दलित इतिहास महिना

दलित इतिहासको सम्झनामा मनाइने उत्सव

दलित इतिहास महिना दलित समुदाय तथा अनुसूचित जात र अनुसूचित जमातका इतिहासमा घटेका महत्त्वपूर्ण घटना तथा उक्त घटनामा संलग्न महत्त्वपूर्ण व्यक्तित्वको सम्झनामा आयोजित वार्षिकोत्सव हो ।[१][२] बाबासाहेब आम्बेडकरका अनुयायीहरूले इस्वी सम्वत्को अप्रिल महिनालाई दलित इतिहास महिनाको रूपमा मनाउने गर्दछन् ।[३][४] ३० दिनको यस महिनामा विभिन्न प्रकारका वार्तालाप, कथा वाचन, ऐतिहासिक प्रतिवेदन, मिडियाका लागि विशेष प्रकाशन तथा कलात्मक रचनाहरू गरिन्छ ।[५][६][७][८][९][१०][११]

दलित इतिहास महिना
वैकल्पिक नामबहुजन इतिहास महिना
अनुयायी
महत्त्वदलित इतिहासको सम्झना
मितिअप्रिल (विश्वभर)
आवृत्तिवार्षिक

इतिहास सम्पादन गर्नुहोस्

कालो इतिहास महिनाबाट प्रेरित भई केही दलित युवतीको समूहले सन् २०१३ मा दलित इतिहास महिनाको सुरुवात गरेका थिए ।[१२] सङ्घपाली अरुणाले दलित, आदिवासीबहुजन समुदायका इतिहास र संस्कृतिको दस्ताबेज बनाउने क्रममा दलित इतिहास महिनाको योजना बनाएकी थिइन् ।[१३][१४] शिकागोमा आयोजित कलर अफ भायलेन्समा सङ्घपाली अरुणाले तेनमोळी सौन्दरराजनको साथमा वार्तालाप गरिरहँदा दलित इतिहास महिनाको धारणाको कुरा उठेको थियो ।[१५][१६]

महत्त्व सम्पादन गर्नुहोस्

भारतीय उपमहाद्वीपका राष्ट्रहरूमा जातीय भेदभाव र छुवाछुतलाई अवैध बनाइएपनि दलित समुदायलाई जातको आधारमा हेप्ने र शोषण गर्ने कुप्रथा अझै पनि व्याप्त छ ।[१७][१८][१९] भारतको इतिहाससँग सम्बन्धित मुख्यधारा मिडिया तथा साहित्यमा दलित समुदायको भूमिकाको प्रतिनिधित्वमा भएको कमीले गर्दा उत्पन्न अज्ञानतालाई यस उत्सवमा हटाउन खोजिन्छ ।[२०] दलित समुदायले भोग्नुपर्ने शोषण तथा अपहेलनालाई यस महिनामा आम जनताको समक्ष प्रस्तुत गरी विभिन्न जातीय समस्याका समाधान निकाल्न खोजिन्छ यस महिनामा ।[२१]

चित्रमाला सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "The new 140-character war on India’s caste system", वाशिङटन पोस्ट, ११ मे २०१६, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  2. हरद, तेजस (२६ अप्रिल २०१७), "Writing Our Own Histories – Why We Need Dalit History Month", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  3. कृष्णन, मिनी (१३ अप्रिल २०१८), "Celebrating Dalit History Month", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  4. सेज, रोहित, "The roots of Dalit rage", हिमाल साउथएसियन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-०८ मिति
  5. "Caste can no longer be ignored: US conference will discuss dalit culture's resistance", द न्यूज मिनेट, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  6. चरी, मृदुला, "Resistance and resilience: Dalit History Month 2018 showcases neglected histories and untold stories", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१२ 
  7. "Dalit history threatens the powerful. That is why they want to erase, destroy and jail it", द प्रिन्ट, १ अप्रिल २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  8. "The Dalit History Month series", द न्यूज मिनेट, १ अप्रिल २०१६, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  9. "Ambedkar Jayanti 2017: Here's a look at Dalit History Month to explore forgotten narratives", फर्स्टपोस्ट, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  10. "Resisting Injustice: Seeking New Ways to Speak!", क्रसकरेन्ट्स  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-११ मिति
  11. अरविन्द कुमार ठाकुर (सन् २०१९), "New Media and the Dalit Counter-public Sphere", टेलिभिजन एन्ड न्यू मिडिया (सेज पब्लिसिङ)। 
  12. "A month to reminisce Dalit contribution to history", डेक्कन हेराल्ड (अङ्ग्रेजीमा), १२ अप्रिल २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  13. "A new TV show on B.R. Ambedkar raises questions of responsible representation", द प्रिन्ट, ६ डिसेम्बर २०१९, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  14. "Watch - Sanghapali Aruna, 'The Woman Who Made Twitter's Legal Head Cry'", द वायर, २१ नोभेम्बर २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  15. "Meet the Indian women trying to take down 'caste apartheid'", पब्लिक रेडियो इन्टरनेसनल (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  16. "#DalitWomenFight Brings Fight Against Caste-Based Violence to U.S.", एनबिसी न्यूज (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  17. "Dalit history month: In UP's Chitrakoot upper-caste sanitation workers outsource cleaning to lower-castes, paying them paltry sums as wages", फर्स्टपोस्ट, २४ अप्रिल २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  18. Slater, Joanna (१९ अगस्ट २०१९), "A young Indian couple married for love. Then the bride’s father hired assassins.", वाशिङटन पोस्ट, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  19. "US to hold first ever Congressional briefing on caste discrimination in the country", द न्यूज मिनेट, २२ मे २०१९, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  20. चरी, मृदुला, "On Ambedkar Jayanti, Dalit History Month rewrites the history of the marginalised community", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  21. "Dalit History Month: Education Is a Distant Dream for Some Children", द वायर, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 

बाह्य कडी सम्पादन गर्नुहोस्