ढोलक
ढोलक (पञ्जाबी: ਢੋਲਕ, देवनागरी: ढोलक, सुरिनेम र हल्याण्ड dhool) एक दक्षिण एसियाली हातेबाजा ढोल हो ।
वर्गीकरण | Membranophone |
---|---|
सम्बन्धित वाद्ययन्त्रहरू | |
ढोल, नगरा |
ढोलक मादल जस्तो काठ र छालाले बनाएको तालबाजा हो । यसलाई दुई तिर छालाले बेरेको हुन्छ । यसको बनावट पनि मादल जस्तै हो । ढोलकको एकातिर भित्रबाट खरी लगाइएको हुन्छ । यसलाई हातले कुटेर बजाउनु पर्छ । यो पहाडतिर भजनमा र तराईतिर लोकनृत्य, गीत आदिमा विशेष रूपले बजाइने ढोल-खलकको मझौला खालको तालबाजा हो ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्