जलसन्धि (अंग्रेज़ी: Strait, स्ट्रेट) वा जलसंयोगी वा जलडमरू पानीको यस्तो मार्गलाई भनिन्छ जसले दुई ठुला जलसमूहलाई जोडछ र जुनबाट नौका पार गरेर एक जलासयबाट दोश्रो ठुलो जलाशयमा जान सकिन्छ। यसको भौगोलिक आकार प्राय डमरू जस्तो हुन्छ, जसको दुई ठुला जलीय भागको मध्यमा जलसन्धि हुन्छ, यसकारण यसलाई जलडमरूमध्य पनि भनिन्छ । कुटनीतिक दृष्टिले , जुन राष्ट्रले दूइ सागर जोड्ने कुनै पनि जलसन्धि क्षेत्रमा कब्जा राख्छ , उसाले आउने जाने व्यापारिक र सैनिक जहाज-यातायातमाथि नजर र नियन्त्रण राख्न सक्छ। जलसन्धिको कम चौड़ाई भएको स्थानमा पार गरेर एक स्थानबाट अर्को स्थानमा पनि प्रवेश गर्न सकिन्छ। यस कारणले जलसन्धिहरु इतिहासमा महत्त्वपुर्ण रहेका छन् र त्यसमाथि अन्तरराष्ट्रीय खीचातानी परापूर्वकालदेखि हमेशा जारी रहेको छ । उदाहरणको लागि जिब्राल्टर जलसन्धि स्पेन एवं मोरोक्को भूभागलाइ अलग गर्छ, र यसले आन्ध्र महासागरभूमध्य सागर लाई जोड्छ र यस क्षेत्र माथि स्पेन, ब्रिटेन र मोरोक्कोमा एकदमै तनाव छ।[१][२]

जिब्राल्टर जलडमरूमध्य

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. इन्टरनेसनल स्ट्रेट्स: कन्सेप्ट, क्लासिफिकेसन एण्ड रुक्स ओफ प्यासेज, एना जि. लाओपेज मार्टिन्स , pp. xix, Springer, 2010, ISBN 9783642129063, ... it is not surprising that, since ancient times, straits have been the cause of many controversies and, even, wars ...
  2. The Future of Ocean Regime-Building, Aldo E. Chircop, Ted L. McDorman, Susan J. Rolston, pp. 211, BRILL, 2009, ISBN 9789004172678, ... The division of waters in the Gibraltar Strait is particularly challenging because Spain disputes the legitimacy of the United Kingdom's 6.5 square kilometres enclave at the Port of Gibraltar, and Morocco likewise disputes the legitimacy of Spain's enclaves in North Africa along the Moroccan coast ...

External links सम्पादन गर्नुहोस्