दीनार
दीनार (अरबी: دينار) भूमध्य सागर नजिकैका धेरै देशहरूमा प्रयोग हुने एक प्रमुख मुद्रा इकाई हो। यसको ऐतिहासिक प्रयोग व्यापक रूपमा रहेको छ।.[१]
आधुनिक दिनारको ऐतिहासिक पूर्ववर्तीहरू सुनको दिनार हो जुन मध्यकालीन इस्लामी साम्राज्यको मुख्य सिक्का हो जसलाई खलिफा अबद अल-मलिक इब्न मर्वान इब्न अल-हकमद्वारा ६९६–६९७ ईसापूर्वमा, जारी गरिएको थियो। "दिनार" भन्ने शब्द पुरानो रोमको चाँदीको "देनारिउस" सिक्काबाट आएको थियो]
कुषाण शासन कालमा सुनको सिक्केको वजन ८.०३ ग्राम हुने गरेको थियो भने गुप्त कालमा यसको वजन ९.३३ ग्राम रहेको थियो।[२][३] यो कुषाणको सिक्काहरूमा आधारित थियो। रोमन रूपमा दीनारको मूल्य करिब साढे चार ग्राम स्वर्णको बराबर थियो। हाल तमाम देश तथा क्षेत्रहरूमा दीनार धातुको मुद्राको विपरीत कागजको नोटहरूको प्रयोग हुने गरेको छ।
इतिहास
सम्पादन गर्नुहोस्'दीनार' शब्द अरबी अथवा संस्कृत शब्दबाट आएको थियो जसको अर्थ सूवर्णमुद्रा वा असर्फी हुन्छ। मौलिक रूपमा यो शब्द रोमन शब्दबाट आएको थियो र करिब तीन दशक ईसा पू्र्व, स्वर्ण मुद्राको रूपमा यसको रोमन गणतन्त्रमा प्रचलन सुरु भएको थियो। रोमबाट नै 'देनारिउस' अरब क्षेत्रमा दीनारको रूपमा पुगेको थियो।
प्रयोग गर्ने देशहरू
सम्पादन गर्नुहोस्दीनार वा यसको समान प्रयोग गर्ने देशहरू
सम्पादन गर्नुहोस्देशहरू | मुद्रा | आइएसओ ४२१७ कोड |
---|---|---|
अल्जेरिया | अल्जेरियाली दीनार | DZD |
बहराइन | बहराइनी दीनार | BHD |
इराक | इराकी दीनार | IQD |
जोर्डन | जोर्डनी दीनार | JOD |
कुवेत | कुवेती दीनार | KWD |
लिबिया | लिबियाली दीनार | LYD |
उत्तर म्यासेडोनिया | म्यासेडोनियाली दीनार | MKN (सन् १९९२–१९९३) MKD (सन् १९९३−हाल) |
सर्बिया | सर्बियाली दीनार | RSD CSD (सन् २००३–२००६) |
तुनिसिया | तुनिसियाली दीनार | TND |
बिसौँ शताब्दीमा दीनारको प्रयोग गर्ने देश तथा क्षेत्रहरू
सम्पादन गर्नुहोस्देशहरू | मुद्रा | आइएसओ ४२१७ कोड | प्रयोग | द्वारा प्रतिस्थापन |
---|---|---|---|---|
अबु धाबी | बहराइनी दीनार | BHD | 1966–1973 | संयुक्त अरब इमिरेट्स दिरहम |
गणतन्त्र बोस्निया र हर्जगोभिना | बोस्निया र हर्जगोभिना दीनार | BAD | सन् १९९२–१९९८ | बोस्निया र हर्जगोभिना परिवर्तनीय मार्क |
क्रोएसिया | क्रोएसियाली दीनार | HRD | सन् १९९१–१९९४ | क्रोएसियाली कुना |
इरान | इरानी रियाल सुरुमा १२५० र पछि १०० दीनारमा विभाजन गरिएको थियो। | |||
दक्षिण यमन | दक्षिण यमनी दीनार | YDD | सन् १९६५–१९९० | यमनी रियाल |
सुडान | सुडानी दीनार | SDD | सन् १९९२–२००७ | सुडानी पाउन्ड |
युगोस्लाभिया अधिराज्य समाजवादी सङ्घीय युगोस्लाभिया गणतन्त्र सर्बिया र मोन्टेनेग्रो |
युगोस्लाभ दीनार | YUD (सन् १९६५–१९८९) YUN (सन् १९९०–१९९२) YUR (सन् १९९२–१९९३) YUO (सन् १९९३) YUG (सन् १९९४) YUM (सन् १९९४–२००३) |
सन् १९१८–२००३ | उल्लेख नभएको |
तथ्यसूत्र
सम्पादन गर्नुहोस्- ↑ "اختلاف نظر دربارهٔ ریشه دینار", मूलबाट ۲۹ اوت ۲۰۱۳-मा सङ्ग्रहित, अन्तिम पहुँच ۲۸ ژوئیه ۲۰۱۱। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२९ मिति
- ↑ Medieval European Coinage By Philip Grierson p.330 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२९ मिति
- ↑ Friedberg, Arthur L.; Friedberg, Ira S. (२००९), &pg=PA457 Gold Coins of the World: From Ancient Times to the Present, Coin & Currency Institute, पृ: ४५७, आइएसबिएन 978-0-87184-308-1।