जल्धाका नदी
बङ्गलादेशको नदी
जल्धाका नदी ब्रह्मपुत्रको सहायक नदी हो जुन २३३ किलोमिटर लम्बाइको साथ भारत, भुटान र बङ्गलादेश हुँदै बग्ने सीमापार नदी हो।[१] यो डोङ्क्या पर्वत शृङ्खला मुनि जेलेप ला पासको छेउमा सिक्किमको गान्तोक जिल्लाको कुपुपमा रहेको बिटाङ ताल (वा कुपुप ताल)बाट निस्कन्छ।[१] कतिपय ठाउँमा यो नदीलाई मानसाई नदी र सिंहिमारी नदी पनि भनिन्छ।[२]
जल्धाका नदी | |
---|---|
स्थान | |
देशहरू | भारत भुटान बङ्गलादेश |
जिल्लाहरू | |
राज्यहरू | |
भौतिक विषेशताहरू | |
स्रोत | बिताङ ताल |
• स्थान | गान्तोक जिल्ला, सिक्किम |
मुख | धरला नदी, ब्रह्मपुत्र नदी |
• स्थान | लालमनिरहाट जिल्ला, बङ्गलादेश |
बङ्गलादेशमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुन सिजनमा टिस्टा नदीसँगै जल्धाका नदीले धेरै पटक ठूलो बाढी सिर्जना गरेको छ।[३]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Sharma, Suresh Kant; Sharma, Usha (२००५), Discovery of North-East India: Geography, History, Culture, Religion, Politics, Sociology, Science, Education and Economy. Assam. Volume three, Mittal Publications, पृ: 141, आइएसबिएन 978-81-8324-037-6।
- ↑ Murshed, Md Mahbub (२०१२), "Jaldhaka River", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।
- ↑ "Several thousand houses inundated in Kurigram", २८ अगस्ट २०२१।