डी.बी. टुहुरो (अंग्रेजीः DB Tuhuro) नेपाली साहित्यका एक कवि, गीतकार, समालोचक[२] तथा सम्पादक[३] हुन् । नेपाली साहित्यमा स्नातकोत्तर गरेका टुहुरो छन्दोबद्ध कविताको साथमा गजल[४], गीत, मुक्तक, समालोचना आदि विधामा कलम चलाउछन् । रोल्पा जिल्लामा साहित्यको उर्वर भुमि बनाउनमा उनको अटुलनिय योगदान छ ।

डी.बी. टुहुरो
जन्मवि.स. २०३५।०१।११ गते
रोल्पा
राष्ट्रियतानेपालनेपाली
शिक्षास्नातकोत्तर, नेपाली
पेशालेखन
चिनारीको कारणकविता,गीत,गजल,समालोचना
उल्लेखनीय कार्य
रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना समालोचना,२०७४[१]
गृहनगररोल्पा नगरपालिका, रोल्पा
धर्ममगरात
जीवनसाथीदेवा पुन मगर
मातापितारण बहादुर घर्तीमगर
डी.बी. टुहुरो

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

डी.बी. टुहुरोको जन्म वि.स.२०३५ बैशाख ११ गते बिहीबारका दिन सल्यान जिल्लाको चाँदेकरेन्जी गाबिस वडा नं. २ मेलचौरमा भएको हो । सल्यान जिल्लाको बामे गाबिसको खानीगाउँमा उनका बुवा रण बहादुर घर्तीमगरले बयानामा जग्गा लिएपछि बुवा रोल्पाबाट सल्यान गएका थिए । उनी आठ वर्षको हुदा उनको बुवाको देहान्त भयो । बुवाको देहान्त पछि बुयानामा लिएको जग्गा किन्न सक्ने हैसियत रहेन, पैसा फिर्ता मागेर बाच्यो उनको परिवार । दश वर्षको हुदा मुग्लान (कालापहाड) गए उनी । मुग्लानमा ढुंगा बोक्ने काम गरेर फर्के पछि एघार वर्षको उमेरमा देवीस्थल गाबिसको पानीखोला भन्ने स्थानबाट पढाई सुरु गरे । कालोपाटीमा खरीले लेखेर बेलको छहारीमा तीन कक्षा सम्म पढेका गुरुले उनलाई पढाउथे । दुई कक्षामा पढ्दै गर्दा उनलाई फेरी मुग्लान जाने बाध्यता आईलाग्यो । दु:खीलाई दुख्खै उपहार भनेझै मुग्लानमा दुर्घटनामा परे पछि घर फर्के उनी । फेरी पढाई सुरु गरे । एक दिन घाँस काट्न जान्छु भनी वनमा गएकी आमा साँझमा फर्की नआएपछि धेरै रोए उनी । दोस्रो दिन खबर आयो - आमाको दोस्रो बिहे भएछ । उनको जीवनमा अर्को चोट थपियो । आमाको दोस्रो बिहे भएपछी छिमेकीले आफ्नो घर लगे उनीहरूको रेखदेख गरे। उनलाई पढ्ने रहरले पछ्याइरह्यो । जसरी पनि पढ्नु पर्छ भन्ने पक्षमा उनी थिए । उनको पढ्ने क्रम रोकीएन । पढाई जारी राखे । बिद्यालय गएकै दिन देखि प्रथम मात्र भएका उनलाई सधै कसी पढ्ने, के खाने, के लाउने ? चिन्ता भईरह्यो । त्यसैबेला तत्कालीन प्रधानपञ्च चित्र बहादुर बुढाथोकीको सहयोगमा सदरमुकाम खलङ्गा गई जिबिस सल्यानका अधिकृत बझाङ घर भएका यज्ञराज जोशीको खाना पकाउने र पढ्ने काम संगसंगै गर्न थाले उनले । यज्ञराज जोशीको सहयोगमा उनले कक्षा छ र सात त्रिभुवन माबि सल्यानमा पढेँ । पछि जोशीको रोल्पा जिल्लामा सरुवा भएपछि उनी पनि रोल्पा आए र बालकल्यान माबि लिबाङमा भर्ना भए । वि.सं. २०५२ सालमा बालकल्यान माबिबाटै उनले दोस्रि श्रेणीमा एसएलसी पास गरे । [५]

ब्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

वि.सं. २०५३ साल देखि तुलसी अंग्रेजी बोर्डिङ स्कुल रोल्पा लिबाङबाट शिक्षकको रूपमा जागिरे जीवन प्रारम्भ गरेका टुहुरो २८ वर्षको उमेरमा देवा पुनसंग बिवाह बन्धनमा बाँधिए । उनी तुलसी बोर्डिङ स्कुलका संस्थापक तथा राजनितिज्ञ कृष्ण बहादुर घर्तीमगरसंग सगोल परिवारमा रहदै आएका छन् ।

साहित्यिक जीवन सम्पादन गर्नुहोस्

वि.सं. २०५० सालबाट साहित्य लेखनमा लागेका टुहुरोको साहित्यिक यात्रा कक्षा नौ मा पढ्दै गर्दा कर्मचारी मिलन केन्द्र रोल्पाबाट आयोजित खुला कविता प्रतियोगितामा सान्त्वाना स्थान प्राप्त गरे संगै सुरु भयो । झण्डै एक दर्जन किताब लेखिसकेका डि.बी. टुहुरो रोल्पाको साहित्यिक विकासमा महत्त्वपुर्ण योगदान दिने एक अग्रणी ब्यक्तित्व हुन । उनको योगदानको कदर गर्दै उनको नामबाट रोल्पामा "डी.बी. टुहुरो प्रतिस्थान" नै स्थापना भएको छ ।

लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू सम्पादन गर्नुहोस्

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  • राष्ट्रिय शिक्षा पदक (२०६५)
  • देवीचन्द्र साहित्य पुरस्कार (२०६५)
  • सेती विष्ट साहित्य पुरस्कार (२०६८)
  • अभिन्दित (ललित साहित्य परिषद्, २०६८)
  • राष्ट्रिय शिक्षा पुरस्कार (शिक्षा मन्त्रालय, २०६९)
  • प्रतिक चिन्ह (नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिस्थान,२०७०)
  • भानु काव्य पुरस्कार (२०७१)

सम्पादन सम्पादन गर्नुहोस्

संलग्नता सम्पादन गर्नुहोस्

[[चित्|thumb|340x340px|डी.बी. टुहुरोद्वारा लिखित कृति रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना (पछाडीको कभर भाग )]]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. टुहुरोेले लेखे, रोल्पाको साहित्यिक दस्ताबेज, नयाँ पत्रिका दैनिक
  2. रोल्पा जिल्लाको गजल परम्परा, डी.बी. टुहुरो, समकालीन साहित्य
  3. शीतविन्दु,
  4. रोल्पाली गजल र गजलकारहरु | रमेश सुवेदी, नयाँ युगबोध दैनिक[dead link]
  5. धनराज बि.क. अबिरल, साहित्यकार डी.बी. टुहुरोको पर्दाभित्रको जीवन कथा, लालित्य (वर्ष -१३, अंक-९,२०७१)
  6. रोल्पामा साहित्यिक दस्तावेज सार्वजनिक,रोल्पा अनलाइन डट कम

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि पढ्नुहोस सम्पादन गर्नुहोस्