जयरी मल्ल, जसलाई अरि मल्ल द्वितीय पनि भनिन्छ, अनन्त मल्लका छोरा र नेपालका आठौं राजा थिए। जयरी आनन्ददेव मल्लको उत्तराधिकारी बने र १३२० देखि १३४४ सम्म शक्तिहीन राजाको रूपमा शासन गरे। १८ फेब्रुअरी १३२८ मा खस राज्यका आदित्य मल्लले काठमाडौँ उपत्यकामा आक्रमण गरे। उनले नुवाकोटलाई विलय गरी करिब एक महिनासम्म पाटन कब्जा गर्ने प्रयास गरे। महल जलाएर पाटनका बासिन्दालाई जरिवाना लगाए। १३४७ को पूर्व सम्झौता पछि उनको छोरा जयराज देवलाई उत्तराधिकारी बनाए।[१]

जयारी मल्ल
नेपाल मण्डलको राजा
शासनकाल५ अप्रिल १३२०–१४ सेप्टेम्बर १३४४
पूर्वाधिकारीअनन्त मल्ल
उत्तराधिकारीजयराजदेव मल्ल
जन्म२९ जनवरी १२७६
मृत्यु१४ सेप्टेम्बर १३४४
नेपाल मण्डल
वंशमल्ल वंश
बाबुअनन्त मल्ल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Shaha, Rishikesh (१९९०), Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge।