आदित्य मल्ल राजा जितारी मल्लका कान्छा छोरा थिए। उनी आफ्ना बाबुजस्तै विजिगीषु थिए। राजा आदित्य मल्ल विद्वान, इमानदार, वीर र धर्म प्रति श्रद्धालु थिए। उनको राज्य पूर्वमा अरुण नदीसम्म फैलिएको थियो।

आदित्य मल्ल
खस राज्यको राजा
शासनकालवि सं १३७०-१३८५
पूर्वाधिकारीरिपु मल्ल
उत्तराधिकारीपुण्य मल्ल
सन्तानकल्याण मल्ल
वंशखस मल्ल वंश
बाबुजितारी मल्ल
धर्महिन्दु

वाल्यकाल सम्पादन गर्नुहोस्

आदित्य मल्ल आफ्नो वाल्यकालमा तिब्बतको शाक्यमठमा महन्तभिक्षु भएर बसेका थिए । त्यसै बेला उनका दाजु अक्षय मल्ल माथि खण्डखातिर परेको बुझिन्छ । त्यो कुरा आदित्य मल्लले दुई वर्ष सम्म थाहा पाएनन् । राजा जितारी मल्लको मृत्यु पछि सिंजा जुम्लाको गद्दी खाली रहेको बेला गद्दी खाली राख्न नहुने गरी रिपु मल्ल राजा भएका थिए । आफ्ना बाबू र दाजु पनि मरेको त्यो कुरा आदित्य मल्लले थाहा पाए पछि आदित्य मल्ले पश्चिम तिब्बतको भोटान शाक्यमठबाट आफ्नो शिक्षा दीक्षा पूरा गरी जुम्ला फर्के ।

त्यस पछि उनले आफ्नो बपौती शासन चलाउन थाले ।[१]

राजा आदित्य मल्लले आफूलाई "परमभट्टारकमहाराजधिराज" भनेको हुँदा उनलाई सम्प्रभु शासक भएको निर्णय गर्न सकिन्छ । उनी विसं १३७० मा तिब्बतबाट नेपाल फर्केका थिए ।

काठमाडौ माथि आक्रमण सम्पादन गर्नुहोस्

राजा आदित्य मल्लले काठमाडौ उपत्यका मा दुईदुई पटक आक्रमण गरेका थिए । उनको पहिलो आक्रमण विसं १३७८ मा भएको थियो । जुम्लाको खससेनाले काठमाडौ उपत्यकालाई भक्तपुर मा आक्रमण गरी पराजित पारेको थियो । त्यो युद्धमा धेरै मानिस मर्नुका साथै उपत्यकाको ठूलो क्षति भएको थियो ।

दोश्रो आक्रमण सम्पादन गर्नुहोस्

दोश्रो पटकको आक्रमण मा पनि राजा आदित्य मल्ल आफैं ले सेना नेतृत्व गरेर काठमाडौ माथि आक्रमण गरे । बीस १३८५ मा भएको सो आक्रमण मा पहिले नुवाकोट कब्जा गरे,त्यसपछि फर्पिङ अधिकार गर्नुका साथै धेरै गाउँमा आगो लगाए । उनले ललितपुर को किल्ल भत्काएर काठमाडौँ भित्र प्रवेश गरे ।[२]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. नेपालको तथ्य इतिहास पृष्ठ ८९, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१
  2. नेपालको तथ्य इतिहास पृष्ठ ९०, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१