आधिकारिक रेसलमेनिया लोगो

रेसलमेनिया अमेरिकाको स्ट्याम्फोर्डस्थित व्यावसायिक कुस्ती आयोजन हो, जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो। सन् २०२० सम्म यस कार्यक्रमको ३६ वटा संस्करणको आयोजन भइसकेको छ। यस कार्यक्रमको सबैभन्दा हालसालैको संस्करण फ्लोरिडाको ओर्लान्डोमा सन् २०२० मार्च २५-२६ मा आयोजना गरिएको थियो। रेसलमेनिया कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रूपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रूपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरूद्वारा योगदान गर्दै आएको छ। यस कार्यक्रमलाई पहिलोपटक डब्ल्युडब्ल्युईका संस्थापक भिन्स म्याकमेन र डब्ल्युडब्ल्युईबाट अवकाश लिएका खेलाडी हवोर्ड फिङ्केलले सन् १९८४ मा स्थापना गरेका थिए। (पूरा  पढ्नुहोस्...)