] दुबईको अर्थव्यवस्थामा दुबई अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्वपूर्ण योगदान रहेको छ, किनभने यो विमानस्थलले लगभग ९०,००० व्यक्तिहरूलाई रोजगारी दिएको छ। यसले दुबईको अर्थव्यवस्थामा अमेरिकी $ २६.७ बिलियनभन्दा बढी योगदान दिने गर्दछ, जुन दुबईको जिडिपीको लगभग २७ प्रतिशत र दुबईमा २१% रोजगारीको अवसर सिर्जना गर्दछ।[१२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Quantifying the Economic Impact of Aviation in Dubai", अन्तिम पहुँच १५ जनवरी २०१८। वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१४ मिति
- ↑ United Arab Emirates AIP वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २०१३ मिति (login required)
- ↑ "Preliminary 2012 World Airport Traffic and Rankings", Aci.aero, अन्तिम पहुँच २९ मार्च २०१३।
- ↑ "Dubai remains world's busiest international airport – Emirates 24|7", Emirates247.com, २४ जनवरी २०१७, अन्तिम पहुँच ३१ अगस्ट २०१७।
- ↑ "Massive Dubai airport may delay opening again", MSNBC, २००९, मूलबाट २२ अप्रैल २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० फ़रवरी २००९।
- ↑ "Year to date", अन्तिम पहुँच १ जुन २०१५।
- ↑ "Dubai International Airport", World Airport Guide, मूलबाट ८ नवंबर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्त २००८। वेब्याक मेसिन अभिलेखिकरण २००६-११-०८ मिति
- ↑ David Black (२८ सितंबर २०१२), "Qantas to fly into Dubai in major alliance with Emirates Airline - The National", Thenational.ae, मूलबाट १० दिसंबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टूबर २०१२।
- ↑ "Organisation structure - Dubai Airports", Dubaiairports.ae, २७ जून २०१०, मूलबाट २५ अक्तूबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टूबर २०१२।
- ↑ "Record month caps off record year at Dubai International", मूलबाट १ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०१५।
- ↑ "Majority of DXB passengers in transit, study shows", Arabian Business, ३० मार्च २०१९, अन्तिम पहुँच ४ जुलाई २०१९।
- ↑ John, Issac, "UAE carriers set to scale new heights", khaleejtimes.ae, मूलबाट २६ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१४ मिति