जायरा वसीम

भारतीय चलचित्र अभिनेत्री

जायरा वसीम एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आमिर खान अभिनित चलचित्र दंगलमा अभिनय गरेकी थिइन् ।[१][२][३]

जायरा वसीम
Zaira Wasim
२०१७ मा वसीम
जन्म (2000-10-23) २३ अक्टोबर २००० (उमेर २३)
श्रीनगर, जम्मू र कश्मीर, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१५-वर्तमान
पुरस्कारराष्ट्रिय चलचित्र पुरस्कार
जी सिने अवार्ड्स
परिवारजाहिद वसीम (बुवा)
जर्का वसीम (आमा)
जोहरैज वसीम (भाइ)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

जायराको जन्म श्रीनगरको हवल इलाकामा सन् २००० अक्टोबर २३ को दिन भएको थियो ।[४] जायराका बुवा, जाहिद वासीम, श्रीनगरमा एक बैङ्क प्रबन्धकको रूपमा काम गर्छन् । उनकी आमा जर्का वसीम, एक कुशल गृहिणी छिन् । जायराले सेन्ट पल अन्तर्राष्ट्रिय एकेडमी, सोनवर, श्रीनगर, जम्मू र कश्मीरबाट कक्षा १० सम्मको अध्ययन गरेकी थिइन् । विद्यालय काल देखि नै उनमा अभिनय गर्ने इक्षा रहेको थियो । जायराले सन् २०१७ मा कक्षा १० को परीक्षामा ९२% अङ्क ल्याएकी थिइन् ।[५][६] अहिले उनी जम्मूको हेरिटेज उच्च विद्यालयमा कक्षा ११ मा अध्ययन गर्दै छिन् ।[७]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

शीर्षक वर्ष भूमिका निर्देशक नोटहरू
दंगल २०१६ गीता फोगाट नितेश तिवारी सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कार
मनोनीत—सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार
सिक्रेट सुपरस्टार २०१७ इन्सिया मलिक अद्वैत चन्दन सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर क्रिटिक्स पुरस्कार
मनोनीत—सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार
द स्काई इज पिंक २०१९ आइशा चौधरी शोनाली बोस उनको अभिनय करियरको अन्तिम चलचित्र[८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्