जब ह्यारी मेट सेजल

भारतीय चलचित्र

जब ह्यारी मेट सेजल एक आगामी हिन्दी रोमान्टिक कमेडी चलचित्र हो जसको लेखन एवम् निर्देशन इम्तियाज अली द्वारा गरिएको हो ।[१] चलचित्रमा शाहरूख खान, अनुष्का शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र रब ने बना दी जोडी (२००८) र जब तक है जान (२०१२) पछिको तेस्रो चलचित्र हो जसमा शाहरूख खान र अनुष्का शर्मा साथ काम गरिरहेका छन् ।

जब ह्यारी मेट सेजल
चलचित्रको पोस्टर
निर्देशकइम्तियाज अली
लेखकइम्तियाज अली
पटकथाइम्तियाज अली
कथाइम्तियाज अली
निर्मातागौरी खान
मुख्य कलाकारशाहरूख खान
अनुष्का शर्मा
एवलिन शर्मा
सयानी गुप्ता
चन्दन रोय संयल
छायाङ्कनके. यू. मोहनन
सम्पादनआरती बजाज
सङ्गीतगीत:
प्रीतम
पार्श्व संगीत:
अभिजित वघानी
वितरक
कम्पनीहरू
वितरकरेड चिलीज एन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • ४ अगस्ट २०१७ (2017-08-04)
देशभारत
भाषाहिन्दी

चलचित्र ४ अगस्ट २०१७ मा सिनेमाघरहरूमा प्रदर्शित हुनेछ ।

कलाकार सम्पादन गर्नुहोस्

विकास सम्पादन गर्नुहोस्

चलचित्रको उत्पादन अप्रिल २०१६ देखि शुरू भयो र अगस्ट २०१६ को शुरूमा छायाङ्कनको घोषणा गरियो, जब चलचित्रको काम शीर्षक "उत्पादन संख्या ५२" थियो । चलचित्रको कहानीको बारेमा केही विवरण दिइएको छ, हुनत न्युज आउटलेट्सले बताएको छ कि खान एक पर्यटन गाइडको भूमिका निभाउछन् जो एक छुट्टीमा आएर महिलासँग मिल्छन्, जसको भूमिका अनुष्का निभाउछिन् । शर्मालाई आफ्नो भूमिकाको लागि स्वयंलाई तैयार गर्नका लागि धेरै महिनाको शब्दावली प्रशिक्षणको आवश्यकता पर्‍यो, किनकि उनको भूमिका गुजरातबाट हो । यस चलचित्रको शीर्षकमा धेरै बदलाव भयो जसमा रिङ्ग, रहनुमारौला नाम शामिल छन् तर अन्त्यमा चलचित्रको शीर्षक "जब ह्यारी मेट सेजल" राखियो ।

छायाङ्कन सम्पादन गर्नुहोस्

चलचित्रको सुटिङ बुडापेस्ट, प्राग र भारतमा भएको छ । अन्य ठाउँहरूमा यूरोप र पञ्जाब पनि शामिल छन् ।

संगीत सम्पादन गर्नुहोस्

जब ह्यारी मेट सेजल
को साउन्डट्र्याक एल्बम
जारीअघोषित
रेकर्ड गरिएको२०१६-१७
शैलीविशिष्ट चलचित्र संगीत
भाषाहिन्दी
लेबलसोनी म्युजिक इन्डिया

चलचित्रको संगीत प्रीतम द्वारा रचित हो र गीत इरशाद कामिल द्वारा लेखिएको हो । दिलजीत दोसांझ चलचित्रमा एक विशेष गीत गाउनेछन् ।

क्र.सं.शीर्षकगायकलम्बाइ
१."राधा"सुनिधि चौहान, शाहिद माल्या१:५२
कुल लम्बाइ:१:५२

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहरी कडिहरु सम्पादन गर्नुहोस्

  1. जब हैरी मेट सेजल बनी 5 साल में शाहरुख़ खान की सबसे खराब फिल्म नेव्स4सोशल