ढाँचा:प्रमुख लेख/स्विडेन महिला राष्ट्रिय फुटबल टोली

फुटबल टोली

स्विडेन महिला राष्ट्रिय फुटबल टोली (स्वीडेनी: svenska damfotbollslandslag) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्विडेनको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो। यसलाई स्विडेनी फुटबल सङ्घले (स्वीडेनी: Svenska Fotbollförbundet) नियन्त्रण गर्दछ। यस स्विडेनी राष्ट्रिय टोलीले सन् १९८४ को युरोपेली महिलाको प्रतियोगिताको उपाधि जितेको थियो भने यसले सन् २००३ को फिफा महिला विश्वकपको उप विजेता बनेको थियो। टोलीले सन् १९८७, सन् १९९५ र सन् २००१ को युरोपेली महिलाको उपाधि जित्न सफल भएको थियो। टोली हालसम्म ६ वटा ओलम्पिक खेल, ८ वटा फिफा महिला विश्वकपका साथसाथै १० वटा युरोपेली प्रतियोगितामा सहभागिता जनाइसकेको छ। स्विडेनी राष्ट्रिय महिला टोली सन् १९९१, सन् २०११ र सन् २०१९ फिफा महिला विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको थियो।

फिफाले सन् २००३ मा फिफा महिला विश्व वरीयताको परिचय गराएपछि, टोलील सन् २००३ मै तेस्रो देखि छैटौँ स्थान सम्म कायम रहन सफल भएको थियो। सन् २०१५ मा, टोलीमा केही परिवर्तन आएसँगै यो फिफा महिला विश्व वरीयताको सातौँ स्थानमा पुगेको थियो।(पूरा  पढ्नुहोस्...)