छोटाखुट्टे बकुल्ला

बकुल्ला प्रजातिमा पर्ने एक सानो आकारको बकुल्ला

छोटाखुट्टे बकुल्ला बकुल्ला प्रजातिमा पर्ने एक सानो आकारको बकुल्ला हो। यस पंक्षीको आकार सानो भएका कारण यसलाई सानो बकुल्ला पनि भन्ने गरिन्छ। यस पंक्षीको पछाडिको भाग गाढा खैरो हुन्छ भने यसको बाक्लो खैरो रङ्गको घाँटी हुन्छ। यस प्रजातिका पंक्षीको लामो तिखो र कालो ठुँड र फिका खैरो रङ्गको खुट्टा हुन्छ। यस पंक्षीको घाँटी र ठुँड तलको भाग कहिलेकाँही सेतो पनि देखिन्छ यधपी यस प्रजातिका पंक्षीहरू कहिलेकाँही हल्का भिन्न प्रकारका हुन्छन् तर यसका लगभग सबै उपप्रजातिहरू छुट्टाउनु सकिने खालका हुन्छन्। सामान्यतया यस प्रजातिको पोथी भाले भन्दा थोरै सानो हुन्छ र भालेको भन्दा कम खैरो रङ्गको प्वाँख हुन्छ। यस प्रजातिका युवा बकुल्लाहरूको भने शरीर खैरो र सेतो धब्बा जस्तो देखिन्छ। यस पंक्षीको टाउको, घाँटी र माथिल्लो भाग हल्का सेतो हुन्छ तर पंक्षी वयस्क भएपछि त्यो रङ्ग हराएर जान्छ। यो पंक्षीले राम्रोसँग आवाज निक्ल्न नसकेपनि यसले खतरा र लडाइँको सङ्केत जनाउन आवाज निकाल्ने गर्दछ।[१]

छोटाखुट्टे बकुल्ला
वयस्क छोटाखुट्टे बकुल्ला
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
B. striata
वैज्ञानिक नाम
Butorides striata
(कार्लस लिनियस, १७५८)
पर्याय
  • Butorides striatus (lapsus)
  • Butorides spodiogaster

यो पंक्षी बकुल्ला प्रजातिको अर्को पंक्षी हरित बकुल्लासँग मिल्दोजुल्दो हुन्छ। तर हाल यी दुई प्रजातिलाई छुट्टाछुट्टै वर्गमा छुट्टयाइएको छ। यो पंक्षी बोलिभियाको रिब्ब्राल्टा सहरमा पनि पाइने गरेको छ।

विवरण सम्पादन गर्नुहोस्

वयस्क सानो सेतोबकुल्लाको लम्बाई ३५–४५ सेमी (१४–१८ इन्च) हुन्छ भने यस पंक्षीको तौल १९३–२३५ ग्रा (६.८–८.३ औंस) मापन गरिएको छ। यस प्रजातिका बकुल्काको वयस्क भाले वा पोथीको माथिलो भाग निलो र खैरो हुन्छ भने यसको स्युर कालो हुन्छ। यस पंक्षीको पखेटा तलको भाग सेतो हुन्छ। यसको स्युर ठुँड देखि आँखा सम्म एउटा कालो धर्सा रहेको हुन्छ र यसको छोटो पहेँलो खुट्टा हुन्छ। यस प्रजातिका युवा पंक्षीहरू भने खैरो रङ्गका हुन्छन्।[३]

वितरण र बासस्थान सम्पादन गर्नुहोस्

छोटोखुट्टे बकुल्लाहरू पाइने क्षेत्र एकदमै ठूलो छ। यो पंक्षी दक्षिण अमेरिका देखि मध्य दक्षिणी अफ्रिका, अरिबी प्रयाद्वपी, भारत र दक्षिण देखि पुर्वमा आन्ध्र महासागरको द्वपहरू, एसियन, अस्ट्रेलिया र प्रशान्त महासागरको विभिन्न टापुहरूमा पाइन्छन्।

छोटोखुट्टे बकुल्लाको बासस्थान भिन्न भिन्न ठाउँमा भएतापनि यी पंक्षी विषेश गरी तालको छेउछाउ, नदि, नहर, पोखरीमा आदिमा पाइन्छन्। यो पंक्षी समुद्र तटमा म्याङ्ग्रोभ क्षेत्र र हिलो भएको ठाउँमा पनि उत्तिकै मात्रामा पाइन्छ। यस पंक्षीको धान खेती पनि एक महत्त्वपूर्ण बासस्थान हो। यो पंक्षी कहिलेकाँही गाईवस्तु भएको ठाउँमा पनि पाइन्छ। एन्डिज हिमश्रृङ्खलामा यो पंक्षी समुन्द्री सतहबाट ४,००० मिटर सम्म बसोबास गर्ने गर्दछ।

व्यवहार सम्पादन गर्नुहोस्

छोटोखुट्टे बकुल्ला एक सामाजिक पंक्षी हो र यो सानो समूहमा बस्ने गर्दछ। यद्यपि यस पंक्षीको व्यक्तिगत आहारा पाइने क्षेत्रमा भने यसले अन्य घुसपैठलाई छिर्नमा रोक लगाउँछ। यस पंक्षीले आफ्नो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने गर्दछ। यसले आफ्नो सिकारलाई लामो दुरीबाटै ठम्याउन सक्छ र त्यसलाई निकैबेर हेर्छ र राम्रो मौका पायो भने आक्रमण गर्ने गर्छ। यसले आहारा समाउनका लागि चारोको पनि प्रयोग गर्छ जसमा यसले आफ्नो प्वाँख र रुखका पातहरू पानिमा हाल्ने गर्छ। यसले मुख्यतया साना माछा, चेपाकाँडा र किरा फटयाङ्ग्राहरू खाने गर्छ। यस पंक्षी निकै चलाख हुन्छ भने यसले आफ्नो आहारा पाउनका लागि मानिसले फालेका रोटि र अन्य खाद्य वस्तु पानीमा फाल्छ र त्यसलाई माछाले खान आउँद यसले माछालाई छोप्ने गर्छ। जमिनमा भने यसले आफ्नो सिकारलाई विस्तारै हिँडेर र दोडिएर समाउने गर्दछ। यसले माछाका अलावा किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा आदि पनि खाने गर्छ।

यस पंक्षीले मरेका र सुकेका झार, रुखका पात र बाँसको पातबाट गुण बनाउने गर्छ। यसले गुणलाई टेका दिनका लागि ससाना दाउराहरूको पनि प्रयोग गर्छ। यस पंक्षीको गुण २०-४० सेमी लामो र ०.५-५ मि.मि बाक्लो हुन्छ भने यसको गुणको कुल नाप ४०-५० सेमी फराकिलो र ८-१० सेमी अग्लो हुन्छ। यस पंक्षीले पानीको वरिपरि रहेको होचो रुखहरूको टुप्पोमा गुण बनाउने गर्छ। यस प्रजातिको बकुल्लाले एक पटकमा २ देखि ५ वटा अण्डा कोरल्ने गर्छ भने अण्डाको रङ्ग फिक्का निलो हुन्छ।

स्थित सम्पादन गर्नुहोस्

यस पंक्षी विश्व लगभग सबै मुलुकहरूमा सहजै पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्