१९९९ फिफा महिला विश्वकप
१९९९ फिफा महिला विश्वकप फिफा महिला विश्वकप को तृतीय संस्करण थियो जुन संयुक्त अमेरिकामा आयोजित भएको थियो र बिजेता पनि आयोजक अमेरिका नै थियो ।[१][२] पासादेना, क्यालिफोर्निया अवस्थित रोज बोउल रङ्गशालामा १० जुलाईमा आयोजित भएको अमेरिका र चीन बीचको फाइनल को इतिहासमै सबैभन्दा धेरै ९०,१८५ दर्सकहरूले प्रत्यक्ष खेल हेरेका थिए । यो हालसम्मकै सर्बाधिक उपस्थित महिलाहरूको खेलको कार्यक्रम थियो त्यसमध्य अमेरिकी राष्ट्रपति बिल क्लिन्टनपनि एक हुन् । फाइनल अतिरिक्त समय पछि पनि गोल रहित बराबरी भएको थियो र अमेरिकाले पेनाल्टी सुटआउटमा चीनलाई पराजित गरेको थियो । यो आयोजकद्वरानै जितिएको एक मात्र फिफा महिला विश्वकप हो ।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | संयुक्त राज्य अमेरिका |
मिति | १९ जून – १० जुलाई |
टोलीहरू | १६(६ सङ्घहरूबाट) |
स्थान(हरू) | ८ (८ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | संयुक्त राज्य अमेरिका (२औँ उपाधि) |
उप-विजेता | चीन |
तेस्रो स्थान | ब्राजिल |
चौथो स्थान | नर्वे |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ३२ |
गोल सङ्ख्या | १२३ (३.८४ प्रति खेल) |
उपस्थिति | १,१९४,२१५ (३७,३१९ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | Sissi Sun Wen (७ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | Sun Wen |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Jere Longman (२२ जून १९९९), "१९९९ फिफा महिला विश्वकप (सबैभन्दा धेरै उपस्थित महिला खेल)", एनवाइ टाइम्स डटकम, अन्तिम पहुँच ३० अक्टोबर २०१२।
- ↑ "१९९९ फिफा महिला विश्वकप आजबाट सुरु भएको छ", एनवाइ टाइम्स डटकम, अन्तिम पहुँच ३ अगस्त २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- १९९९ फिफा महिला विश्वकप फिफा डटकममा
- फिफा प्राबिधिक प्रतिवेदन (भाग १) र (भाग २)