चिनियाँ तिब्बती भाषा परिवार
(चिनियाँतिब्बती भाषा परिवारबाट अनुप्रेषित)
चिनियाँ-तिब्बती भाषा परिवार (अङ्ग्रेजी: Sino-Tibetan languages) जनसङ्ख्याका आधारमा भारोपेली भाषा परिवार पछिको दोस्रो ठुलो भाषा परिवार हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।[२] यस भाषा परिवारको प्रमुख भाषाहरू चिनियाँ भाषा (१.३अर्ब), बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठुला विभाजन चिनियाँ भाषाहरू र तिब्बती-बर्मेली भाषाहरूमा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।
चिनियाँ-तिब्बती भाषा परिवार | |||
---|---|---|---|
भौगोलिक वितरण | पूर्व एसिया, दक्षिणपूर्व एसिया र दक्षिण एसिया | ||
भाषिक वर्गीकरण | विश्वको प्रमुख भाषा परिवार | ||
मूल-भाषा | मूल चिनियाँ-तिब्बती | ||
उपखण्डहरू | ४० भन्दा धेरै स्पष्ट निम्नस्तरीय विभाजन भएतापनि उच्चस्तरीय विभाजनमा एकमत भएको | ||
आइएसओ ६३९-२ / ५ | sit | ||
प्रयोगशाला | ७९- (phylozone) | ||
ग्लोटोलग | sino1245[१] | ||
एसिया भर रहेका चिनियाँ-तिब्बती भाषाहरूको मुख्य समूहहरू:
|
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Sino-Tibetan", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ https://www.ethnologue.com/subgroups/sino-tibetan