ठकुल्ला पश्चिम नेपालमा बसोवास गर्ने क्षेत्री जातिय थर हो । ठकुल्लाहरूका पूर्वज चन्द ठकुरी हुन् । जसरी चन्दहरूको वंशबाट बटालासोडारी थरहरू उत्पन्न हुन पुगे त्यसरी नै चन्दहरूको वंशबाट ठकुल्ला थर उत्पन्न भएको हो । ठकुल्ला गौतम गोत्रिय क्षेत्री थर हो ।[]

ठकुल्लाहरूको उद्गम

सम्पादन गर्नुहोस्

बैतडी जिल्लाको स्वराडका गोपी चन्द, हिरा चन्द, तिलक चन्द नामका तिन भाइ मध्य तिलक चन्दका सन्तान अछाम जिल्लाको कालागाउँमा आई बसे भने जेठा गोपी चन्द ब्रह्मचारी थिए । उनलाई बिनायक गाउँका लला दुल्लुका राजाका सिपाहीहरूले मारे । केदार चन्दका सन्तान कालागाउँका सोडारी हुन् भने हिरा चन्दका सन्तान दर्ना पुजगाउँका चन्द ठकुरीहरू हुन् । तिलक चन्दका सन्तानहरू एक पट्टी धारासैन गएका र अर्को पट्टी कालागाउँका दाइजेपानीको मियानीकोटमा र जुपुठानामा छन् । धारासैनबाट बेलपाटा तिमिल्सैन गई बसेका छन् । []

चन्दबाट ठकुल्ला बन्नाको कारण

सम्पादन गर्नुहोस्

तिलक चन्दले जुम्ली ठकुरीकी छोरी घरदेलीकी मैयाँसँग विवाह गरेका थिए । घढेलीबाट जन्मेको हुनाले तिलक चन्दका सन्तानलाई बाहुन र खड्काहरूले ठाकुर भन्न थाले । पछि गएर ठाकुरबाट अपभ्रंस भई ठकुल्ला बन्न पुगे । यसरी तिलक चन्दका सन्तानहरू एक पट्टी ठकुल्ला र एक पट्टी सोडारी भए । []

ठकुल्लाहरूको बसोवास क्षेत्र

सम्पादन गर्नुहोस्

अछाम जिल्लाको बर्दादेबी गाविसमा पर्ने बेलपाटा, चमारधारा, खोलाघर, जोगीढुङ्गा, मेलधारा र ठकुल्लीबाडा गरी करिब १५० घरधुरी ठकुल्लाहरूको बस्ति रहेको छ । यसका साथै कैलाली जिल्लाको टिकापुर, राजिपुर, सती, सुर्जीपुर, धनगढी, हसुलिया लगायत विभिन्न ठाउँमा ठकुल्लाहरूको बसोवास रहेको छ । []

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाज द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय लेखक राजेश कुमार बटाला