ढोरबराहि रङ्गशाला
ढोरबराहि रङ्गशाला तनहुँ जिल्ला शुक्लागण्डकि नगरवालिका वडा नम्बर ८, ढोरफिर्दी गणपति बजारमा बन्न लागेको एक फुटबल रङ्गशाला हो ।
नगरपालिकाले नगरकै शानको रूपमा यस रङ्गशालाको निर्माण घोषणा गरेको थियो भने रङ्गशालाको डिपिआर समेत तयार पारिसकेको छ ।
स्थान | शुक्लागण्डकि नगरवालिका वडा नम्बर ८, ढोरफिर्दी गणपति तनहुँ जिल्ला, नेपाल |
---|---|
मालिक | नेपाल सरकार |
सतह | घाँसे मैदान |
निर्माण | |
निर्माण सुरुवात | वि.स. २०७६ |
क्षेत्रफल विवरण
सम्पादन गर्नुहोस्ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको छ । भने सोही विद्यालयको १०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी गरिएको छ [१] ।
लागत
सम्पादन गर्नुहोस्शुक्लागण्डकी नगरपालिकाले रङ्गशाला निर्माणलाई लक्षित गरेर बाटो सुधारका लागि आगामी आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको थियो । रङ्गशालाभित्र फुटबल मैदान, कभर्डहल, पार्किङ, चमेना गृह, टिकट काउण्टर, प्रशासनिक भवनलगायत निर्माण गरिनेछ । साथै रङ्गशाला निर्माणका लागि करीब २० करोड बजेट आवश्यक पर्ने नगरपालिकाले अनुमान गरेको ।
आयोजित प्रतियोगिताहरू
सम्पादन गर्नुहोस्हाल यस रङ्गशालामा स्थानिय वडा तथा क्लबहरू बिच वर्षेनी तीजको अवसर पारेर तीज कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने गर्दछ ।
चित्र दिर्धा
सम्पादन गर्नुहोस्-
पुर्ण निर्माण हुनुभन्दा अगाडिको २०७६ सालमा ढोरबराहि रङ्गशाला
-
पुर्ण निर्माण हुनुभन्दा अगाडिको २०७६ सालमा ढोरबराहि रङ्गशाला
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "तनहुँमा रङ्गशालाको डिपिआर तयार", ताण्डव न्युज, अन्तिम पहुँच २०७६ श्रावण २ गते बिहीबार ०९:५२ ।[स्थायी मृत कडी]