दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो ।[][] दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयको दर्शाउँछ ।[][]

दीपावली
दीपावलीको समयमा रंगीन धूलो वा बालुवा प्रयोग गरेर बनाइएका रङ्गोली सजावटहरू लोकप्रिय छन्।
वैकल्पिक नामलक्ष्मी पुजा
अनुयायीहिन्दू, सिख,जैन तथा बौद्ध[]
प्रकारधार्मिक निष्ठा, उत्सव
उत्सवसार्वजनिक सजावट , खानपिन, पूजा, उपहार थथा मिठाइ
प्रारम्भधनतेरस, दीपावलीभन्दा दुइ दिन अघि
समापनभाईटिका, दीपावलीभन्दा दुइ दिन पछि
मितिकार्तिक शुक्ल चतुर्दशी
सम्बन्धितकाली पूजा, दीवाली (जैन), तिहार
तिहारको बेलामा दिपावली गरिएको घर

नेपालमा दिपावली एवं भाइटीका

सम्पादन गर्नुहोस्

तिहारलाई नेपालमा दोस्रो ठूलो पर्वको रूपमा मनाइन्छ । पाँच दिन लामो यस पर्वलाई यम पञ्चक पनि भनिन्छ । यो पर्वमा मुख्य रूपमा काग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिन्छ । कागलाई सन्देशवाहक, कुकुरलाई सुरक्षा, गाईलाई समृद्धि, र लक्ष्मीलाई धन र ऐश्वर्यको प्रतीक मानेर पूजिन्छ । यसले मानव र प्रकृति बीचको आपसी सन्तुलन र सम्मानको सन्देश दिन्छ ।

तिहारको मूल मर्म दिपावली र प्रकाशको माध्यमबाट जीवनमा उज्यालो ल्याउनु हो । घरघरमा दियो बाली दिपावली मनाइन्छ । अज्ञानको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश फैलाउने सन्देश तिहारबाट पाइन्छ । साथमा देउसी भैलो खेल्ने प्रचलन छ, जसले सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ नजिक बनाउँछ ।

पाँचौं दिन भाईटिका मनाइन्छ, जसमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्नेहपूर्वक सप्तरङ्गी टीका लगाई मखमली माला लगाइदिन्छन् । यस अवसरमा विशेष परिकार खुवाएर भाईबहिनीबीचको प्रेमको झल्को दिने गरिन्छ । भाईटिकाको पौराणिक कथा अनुसार, यमराजलाई आफ्नी बहिनी यमुनाले घरमा आमन्त्रण गरेकी थिइन् । बहिनीले टिका र माला लगाएर सत्कार गर्दा यमराजले प्रसन्न भई बहिनीको घरमा वर्षेनी आउने वचन दिए । यस परम्परा अनुसार, भाईटिकाले भाईबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँछ ।[]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Charles M Townsend, The Oxford Handbook of Sikh Studies, Oxford University Press, ISBN 978-0199699308, page 440
  2. "Holiday calendar", National Portal of India, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  3. The New Oxford Dictionary of English (1998) ISBN 0-19-861263-X – p.540 "Diwali /dɪwɑːli/ (also Divali) noun a Hindu festival with lights...".
  4. Diwali Encyclopedia Britannica (2009)
  5. Jean Mead, How and why Do Hindus Celebrate Divali?, ISBN 978-0-237-534-127
  6. Vera, Zak (फेब्रुअरी २०१०), Invisible River: Sir Richard's Last Mission, आइएसबिएन 978-1-4389-0020-9, अन्तिम पहुँच २६ अक्टोबर २०११, "First Diwali day called Dhanteras or wealth worship. We perform Laskshmi-Puja in evening when clay diyas lighted to drive away shadows of evil spirits." 
  7. नेपालमा दिपावली एवं भाइ तिहार