ढाँचा:प्रमुख लेख/खड्गप्रसाद ओली

{{{2}}}

खड्गप्रसाद शर्मा ओली (राजनैतिक नाम केपी ओली वा केपी शर्मा ओली) (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।(पूरा  पढ्नुहोस्...)