ढोरबराहि मन्दिर (Dhorbarahi Temple) तनहुँ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । ढोरबराहि मन्दिर हिन्दूहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका –९ मा स्थित ढोरवाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ, यहाँ वर्षैभरी दर्शनार्थी को घुइँचो लागिरहन्छ ।

ढोरबराहि देवीको मन्दिर
ढोरबराहि मन्दिरको एक फोटो
प्राथमिक विवरण
स्थान:तनहुँ
सम्बन्धनहिन्दुत्व
जिल्लातनहुँ
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

ढोरवाराही मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ । साथै यस मन्दिर सम्म पुग्नका लागि सहज पथ निर्माण पनि गरिएको छ । मूल मन्दिरका साथै मन्दिरको छेउमा पोखरी पनि छ जहाँ थरीथरीका माछाहरु देख्न सकिन्छ । साथै पोखरीको पानी आउने द्वारमा ठूलो आयतनको रजबाम पनि बस्दछ जुन बाहिर निस्कीदैँन । लहरी छुट्ने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ जसको दर्शनले इच्छाएको पुरा हुने विश्वास गरिन्छ ।

ढोरवाराही मन्दिरमा पशुबलि दिने प्रथा छ । तर रामनवमी औँसी र एकादशीको दिनमा भने बलि दिइँदैन । यहाँ परेवा उडाउने र पाठापाठी तथा राँगाको बलि दिइन्छ । कुखुराको बलि निषेध छ । यहाँ लम्साल थरका ब्राह्मण पुजारी छन् ।

ढोरवाराही उत्पत्ति र लहरी सम्पादन गर्नुहोस्

स्कन्दपुराणको हिमवत्खण्डमा समेत वर्णन गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ । यहाँ सदियौँं पुराना घण्टहरु समेत पाइएका छन् । ढोरवाराही देवीको उत्पत्ति श्री पञ्चमीका दिनमा भएको मानिन्छ जुन दिन यहाँ विशेष मेला लाग्छ ।

मन्दिर छेउमा रहेको कुण्डमा बेलाबेला एक्कासी पानी बढेर आउनुलाई लहरी छुटेको भनिन्छ जसलाई दैवी शक्तिको रूपमा लिइन्छ । चट्टानैचट्टानको विचबाट यतिठूलो मात्रामा पानी आउनुलाई ढोरवाराही माताको शक्तिको रूपमा लिइन्छ ।

पानी बढेर आउनुपहिल्यै कुण्डमा रहेका माछाहरु सतर्क भई पानी आउने द्वारतिर फर्कन्छन् जसले दर्शनार्थीलाई अचम्भित पार्दछ । यही लहरीबाट बग्ने झरना अति मनोरम देखिन्छ । यही कुण्डबाट बगेको खोलालाई निर्मल खोला भनिन्छ जसले ढोरफिर्दीका फाँटहरूलाई सस्साढ्य बनाउन मद्धत गर्दछ ।

रजबाम लहरी छुट्ने द्वारमा बस्दछ र लहरी छुट्ने बेलामा मात्रै बाहिर निस्कन्छ । यसलाई कसैले रजबाम ले पानी थुनेर बसेका कारण उ निस्कदाँ लहरी आउँछ भन्छन् तर त्यस्तो होइन । ०४२ सालदेखि ०४६ सालसम्म यहाँ लहरी आउन रोकिएको थियो । ०४६ सालदेखि पुनः सुरु भयो तर २०६६ श्रावणमा पुनः रोकियो । ०७२ सालको भुकम्पले गर्दा एकदिन मात्रै लहरी रोकिए पनि पुनः लहरी चल्न थालेको छ । हिउँदमा केही समय माता ढोरवाराही माइत जाने हुँदा लहरी छुट्दैन ।

मन्दिर पुग्ने बाटो सम्पादन गर्नुहोस्

पोखरादेखि एक घण्टा पन्ध्र मिनेटको अवधिमा ढोरवाराही मन्दिर पुग्न सकिन्छ । पृथ्वी राजमार्ग खण्डको तनहुँस्थित दुलेगौंडाबाट मन्दिर सम्म जाने जिपहरु पाइन्छ । त्यहाँबाट सेति नदी पार गर्दै ५ कि.मि को दूरीमा मन्दिर पुग्न सकिन्छ । मन्दिर सम्म पुग्ने बाटो पक्की बनाउने कार्य शुक्लागण्डकी नगरपालिका कार्यालयले गरिरहेको छ ।

मन्दिर सम्बन्धि किम्बदन्ती तथा जनश्रुति सम्पादन गर्नुहोस्

  • उमेर पुगे पनि बोल्न नसक्ने बचाउहरूलाई मन्दिरको पोखरिमा लहरी छुट्दाको पानीमा डुबाइ दिए आवाज निकाल्ने र बोल्न सक्ने हुन्छन् ।

मन्दिरको व्यवस्थापन सम्पादन गर्नुहोस्

vमन्दिरको लहरी प्रकृया सम्पादन गर्नुहोस्

यस मन्दिरमा अचम्मको एक प्राकृति लहरि छुट्ने प्रक्रिया रहेको छ । पहिले मन्दिरमा रहेको पोखरिमा पानीको बहाब सानो हुनेर लहरि प्रकृया पश्चात् पानीको बहाब बद्ने गर्दछ ।

लहरी छुट्नु अगाडिको ढोरबराहि मन्दिरको पोखरी
लहरी छुटेपछिको ढोरबराहिको पोखरी

२०७२ सालको भुकम्प प्रभाव सम्पादन गर्नुहोस्

ढोरबराहि मन्दिरलाई पनि २०७२ सालको भुकम्पले निकै प्रभाव पारेको थियो।जहाँ मन्दिर प्राङ्गणमा रहेको पोखरिमा पानी सुकेको थियो भने पोखरिका माछाहरूलाई समेत अन्त सार्नु परेको थियो।

साथै यो मन्दिरको प्रमुख विषेशताका रूपमा रहेको लहरि प्रक्रिया पनि केही समयसम्म अबरुद्ध भएको थियो।

चित्र दीर्घाहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्