नेपालको सैन्य दर्जा
नेपाली सेनाको सैन्य दर्जा संकृत शब्दबाट लिइएका छन् ।
दर्जा
सम्पादन गर्नुहोस्नेपाली सेनाको सैन्य दर्जा[१]
समकक्षी | OF-10 | OF-9 | OF-8 | OF-7 | OF-6 | OF-5 | OF-4 | OF-3 | OF-2 | OF-1 | OF(D) and student officer |
नाटो कोड | |||||||||||
'''No insignia''' | |||||||||||
General of the Army | en:Lieutenant General | Major General | en:Brigadier General | Colonel | en:Lieutenant Colonel | en:Major | en:Captain | en:Lieutenant | en:Second Lieutenant | en:Officer cadet | |
जनरल | लेफ्टिनेन्ट जनरल | मेजर जनरल | ब्रिगेडियर | कर्णेल | लेफ्टिनेन्ट कर्नल | मेजर | लेफ्टिनेन्ट | ||||
महारथी (प्रधानसेनापती) | रथी | उपरथी | सहायक रथी | महासेनानी | प्रमुख सेनानी | सेनानी | सहसेनानी | उपसेनानी | सहायक सेनानी | अधिकृत क्याडेट |
इतिहास
सम्पादन गर्नुहोस्पृथ्वीनारायण शाहको समयमा काजी, सरदार, कपरदार, जस्ता थिए । भीमसेन थापाको समयमा सेनाको पश्चिमीकरण गरियो, जर्नल, कर्नल, कप्तान जस्ता पदहरू सिर्जना गरिए । यद्यपि, काजी, बडा काजी, सरदार जस्ता पदहरू अनि यथावत् थिए ।
राणाकाल
सम्पादन गर्नुहोस्राणाकालमा नेपाली सेनामा प्रचलनमा रहेका सैनिकपदहरु: [२]
- श्री ३ महाराज प्रधानमन्त्री तथा सर्वोच्च प्रधानसेनापति
- कम्याण्डर–इन–चीफ,
- जङ्गीलाठ,
- जनरल,
- मेजर जनरल,
- कम्याण्डर कर्णेल,
- चीफ कर्णेल
- लेफ्टिनेण्ट कर्णेल
- मेजर क्याप्टेन
- क्याप्टेन
- मेजर एडजुटेन्ट
- लप्टन
- खरिदार
- सुबेदार इन्साइन
- जमादार
- कोते
- लैन जमादार सरजङ्ग
- हवल्दार
- अमलदार
- वहिदार
- सिपाही
- पिपा जमदार
- पिपा
- खलासी जमदार
- खलासी
- बन्दर नायक
- पिपा खलासी हवल्दार
प्रजातन्त्र पश्चात
सम्पादन गर्नुहोस्राजा त्रिभुवनको समयमा सेनाको आधुनुकिकरणको लागि भारतबाट टिम पनि आएको थियो । बि.सं.२००८ चैत अन्तिममा भारतीय सेनाका मेजर जनरल वाइ एस परान्जपे नेतृत्वमा २० जना अधिकृत, १७ जना जुनियर कमिसन अफिसर र १२० जना अन्यदर्जा समेत १५७ जना नेपाली सेनालाइ आधुनिकीकरण र समयानुकुल तालिम, सेनाको पुनर्गठन, पुनःसंरचनाको लागि नेपाल आए । सो टोलीले नेपाली सेनाको तालिम, संगठन, नीति र व्यवस्थामा सुझाव, सल्लाह दियो । सो टोलीको सल्लाहमा नेपाली सेनाका सैनिक पदसमेत परिमार्जन गरियो । बि.सं.२०१० माघसम्ममा नेपाली सेनामा कम्याण्डर–इन–चीफ, कम्याण्डिङ्ग जनरल, लेफ्टिनेण्ट जनरल, मेजर जनरल जस्ता सैनिक पद सृजना गरियो ।[२]
बि.सं.२०२० पछि[२] प्रधानसेनापति निरशमशेरको पालामा नेपाली सेना र नेपाल प्रहरीका दर्जामा संस्कृतीकरण घुसाइएको थियो । यसमा हिन्दु पुरातनवादी पक्ष हाबी भएको मानिन्थ्यो । त्यतिबेलै प्रशासनका साथै सुरक्षा अंगमा सबै चीजको नाम फेर्ने प्रचलन पनि सुरु भएको हो । नेपाल प्रहरीको उच्च दर्जालाई आईजीपी भन्ने गरिन्थ्यो तर प्रहरी महानिरीक्षकबाट बोलाउन थालियो । नेपाली सेनामा पनि राजालाई सुपि्रम कमान्डर इनचिफको सट्टा परमाधिपति भनेर संस्कृतीकरण गरियो । चारतारे मुख्य जनरल कमान्डर इन-चिफलाई प्रधानसेनापति, तीनतारे जनरललाई लेफ्टिनेन्ट जनरलको सट्टा रथी, मेजर जनरललाई उपरथी, बि्रगेडियर जनरलको सट्टा सहायक रथी भनेर संस्कृतीकरणको सम्बोधन थालियो ।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Nepali Army, "Nepali Army Rank Structure", Nepalarmy.mil.np, Nepali Army, अन्तिम पहुँच २५ अगस्ट २०१८।
- ↑ २.० २.१ २.२ थापा, माेहन (१९ भाद्र २०७९), "इतिहासको पानाबाट : यसरी सुरु भयो मानार्थ महारथीको सम्मान", NewsPolar।
- ↑ उक्याब, ताम्ला (२७ भाद्र २०७६), "राजा महेन्द्रका रणनीतिकार", Nepal Magazine।