डोल्पो पश्चिम नेपालको डोल्पा जिल्लाको माथिल्लो भागमा अवस्थित एक उच्च पहाडी सांस्कृतिक रूपले तिब्बती क्षेत्र हो, जसको उत्तरमा चीनसँग सिमाना जोडिएको छ। मानक तिब्बती भाषामा डोल्पो वा डोल्पोपा र स्थानीय भाषामा डोल–वा भनेर चिनिने विरल, कृषिप्रधान जनसङ्ख्या जुफाल विमानस्थल हुँदै नेपालको बाँकी भागसँग जोडिएको छ, जुन घोडाबाट तीन दिनमा पुग्न सकिन्छ।  नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ अनुसार डोल्पोको जनसङ्ख्या ३६,७०० रहेको अनुमान गरिएको छ जसमध्ये अधिकांशले बौद्ध धर्मलाई आफ्नो प्रमुख धर्मको रूपमा अनुसरण गर्दछन्।[]

डोल्पो
डोल्पोདོལ་པོ
डोल्पो is located in कर्णाली प्रदेश
डोल्पो
डोल्पो
डोल्पो is located in नेपाल
डोल्पो
डोल्पो
निर्देशाङ्क: २८°५०′उ ८३°१५′पू / 28.833°N 83.250°E / 28.833; 83.250
देशनेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा जिल्ला

डोल्पो भूवैज्ञानिक रूपमा तिब्बती-टेथिस क्षेत्रको भाग हो। यो धौलागिरि हिमाल (८,१७२ मिटर (२६,८११फुट)) सहित हिमालय पर्वत शृङ्खलाहरूले घेरिएको छ। डोल्पा जिल्लाको क्षेत्रफलको सबैभन्दा ठुलो भाग डोल्पोले ओगटेको छ, तर जिल्लाको जनसङ्ख्या तल्लो दक्षिणी भागमा केन्द्रित छ, जहाँ अधिकांश गाविसहरू अवस्थित छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Hiking, Adventure Treks, "Dolpo", Dolpo 
  2. Discover Dolpa Region – Great Himalayan Trail वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०११ मिति.