गुजरानवाला सहरको एक दृश्य

गुजरानवाला (उर्दु: گوجرانوالا) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक प्रमुख सहर हो। यो सहर नजिकैको पञ्जाब प्रान्तको राजधानी लाहोरबाट उत्तरतर्फ रहेको छ। यो सहर पाकिस्तानको ७औँ बढी जनघनत्व भएको महानगरीय क्षेत्र हो भने यो जनसङ्ख्याको हिसाबले पाकिस्तानको ५औँ सबैभन्दा ठूलो सहर हो। गुजरानवाला पाकिस्तानी सहरहरू कराचीफैसलाबादपछिको तेस्रो ठूलो औद्योगिक केन्द्र हो र यस सहरले पाकिस्तानको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ५% योगदान गर्दछ। यो सहर उत्तर-पूर्वी पञ्जाब प्रान्तको ठूला सहरी केन्द्रहरूको सञ्जालमा आबद्ध छ जुन पाकिस्तानको अत्याधिक उच्च औद्योगिक क्षेत्रहरू हुन्। यस सहरको छिमेकको निर्यात केन्द्रित अर्थतन्त्र रहेको औद्योगिक सहरहरू सियालकोटगुजरातसँग यसको सुनौलो त्रिभुज भनिने सम्बन्ध रहेको छ। (पूरा  पढ्नुहोस्...)