चोयु हिमाल

नेपाल र चीनको सीमामा अवस्थित पृथ्वीको छैठौं अग्लो हिमाल
(चो युबाट अनुप्रेषित)

चोयु (अङ्ग्रेजी: Cho Oyu, वाइलि अनुवादमा तिब्बति: jo bo dbu yag; चिनियाँ: 卓奧有山, पिनयिन: Zhuó'àoyǒu Shān) विश्वको छैठौं हिमाल हो। यसको उचाइ ८,२०१ मिटर (२६,९०६ फिट) हो ।

चोयु
गोक्योको दक्षिणबाट हेर्दा चोयु हिमाल
सर्वोच्च विन्दु
उचाइ८,२०१ मी (२६,९०६ फिट)
छैठौं सर्वोच्च
प्रमुखता२,३४० मी (७,६८० फिट)
भिन्नता२९ किमी (१८ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
Ultra
नामकरण
नेपाली अनुवादTurquoise Goddess
नामको भाषातिब्बती
भूगोल
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
स्थाननेपाल-चीन (तिब्बत)
क्षेत्रNP
हिमशृङ्खलामहालङ्गुर हिमश्रृङ्खला, हिमालय
आरोहण
पहिलो आरोहणअक्टोबर १९, १९५४ मा हर्बर्ट टिची, जोसेफ ओक्लर तथा शेर्पाहरू पासांग दावा लामा
सबैभन्दा सजिलो मार्गहिउँ

हर्वट टिची (Herbert Tichy)ले अन्य २ जना साथीहरू समावेश गरी आरोहण दल बनाए । सेप जोक्लर( Sepp Jockler) एक कुशल आरोही थिए। अर्का साथी हेल्मट हृयुवर्गर (Helmut Heuberger) ईन्स व्रक विश्वविद्यालयका भूगोलशास्त्री थिए। सरदार पासाङ्ग दाव माताहतमा रहेको सातजना शेर्पाहरू दलको सहयोगी थिए । तिनीहरूले आपतकालीन परिस्थितिको लागि दुइवटा अक्सीजन सिलिण्डर र केही उपचार सम्वन्धि उपकरण लगेका थिए। ५,५०० मिटरमा रहेको आधार शिविरवाट तिनीहरू वरफको ढिक्का हुादै माथि चढे। जेक्लर हिउा तथा पर्वतको अध्यय्नमा लागेका हुनाले चढाइको गति केही कम भएको थियो। यसले गर्दा टिचीको गति बढ्न सकेन। पासाङ्ग र अद्जिवा एकै घण्टामा हिम झरना हुदैं माथि लागे। टिची र पाचजना शेर्पाहरू ६,९८० मिटरको उचाइमा पुगेर IV शिविर स्थापना गरे। चिसो हावाले शिविरका पाल तथा आरोहीहरूलाई धक्का दिइरहेको थियो।

विहान ६ वजे टिची, जोक्लर र पासाङ्ग शिविरवाट तिव्र गतिमा चढाइ सरु गरे। करिब १२२० मिटरको चढाई पछि उनीहरू अपरान्ह ३ वजे गुम्बज आकारको चाक्लो उच्च समस्थिली शिखरमा पुगे। वषरा सुरू हुनुभन्दा पहिला ८००० मिटरको शिखरमा पुग्ने पहिलो सानो आरोहण दल यही थियो।

पर्वतारोहण इतिहासको तालिका १९५२ -संयुक्त अधिराज्य) : ई. शिप्टनले अनुसान्धान दल पठाए। १९५४ -अस्ट्रिया)  : हवर्ट टिचीले आरोहण दलको नेतृत्व गरे। हर्वट टिची, सेप जोक्लर र पासाङ्ग दावा लामाले अक्टुवर १९मा विना अक्सीजन चो यू शिखरमा पुगे।

Herbert Tichy हर्वट टिची १९१२मा जन्मेका थिए। उनले विश्वविद्यालयमा भूगर्वशास्त्र अध्ययन गरे। १९३६मा तिब्वतमा हिमाली भूगर्वअध्ययनको सोधलेख (Thesis) सम्पन्न गरी भियानामा विद्यावारिधि पुरा गरे। उनी तेलको भुगर्वविद भएपनि केही समयसम्म पत्रकार भै काम गरे। १९५३/५४ तिर हिउंदको समयमा उनी पासाङ्ग दावा लामा, आङ्जीवा र ग्याल्सन शेर्पाहरूको साथमा नीजि यात्रा गरे। यी चारजनाले ६,१०० मिटर उचाईका धेरै चुचुराहरू चढे र अझ वढी उचाई चढने सम्भावना वारे छलफल गरे। जनवरी १९५४मा अस्ट्रियावाट र्फकदा टिचीले चो यू पर्वत चढ्ने अनुमतिको लागि निवेदन दिएपछि अपि्रलमा अनुमति पाए।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्