तेलिया कम्पनी आबे[६][७] (उच्चारण) (स्वीडेनी: Telia Company), एक स्विडेनी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तथा मोबाइल सञ्जाल सञ्चालक हो। कम्पनीको प्रमुख व्यवसाय नर्दिय र बाल्तिक देशहरूमा रहेको छ भने पहिला यसका अरू सञ्जालहरू भने स्पेन, रूस, नेपालका साथै पूर्वका विभिन्न सोभियत गणतन्त्रहरूमा फैलिएको थियो।[८] हाल यसले स्विडेन, फिनल्यान्ड, नर्वे, डेनमार्क, लिथुआनिया, लात्भिया र इस्टोनियामा सेवा सञ्चालन गरिरहेको छ। [९] १२ अप्रिल २०१६ उत्तरार्ध, समूहले यसको नाम तेलिया सोनेरा आबेमा परिवर्तन गरेको थियो।

तेलिया कम्पनी आबे
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी, निगम
आइएसआइएनSE0000667925 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित२००३; २१ वर्ष अघि (२००३)
केन्द्रीय कार्यालयसोल्ना, स्टकहोम, स्विडेन
सेवा क्षेत्र
युरोप, एसिया
मुख्य व्यक्ति
योहान देन्मलिन्द (प्रमुख तथा कार्यकारी), मरि आलिङ (अध्यक्ष)
उत्पादनहरूप्रथम दर्जा सञ्जाल प्रदायक, ताररहित सञ्जाल प्रदायक, इन्टरनेट सेवा प्रदायक , ल्यान्डलाइन, समर्पित आयोजक सेवा
राजश्व€ ९.७ अर्ब (सन् २०१४)[१][२]
परिचालन आय
स्विडेनी क्रोना २२.६८ अर्ब (सन् २०१४)[२]
स्विडेनी क्रोना १५.६ अर्ब (सन् २०१४)[२]
कुल सम्पत्तिस्विडेनी क्रोना २७२.०६६ अर्ब (सन् २०१४)[२]
कुल इक्विटीस्विडेनी क्रोना ११६.३६ अर्ब (सन् २०१४)[२]
मालिकस्विडेन सरकार (३७.३%)[३][४]
कर्मचारी सङ्ख्या
१९,९३५ (जनवरी-सेप्टेम्बर २२९)[५]
वेबसाइटteliacompany.com

कम्पनीको उत्तरी र पूर्वी यूरोप, मध्य एसिया र दक्षिण एसियामा गरी ११ वटा देशमा सेवा सञ्चालन गरेको छ भने सन् २०१३ मा, यसका ग्राहकहरूको सङ्ख्या १९ करोड रहेको थियो। यसको प्रधान कार्यालय स्विडेनको राजधानी स्टकहोममा रहेको छ भने कम्पनी स्तकहोल्म सेयर बजार र हेलसिन्की सेयर बजारमा सूचीकृत छ। राजस्वका आधारमा यो विश्वको ३५औँ ठूलो दूरसञ्चार कम्पनी हो।

इतिहास सम्पादन गर्नुहोस्

 
सोल्नामा रहेको तेलियाको कार्यालय
 
प्रधान कार्यालय

तेलिया कम्पनीको स्थापना सन् २००२ मा, स्विडेनी दूरसञ्चार कम्पनी तेलिया र फिनल्यान्डेली दूरसञ्चार कम्पनी सोनेराको समायोजन पश्चात् भएको थियो।[१०] समायोजन लगत्तै तेलियाले नर्वेको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तेलेनुरसँग समायोजित हुने विफल प्रयास गरेको थियो जुन हाल यसको निकटतम प्रतिस्पर्धीको रूपमा स्थापित छ। [११]निजीकरण हनु भन्दा अगाडि तेलिया सरकारी स्वामित्वमा रहेको एकाधिकारी दूरसञ्चार कम्पनी थियो। समायोजन पश्चात् पनि यी दुई देशहरूमा भिन्नै ब्रान्ड नामले सेवा सञ्चालन गरेका थिए।[१२] यसको स्वामित्वमा हाल स्विडेनी सरकारको ३७.३% रहेको छ भने बाँकी सार्वजनिक वा निजी लगानीकर्ताहरूको स्वामित्वमा रहेको छ। जुलाई २००७ मा, कम्पनीले अमेरिकी कम्पनी एमसिटि निगमको स्वामित्वमा रहेका उज्वेकिस्तान र ताजिकिस्तानका दूरसञ्चार कम्पनीहरूको स्वामित्व पूर्ण रूपमा खरिद गर्ने घोषण गरेको थियो।[१३] यसले अफगानिस्तानको अग्रणी दूरसञ्चार कम्पनी रोशनमा पनि केही मात्रामा लगानी गर्ने जनाएको थियो।[१४] ९ अप्रिल २०२० मा, सन् २०२१ देखि सन् २०२४ सम्मको युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिगको प्रसारणलाई तेलियाले ३ अर्ब स्विडेनी क्रोनामा खरिद गरेको थियो र यसले खरिदसँग‌ै प्रसारण अधिकार प्रा गरेको छ।[१५] सन् २०२१ देखि, तेलियाको स्वामित्वमा रहेको दूरदर्शन कम्पनी मार्फत यी दुई अन्तर्राष्ट्रिय फुटबल खेलहरू प्रसारण हुने बताइएको छ।[१६][१७][१८]

समायोजन पश्चात् सम्पादन गर्नुहोस्

सन् २००६ को आम चुनावको समयमा स्विडेनको उदारवादी-रूढीवादी गठबन्धनको नीतिका अनुसार व्यावसायिक संस्थामा सरकारी स्वामित्व घटाउने तथा विशेषगरी तेलिया सोनेरामा आफ्नो स्वामित्व घटाउन सरकारलाई सुझाव दिएको थियो।[१९] उक्त शक्तिले चुनाव जित्दै गठबन्धन सरकार गठन गरेको थियो।[२०] उक्त गठबन्धनले बहुमत गुमाउँदै अल्पसङ्ख्यक प्रशासनमा रहेका कारण तेलिया सोनेराको बिक्री सन् २०१० मा अर्को चुनाव पछि मात्र संसदमा पेश गरिएको थियो।[२१] १६ मार्च २०११ मा, गठबन्धन प्रशासनले तेलिया सोनेरा लगायतका सार्वजनिक रूपमा स्वामित्व प्राप्त वाणिज्यिक संस्थाको बिक्रीमा संसदीय मत गुमाउन पुगेको थियो जहाँ वामपन्थी, सामाजिक लोकतान्त्रिक दल र स्विडेन लोकतान्त्रिक गठबन्धन लगायतका सबै विपक्षी दलहरू उक्त शक्तिको विरूद्धमा एकजुट भएका थिए।[२२]

सन् २००८ को सुरुवातमा, तेलिया सोनेराले लगभग ५० करोड युरो बचत गर्ने उपायको घोषणा गरेको थियो। ५ जुन २००८ मा, फँस तिलिकोम, हाल ओरेन्ज फँसेसले तेलिया सोनेराका लागि ३३ अर्ब युरो अधिग्रहण प्रस्ताव प्रस्ताव गरेको थियो[२३] जसलाई कम्पनीले तुरुन्तै अस्वीकार गरेको थियो। [२४]२० जुलाई २०१८ मा, तेलिया कम्पनीले ९.२ अर्ब स्विडेनी क्रोनामा बुनिर प्रसारण निगमको अधिग्रहण गर्ने घोषण गरेको थियो।[२५] युरोपेली आयोगले १२ नोभेम्बर २०१९ मा, निश्चित शर्तहरूका साथ उक्त सम्झौतालाई स्वीकृत गरेको थियो।[२६][२७][२८][२९]

ग्राहकहरू सम्पादन गर्नुहोस्

सन् २००३ मा, विश्वव्यापी रूपमा कम्पनीमा २ करोड भन्दा बढी ग्राहकहरू रहेका थिए भने यसले सोही वर्षमा ७.६७१ अर्ब कुल मुनाफा निकाल्न सफल भएको थियो। सन् २००३ मा, यसमा २६ हजार भन्दा बढी कर्मचारीहरू कार्यरत थिए। [३०][३१]सन् २००४ मा, विश्वव्यापी रूपमा कम्पनीसँग २ करोड ६० लाख ग्राहकहरू रहेका थिए भने यसले सो वर्ष १२ अर्व नाफा कमाएको थियो। [३२]सन् २००६ सम्म आइपुग्दा यसका ३ करोड भन्दा बढी ग्राहहरू रहेका थिए। सन् २०१३ मा, यसका ग्राहकहरूको सङ्ख्या १९ करोड रहेको थियो।

सेवा सञ्चालन सम्पादन गर्नुहोस्

तेलिया कम्पनी हाल राजश्व र ग्राहक सङ्ख्याका आधारमा नर्दिय र बाल्तिक क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी बन्न सफल भएको छ।

अफघानस्तान सम्पादन गर्नुहोस्

तेलियाले हाल अफघानस्तानको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी रोशनको ११.२५% सेयरको नियन्त्रण गर्दछ।[३३]

डेनमार्क सम्पादन गर्नुहोस्

तेलिया डेनमार्कको सुरुवात सन् १९९५ मा, तेलिया स्तोफा र तेलिया सोनेराको समायोजन पश्चात् भएको थियो। तेलिया डेनमार्क हाल डेनमार्कको तेस्रो ठूलो दूरसञ्चार कम्पन हो भने यो तिनिनुरको निकटतम प्रतिद्वन्द्वी हो। तेलिया डेनमार्कमा तेस्रो पुस्ता सञ्जाल सञ्चालन गर्ने चौथो कम्पनी हो।

एस्टोनिया सम्पादन गर्नुहोस्

तेलियाले एस्ति तिलिकोमको १००% स्वामित्व ग्रहण गरेको छ। एस्ती तिलिकोम बाल्तिक देशहरूको ठूलो दूरसञ्चार कम्पनीहरू मध्ये एक हो भने यो इस्टोनियाको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो। तेलिया र एस्टोनियाली सरकारले इस्ती तिलिकोमको सेप्टेम्बर २००९ मा, सम्पूर्ण स्वामित्व तेलियालाई बेच्ने सम्झौता गरेका थिए। २० जनवरी २०१६ मा, कम्पनीले आफ्नो नाम तेलिया एस्तीका परिवर्तन गरेको थियो।

फिनल्यान्ड सम्पादन गर्नुहोस्

 
तेलिया फिनलान्दको ग्राहक सेवा केन्द्र

तेलिया फिनलान्द फिनल्यान्डको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो भने यो ल्यान्डलाइन र इन्टरनेट सेवाको सबै ठूलो प्रदायक हो।[३४] २३ मार्च १०१७ मा, पुनर्गठन हुनु भन्दा पूर्व, तेलिया फिनल्यान्डमा सोनेरा र तिलि फिनलान्द ब्रान्ड अन्तर्गत सञ्चालित थियो।[३५]

लात्भिया सम्पादन गर्नुहोस्

तेलियाले तात्भियाको ताल्तिलिकोमको ४९% नियन्त्रण गरेको छ।

लिथुआनिया सम्पादन गर्नुहोस्

 
तेलिया लिथुआनियाको प्रधान कार्यालय

तेलिया कम्पनीले लिथुआनियाको दूरसञ्चार कम्पनी तेलिया लिथुभाको ८८.१५% नियन्त्रण गरेको छ। कम्पनी राष्ट्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक पनि हो।

नर्वे सम्पादन गर्नुहोस्

तेलिया सन् २००० मा, नर्वेको दूरसञ्चार कम्पनी नेटकमको खरिद पश्चात्, नर्वेमा प्रवेश गरेको थियो। ११ मार्त २०१६ मा, नेटकम तेलिया नोर्गेमा पुनर्गठित भएको थियो।[३६]

स्विडेन सम्पादन गर्नुहोस्

स्विडेनमा कम्पनी, तेलिया स्भारियाको नामले सञ्चालित छ। तेलिया स्भारिया हाल स्विडेनको प्रयोगकर्ता सङ्ख्या र राजश्वका हिसाबले प्रथम स्थानमा रहेको छ।[३७].

तुर्की सम्पादन गर्नुहोस्

तेलिया सोनेराले तुर्कसेलको ३८% स्वामित्व ग्रहण गरेको छ। यो तुर्कीको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी पनि हो। तुर्कसेलले बेलारूसको बिस्तको ८०% का साथसाथै युक्रेनको एस्तिलितको १००% नियन्त्रण गरेको छ।

उज्जेकिस्तान सम्पादन गर्नुहोस्

उज्वेकिस्तानको प्रमुख दूरसञ्चार कम्पनी युसेल तेलियाको नियन्त्रणमा रहेको छ। [३८]

पूर्व सञ्चालन सम्पादन गर्नुहोस्

तेलियाले हालसालै उनीहरूको कम्पनीहरूमा सेयरहरू बेच्दै आएको छ। मोल्दोभा, ताजिकिस्तान र स्पेनमा पनि यसले पहिला सेवा सञ्चालन गरेको थियो।

अजरबैजान सम्पादन गर्नुहोस्

१५ मे २०१० मा, पुनर्गठन पश्चात्, अर्जसेल तेलिया सोनेराको सञ्जालमा आबद्ध भएको थियो। ५ मार्च २०१८ मा, तेलियाले उनीहरूले सेयर अर्जसेलमा बिक्री पुष्टि गरेको थियो।[३९]

कजाखतान सम्पादन गर्नुहोस्

तेलियाले कजाखस्तानमा केसेल अन्तर्गत सेवा सञ्चालन गरेको थियो भने यसले २१ डिसेम्बर २०१८ मा, सम्पूर्ण सेयर कजाख दूरसञ्चारलाई बेचेको थियो।[४०]

नेपाल सम्पादन गर्नुहोस्

नेपालको सबैभन्दा निजी दूरसञ्चार कम्पनी एनसेलमा यसले बहुमतको सेयर लगानी गरेको थियो। यसले १६.२ अर्ब अमेरिकी डलर सञ्चालन आयमा लगानी गरेको थियो।[४१] २१ डिसेम्बर २०१५ मा, तेलियाले मलयसियाली दूरसञ्चार कम्पनी आजीयाटालाई यसको ६०.४% सेयर बिक्री गरेको थियो र एनसेल छोडेको थियो। लाभ कर नतिरिकननै तेलियाले एनसेल छोडेको थियो।[४२]

रूस सम्पादन गर्नुहोस्

तेलियाले रूसको मेगाफोनको २५.२% नियन्त्रण गरेको थियो जुन हाल रूसको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो। यसले सन् २०१७ मा, सम्पूर्ण सेयर १ अर्ब अमेरिकी डलरमा बिक्री गरेको थियो।[४३]

आलोचना सम्पादन गर्नुहोस्

तेलिया सोनेरामाथि अप्रत्यक्ष तानाशाहीहरूलाई समर्थन गरेको आरोप लगाइएको थियो। यो तथ्यलाई सन् २०१२ मा स्विडेनी दूरदर्शन कार्यक्रम उपद्राग ग्रान्सकिनिङमा खुलासा गरिएको थियो।[४४][४५] तेलिया सोनेराले यी आरोपहरूको यसरी जवाफ दिएको थियो, "यो सबै देशहरूमा प्रतिदिन भइरहेको छ र सबै दूरसञ्चार कम्पनीहरू माथि लागू हुन्छ। हामी प्रत्येक देशको कानूनको पालना गर्न बाध्य छौँ"।[३८]

तेलिया सोनेराले अवैध रूपमा, घूसखोरी मार्फत उज्बेकिस्तान र अजरबैजानमा इजाजतपत्र प्राप्त गरेको हुन सक्ने भन्दै कम्पनीलाई थप आरोपहरू लगाइएको थियो जसलाई स्विडेनी सञ्चार माध्यमहरूमा प्रस्तुत गरिएको थियो। यस सम्बन्धित अनुसन्धानको परिणाम स्वरूप र कम्पनीका नीतिहरूमा अन्य सम्भावित उल्लङ्घनका कारण, धेरै वरिष्ठ व्यवस्थापकहरूलाई कम्पनीबाट हटाइएको थियो।

तेलिया र एनसेलको कर छली प्रकरण सम्पादन गर्नुहोस्

तेलिया सोनेराले ९ पुस २०७२ मा, एनसेलको ८०% सेयर मलेसियाको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी आजीयाटालाई बिक्री गरेको थियो र उक्त खरिदबिक्रीमा नेपालले पुजिगत लाभकर उठाउन सकेको थिएन। एनसेल खरिद बिक्रीमा तेलिया सोनेराले ६० अर्ब ७१ करोड तिर्न बाँकी रहेको थियोे र सो रकम नतिरिकनै कम्पनी नेपाल वा एनसेलबाट टाढिएको थियो जसको गम्भीर रूपमा आलोचना गरिएको थियो। [४६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "XE: Convert SEK/EUR. Sweden Krona to Euro Member Countries", www.xe.com, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१८ 
  2. २.० २.१ २.२ २.३ २.४ "सन् २०१४ को वार्षिक प्रतिवेदन", तेलिया सोनेरा, अन्तिम पहुँच १८ अगस्ट २०१५ 
  3. जुन २०१५ सम्मका सेयरधनीहरू तेलिया सोनेरा डटकम
  4. https://www.nasdaq.com/article/finlands-solidium-sells-telia-stake-for-51-bln-sek-20180208-00116Finnish government sold their sales in Telia वेब्याक मेसिन अभिलेखिकरण २० मार्च २०१८ मिति
  5. " सन् २०१९ को प्रतिवेदन २०१९
  6. Namnbyte Telia Sonera väntas bli Telia Company, Svenska dagbladet 2014-04-14
  7. Telia Company AB, allabolag.se, läst 2016-04-14
  8. "Arkiverade kopian", २०१६-०५-१३, मूलबाट २०१६-०५-१३-मा सङ्ग्रहित। 
  9. Svenska skrivregler skrifter 8, Liber, २०११-०२-२४, आइएसबिएन ९७८-९१-४७-०८४६०-९, मूलबाट २०११-०५-२४-मा सङ्ग्रहित।  |sid= प्यारामिटर ग्रहण गरेन (सहायता) सङ्ग्रहित वेब्याक मेसिन मा मे २४, २०११.
  10. http://www.teliasonera.se/om_teliasonera/vision_och_strategi/bolagets_historia[dead link]
  11. "Arkiverade kopian"। सङ्ग्रह मिति २०१६-०५-१३ 
  12. "Svenska skrivregler"Stockholm। Liber (bokförlag)। २००८। सङ्ग्रह मिति २०११-०२-२४ 
  13. Teliasonera kan bli franskt Ekot, Sveriges Radio, 16 april 2008
  14. http://www.di.se/artiklar/2016/4/12/nu-ar-telia-sonera-ett-minne-blott/
  15. Telia Company förvärvar Bonnier Broadcasting, Telia Company, 20 juli 2018
  16. "Uppgifter: Champions League till Telia"dagensmedia। सङ्ग्रह मिति ९ अप्रिल २०२० 
  17. "Nent förlorar Champions League i Sverige och Norge"dagensmedia। सङ्ग्रह मिति ९ अप्रिल २०२० 
  18. "Jan Scherman: "Nent erbjöd Telia ett samarbete om Champions League""dagensmedia। सङ्ग्रह मिति ९ अप्रिल २०२० 
  19. Telia Company bekräftar samtal med Bonnier, Telia Company, 25 maj 2018
  20. Markus, Gustafsson। "Telia-Telenor-fusionen"। Aftonbladet। 
  21. Tomas, Kvarnkullen। "Telias vd får sparken"। Aftonbladet। 
  22. "Lars Nyberg ny vd på Telia Sonera"। SVT.se। 
  23. Försäljning av statliga bolag stoppas स्भारिया रेडियो, १६ मार्च २०११
  24. "TeliaSonera Strike Postponed", Yle Uutiset, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  25. "France Telecom förbättrar erbjudandet för TeliaSonera", बिनेट, ५ जुन २००८, अन्तिम पहुँच २६ अप्रिल २००९ 
  26. "Sweden's Telia expands media business with $1 billion deal for Bonnier Broadcasting" (अङ्ग्रेजीमा), रेउटर्स, २० जुलाई २०१८, अन्तिम पहुँच ३ फेब्रुअरी २०२० 
  27. "Telia buys Bonnier Broadcasting"ब्रोडब्यान्ड टिभी न्युज (अङ्ग्रेजी भाषा)। २० जुलाई २०१८। सङ्ग्रह मिति ३ फेब्रुअरी २०२० 
  28. "Telia Company förvärvar Bonnier" (प्रेस विज्ञप्ति), तेलिया कम्पनी, २०१८-०७-२०, अन्तिम पहुँच २१ मार्च २०१९ 
  29. "Bonnier AB säljer Bonnier till Telia"। बुनिर आबे। जुलाई २०, २०१८। सङ्ग्रह मिति २१ मार्च २०१९ 
  30. फु, युन ची; Soderpalm, हेलेना (१२ नोभेम्बर २०१९), "EU clears Telia's $957 million Swedish TV deal with Bonnier" (स्विडेनीमा), रेउटर्स, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  31. "Telia genomför Bonnierövertagandet", C21media (en-usमा) (14 November 2019), अन्तिम पहुँच ५ फेब्रुअरी २०२० [dead link]
  32. "Telia genomför Bonnier Broadcasting-förvärvet", Digital TV Europe (स्विडेनीमा) (Informa), २ डिसेम्बर २०१९, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  33. "सेयरधनीहरू", रोशन, अन्तिम पहुँच १७ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०१४ मिति
  34. "SONERA THE FIRST OPERATOR IN THE WORLD TO LAUNCH WAP SERVICE", अन्तिम पहुँच २०१९-०९-०९ 
  35. "Kohti uusia yhteyksiä - Yhteistyö - Telia", तेलिया, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २० अक्टोबर २०१७ मिति
  36. रेउटर्सढ, "Telia puts pressure on Telenor with $2.6 billion Norwegian expansion" 
  37. "www.hhs.se - Näringsliv & samhälle, Handelshögskolans Partnerföretag"। सङ्ग्रह मिति २०१४-०७-२८ 
  38. ३८.० ३८.१ मिलाज, रिचर्ड (८ अक्टोबर २०१२), "TeliaSonera to investigate Uzbek licence - FT.com", फाइनान्सियल टाइम्स, अन्तिम पहुँच ९ अक्टोबर २०१२ 
  39. "Telia sells Azercell stake in gradual exit from Eurasia" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२४ 
  40. "Акционеры", Kcell - GSM Kazakhstan, मूलबाट २०१७-१०-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१०-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२७ मिति
  41. "NEPAL: UPPDATERING OM SKATTEÄRENDE"तेलिया स्भारिया (स्विडेनी भाषा)। २६ अप्रिल २०१६। सङ्ग्रह मिति २८ अप्रिल २०२० 
  42. "कर तिराउन युवा परिषद्को अभियान"रातोपाटी। सङ्ग्रह मिति २८ अप्रिल २०२० 
  43. "Ъ - "Большая тройка" отчиталась", अन्तिम पहुँच १७ जुलाई २०१५ 
  44. "Corruption Probe into TeliaSonera Uzbek Deal"। Satrapia। ३ अक्टोबर २०१२। 
  45. Telia riskerar miljarböter, SvD 24 mars 2014
  46. "तेलिया सोनेरा कम्पनीलाई कर तिर्न राष्ट्रिय युवा परिषद्को आह्वान"दैनिक नेपाल। १५ जुलाई २०१६। सङ्ग्रह मिति २८ अप्रिल २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्