ढाँचा:प्रमुख लेख/पूर्वी रुकुम जिल्ला

पूर्वी रुकुम जिल्ला

पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यो प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यसमा धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठी प्रतिशतभन्दा बढी भाग ओगटेको छ। ७,२४६ मिटरको उचाईमा रहेको धौलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) भएको यो प्रदेशको एक मात्र हिमाली जिल्ला पनि हो। पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।

यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं २०५२ देखि २०६२ सम्म पूर्वी रुकुम दश वर्षे माओवादी जनयुद्धको केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।

(पूरा  पढ्नुहोस्...)