टन्डो मोहम्मद खान जिल्ला
टान्डो महम्मद खान जिल्ला (सिन्धी: ضلعو ٽنڊو محمد خان, उर्दु: ضلع ٹنڈو محمد خان) पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यस जिल्लाको उत्तरमा हैदराबाद र टान्डो अलाहर जिल्ला रहेको छ भने बादिन जिल्ला दक्षिण र पुर्वमा रहेको छ त्यस्तै थट्टा जिल्लाले पश्चिमा घेरेको छ । यस जिल्लाको उत्तर-पश्चिमहुँदै सिन्धु नदी बगेको छ । यस जिल्लाको सदरमुकाम टान्डो महम्मद शहर हो ।
टान्डो महम्मद खान
ضلعو ٽنڊو محمد خان | |
---|---|
देश | पाकिस्तान |
प्रदेश | सिन्ध |
सदरमुकाम | टान्डो महम्मद खान |
क्षेत्रफल | |
• जम्मा | १,७३३.९९ किमी२ (६६९.५० वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | ६७७,२२८ |
• घनत्व | ३९०/किमी२ (१०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
तहसीलको सङ्ख्या | ३ |
सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ६,७७२,०० रहेको छ । सन् १९९८ जनगणनाका अनुसार यस जिल्लाको प्रमुख भाषा सिन्ध भाषा हो जुन ९१% मानिसहरूको मात्रृभाषा हो भने उुर्दु २.८% छ भने पञ्जाबी २.३% रहेको छ ।
मौसम
सम्पादन गर्नुहोस्यस जिल्लाको वातावरण मध्यम खालको छ । यद्यपि अप्रिल मे र जुनको महिनामा धेरै तातो हुने गरेको छ । डिसेम्बर र जनवरी सबैभन्दा जाडो महिना हो जुन क्रमश अधिकतम ३० डिग्री देखि न्युनतम १० डिग्री तापमान हुन्छ । वर्षा लगभग १३० मिलिमिटरको औसतमा पर्छ वर्षा ऋतु जुलाई देखि सेप्टेम्बर महिना सम्म हुन्छ ।
कृषि
सम्पादन गर्नुहोस्यस जिल्लाको कुल ७०% जनसङ्ख्या कृषिमा अवद्ध छन् । जिल्लामा भएको मुख्य खेतीहरू गँहु, घान, उखु, कपास आदि हुन् । पिनयारी र अकराम यस जिल्लाको प्रमुख सिंचाइ गर्ने नहरहरू हुन् । सन् २०१७ को जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ६,७७२,२८ रहेको छ जसमा पुरुषको सङ्ख्या ३,५००,१० रहेको छ भने महिलाको सङ्ख्या ३,२७२,०२ रहेको छ । यस जिल्लाको सन् १९९८-२०१७ को तथ्याङ्क अनुसार वार्सिक जनसङ्ख्या विद्धि दर २.३१% रहेको छ ।[२]
इतिहास
सम्पादन गर्नुहोस्यस जिल्लाको नाम मिर महम्मद खान सहावान तालपुरको नामबाट राखिएको हो । यो जिल्ला बादिन-हैदराबाद राष्ट्रिय राजमार्गमा हैदराबादबाट ३५ किलोमिटरको दुरीमा पर्छ ।
शिक्षा
सम्पादन गर्नुहोस्टान्डो महम्मद खान जिल्ला आलीफ आलिएनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस जिल्ला पाकिस्तानको ११५अौँ स्थानमा पर्छ । शिक्षा अंकमा सिक्ने अंक, अवधारण अङ्क र लैङ्गिक समानता अंक समावेश गरिएको छ ।
मध्य विद्यालयको पूर्वाधार अङ्क सूचकांकमा आधारभूत सुविधाहरूको उपलब्धता र विद्यालयको भवन परिस्थितिमा ध्यान केन्द्रित गरिएको छ । टन्डो मोहम्मद खानलाई ८६ औँ स्थानमा राखेको छ । विद्यालयहरूमा बिजुली बत्ती, पिउने पानी र अन्य आधारभूत पुर्वाधारहरूको कमी र असुरक्षित भवनको अवस्थाको कारणले जिल्लाको अंक चिन्ताजनक रहेको छ ।
सरकारी विद्यालयहरूमा धेरै जसो पाठ्यपुस्तकहरू हरेक बालबालिकाको निशुल्क प्रदान गरिन्छ भने केही पुस्तकका लागि उच्च सुल्क लाग्ने हुँदा आमाबाबुहरूले वस्तुहरूको लागि शुल्क लगाएकामा विरोध गर्दै आएका छन् । शिक्षाको स्तरमा टुन्डो मुहम्मद खान जिल्ला सिन्धको अन्य जिल्लाको रूपमा प्रासंगिक रहेको छ जहाँ मूल शिक्षिक पाठ्यपुस्तकहरू उुर्दु र अङ्ग्रेजीमा नभई सिन्ध भाषामा उपलब्ध गराइएको छ ।[३]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "२०१७-पाकिस्तानको जिल्ला अनुसारको जनसङ्ख्या", पिबिएस सेन्सस, मूलबाट २०१७-०८-२९-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०२१-०३-०८ मिति - ↑ जिल्ला सरकार - टान्डो महम्मद खान जिल्ला
- ↑ २०१७ पाकिस्तान जिल्ला शिक्षा बरियता-२०१७ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-३० मिति. इस्लामाबद: आलीफ आलिएन