ठेकुवा

एउटा पकवान
(ठेकुआबाट अनुप्रेषित)

ठेकुवा (जसलाई खजुरिया वा टिकरी पनि भनिन्छ) दक्षिणी नेपाल तथा उत्तरी भारतमा बनाइने एक प्रकारको सुख्खा मिठाई हो।[] यो नेपालको तराई क्षेत्र तथा भारतको बिहार, झारखण्डउत्तर प्रदेश राज्यमा धेरै लोकप्रिय छ।[] यी ठाउँहरूमा ठेकुवा, शताब्दीयौंदेखि एउटा मीठो खाजाको रूपमा प्रयोग हुँदै आएको छ।[]

ठेकुवा
वैकल्पिक नामहरू
  • खजुरिया
  • टिकारी
  • ठेकुआ
प्रकारखजुरी
परिकारखाजा
उत्पत्ति स्थाननेपाल तथा भारत
क्षेत्र वा राज्यभारत (उत्तर प्रदेश, झारखण्ड, बिहार), नेपाल (मधेश, लुम्बिनी)
मुख्य सामग्रीहरू

ठेकुवा छठ पूजाको समयमा देवतालाई चढाइने पूजनीय प्रसाद हो। [][][]

ठेकुवाका मुख्य सामग्रीहरू गहुँको पीठो, चास्नी (पग्लिएको चिनी) र घिउ हुन्। शख्खर कहिलेकाहीँ चिनीको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ।[] यी चार मुख्य सामग्रीहरू प्रयोग गरेर मिश्रण तयार गरिन्छ र स्वाद बढाउन सुकुमेल वा अन्य मसलाहरू पनि थप्न सकिन्छ।

पिठोको मिश्रणको सा-सानो टुक्रा बनाएर गोलो आकार मा बेलिन्छ र एउटा विशेष साँचोको सहायता ले ठेकुवामा बुट्टा बनिइन्छ। त्यसपछि ठेकुवालाई तातो घिउ वा तेलामा तारिन्छ। ठेकुवाको रङ रातोमा परिणत भएपछि त्यसलाई तेलबाट निकालिन्छ। ठेकुवा सेलाएपछि कडा हुन्छ र खानको लागि तयार हुन्छ।  

यसलाई कुनै संरक्षकको आवश्यकता पर्दैन र यसलाई हावा नछिर्ने भाँंडोमा धेरै दिनसम्म सुरक्षित राख्न सकिन्छ।

छठ पर्वको पवित्रता कायम राख्नको लागि प्रसादको ठेकुवाको तयारी सामान्यतया पूजा कोठामा गरिन्छ।[]

बिहारको दरभङ्गाका १६ जनाको समूहले लिम्का बुक अफ रेकर्ड्समा कीर्तिमान राख्न सन् २०१९ मा ९१ केजीको ठेकुवा तयार पारेका थिए।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Sharma, Gunjan (२ नोभेम्बर २०१९), "Thekua: The blessing Of Chhath Maiya", G Plus (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-१५ 
  2. Bureau, The Week, "Snack time delights", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-१०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-२२ मिति
  3. Grover, Neha (२ नोभेम्बर २०१९), "Chhath Puja 2019: Thekua And More; 5 Traditional Recipes To Celebrate The Festival With", NDTV Food, अन्तिम पहुँच २०१९-११-१५ 
  4. "Sun god to smile on devotees, scientists say", Telegraph India (अङ्ग्रेजीमा), ३० अक्टोबर २०१९, अन्तिम पहुँच २०१९-११-१५ 
  5. "All you need to know about Thekua and how you can make it at home", The Times of India (अङ्ग्रेजीमा), २०१९-११-०२, अन्तिम पहुँच २०१९-११-१५ 
  6. "Sun worshippers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१०-१० 
  7. "'Rasiao-kheer', 'thekua' make for festive platter", The Times of India, १ नोभेम्बर २०११, मूलबाट ११ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण ११ मे २०१३ मिति
  8. नागरिक, "छठमा ठेकुवा", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-३० 
  9. Nov 1, Sanjiv Das, "Bihar: Makers of 91kg 'thekua' eyeing Limca book", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-१५