तारामय रात
तारामय रात (डच: De sterrennacht) नेदरल्यान्डेेेेली उत्तर प्रभावोत्वादी चित्रकार भिन्सेन्त फन गोखद्वारा बनाइएको एक तेल चित्र हो। यो चित्र उनले सन् १८८९ को जुन महिनामा मानसिक रूपमा अस्वस्थ भएपछि फ्रान्सको साँ-रेमी द-प्रोभँस स्थित एक आश्रमस्थलमा बसेको बेला बनाएका थिए। चित्रमा उनको कक्षको पूर्व दिशा तर्फको झ्याल खोल्दा देखिएको सूर्योदय हुनुभन्दा ठीक अघिको तारामय रातको दृश्यलाई चित्रण गरिएको छ जसमा उनले एक काल्पनिक गाउँलाई पनि समेटेका छन्।[१][२] यो सन् १९४१ देखि संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा रहेको आधुनिक कला सङ्ग्रहालयको स्थायी सङ्ग्रहमा बनेको थियो जसलाई लिली पि ब्लिस मार्फत सङ्ग्रहालयले अधिग्रहण गरेको थियो।[३] कला जगतमा व्यापक रूपमा यो रचनालाई फन गोखको महान रचना मानिन्छ भने पाश्चात्य कला जगतमा यसलाई सबैभन्दा अधिक मान्यता प्राप्त चित्रहरू मध्ये एकको रूपमा हेरिन्छ।[४][५]
तारामय रात | |
---|---|
कलाकार | भिन्सेन्त फन गोख |
वर्ष | सन् १८८९ |
माध्यम | तेलचित्रण |
आयामहरू | 73.7 cm × 92.1 cm (28.7 in × 36 1⁄4 in) |
स्थान | आधुनिक कला सङ्ग्रहालय, न्युयोर्क |
आश्रमस्थल
सम्पादन गर्नुहोस्मानसिक रूपमा अस्वस्थ भएपछि सन् १९८८ डिसेम्बर २३ को घटनापछि उनले आफैलाई चोट पुर्याउँँदै बायाँ कान काटेका थिए भने उनले सन् १८८९ मे ८ का दिन स्वयेच्छाले मुसोल स्थित सँ पलको पागलखानामा भर्ती भएका थिए।[६][७] पहिले मठको रूपमा रहेको उक्त स्थान धनाढ्यहरूको आरामस्थल थियो भने उनी त्यहाँ भर्ती हुने बेला त्यो मठ मानिसहरूद्वारा आधा मात्र भरिएको थियो।[८][९][१०]त्यसको फलस्वरूप उनले दोस्रो तल्लामा सुत्ने कोठाको साथै भुइँ तल्लामा रहेको एउटा कोठालाई चित्रकला कक्ष रूपमा प्रयोग गर्ने अवसर पाएका थिए।[११]
साँ-रेमी-द-प्रोभँसमा शरण लिँदै गर्दा उनले अर्लेसमा सुरु गरेको चित्रकारितालाई त्यहाँ आएर पनि निरन्तरता दिएका थिए।[१२] यस अवधिमा उनले आफ्नो व्यावसायिक जीवनको केही सबैभन्दा प्रसिद्ध रचनाहरूको निर्माण गरेका थिए जसमध्ये अधिकांश हाल जे पल गेटी सङ्ग्रहालयमा राखिएको छ। यी रचनाहरूमा सन् १८८९ मेमा निर्मित आइरिसहरू र सन् १८८९ सेप्टेम्बरमा निर्मित नीलो रङ्गको आत्मचित्रलाई पनि राखिएको छ। तारामय रात १८ जुनको मध्यमा कोरिएको थियो भने यस मितिमा उनले आफ्ना भाइ थियोलाई लेखेको पत्रमा उनले ताराआकाशको नयाँ अनुसन्धान गरिरहेको उल्लेख गरेका थिए।[L १]
चित्र
सम्पादन गर्नुहोस्फन गोखले आफ्नो आश्रमस्थलको भुइँ तलामा रहेको स्टुडियोमा रहेको बेला दिउँसोको समयमा तारामय रात चित्र कोरिएको भए तापनि यो चित्र उनले केबल स्मृतिको बलमा चित्रित गरिएको थियो भनेर भन्नु गलत हुनेछ। यो दृश्यलाई उनको शयनकक्षको झ्यालबाट पूर्वतर्फ उन्मुख भएको दृश्यको रूपमा पहिचान गरिएको छ।[१३] फलामे झ्यालबाट, उनले आफ्नो भाइ थियोलाई २३ मे १८८९ का दिन लेखेका थिए "म झ्यालबाट गहुँको वर्ग फाँट देख्न सक्छु ... जसको माथि, बिहानको समयमा सूर्य शानका साथ उदाएको छ"।[L २]
टिप्पणीहरू
सम्पादन गर्नुहोस्- ↑ "Letter 782:To Theo van Gogh. Saint-Rémy-de-Provence, on or about Tuesday, 18 June 1889", Vincent van Gogh: The Letters, फन गोख सङ्ग्रहालय, 1v:2, मूलबाट Oct १४, २०२३-मा सङ्ग्रहित, "At last I have a landscape with olive trees, and also a new study of a starry sky."
- ↑ "Letter 776: To Theo van Gogh. Saint-Rémy-de-Provence, on or about Thursday, 23 May 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, 1v:2, मूलबाट Oct १४, २०२३-मा सङ्ग्रहित।
चित्रण सामग्रीहरू
सम्पादन गर्नुहोस्रोचेस्टर इन्स्टिच्युट अफ टेक्नोलोजी र न्युयोर्क स्थित आधुनिक कला सङ्ग्रहालयका वैज्ञानिकहरूले उक्त चित्रकलाको अनुसन्धान गरेका थिए। रङ्गाउने सामग्रीको विश्लेषणले देखाए अनुसार आकाशका लागि नौसेना नीलो र गाढा नीलो रङ्ग र तारा तथा चन्द्रमाका लागि बेसार जस्तो देखिने पहेँलोका साथै निख्खर पहेँलो रङ्गको प्रयोग गरिएको थियो।[१४]
-
पहाड र आकाश
-
क्यानभास र फ्रेमको बायाँ अंश
-
ताराहरू
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Pickvance 1986, p. 103
- ↑ Naifeh & Smith 2011, p. 747
- ↑ "Vincent van Gogh Biography, Art, and Analysis of Works", The Art Story, अन्तिम पहुँच १२ जुन २०१५, "Starry Night is often considered to be Van Gogh's pinnacle achievement."
- ↑ Moyer, Edward (१४ फेब्रुअरी २०१२), "Interactive canvas lets viewers stir Van Gogh's 'Starry Night'", CNET News, अन्तिम पहुँच १२ जुन २०१५, "...one of the West's most iconic paintings: Vincent Van Gogh's "The Starry Night.""
- ↑ Kim, Hannah (२७ मे २०१०), "Vincent van Gogh's The Starry Night, now pocket-sized!", MoMA, अन्तिम पहुँच १२ जुन २०१५, "Instantly recognizable and an iconic image in our culture, Vincent van Gogh's The Starry Night is a touchstone of modern art and one of the most beloved works..."
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Pickvance 1984, p. 159
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Naifeh & Smith 2011, p. 746
- ↑ Naifeh & Smith 2011, p. 754
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Whitney 1986, p. 358
- ↑ Van Gogh, The Starry Night, illustrated pigment analysis, ColourLex
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- तारामय रात आधुनिक कला सङ्ग्रहालयमा
- फन गोख को हुन् वेबसाइटमा तारामय रात
- फन गोखका चित्रकर्महरू
- फन गोखको सुत्ने कोठाको माथिल्लो भागको दृश्य वेब्याक मेसिन अभिलेखिकरण २४ अप्रिल २०१७ मिति
- इतिहासको सबैभन्दा प्रसिद्ध १२ चित्रहरू वेब्याक मेसिन अभिलेखिकरण ५ जनवरी २०२३ मिति