चितवन–२ उपनिर्वाचन, २०८०

वि.सं. २०८० वैशाख १० मा नेपालको चितवन निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन सम्पन्न भएको थियो।[१][२] राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछाने सांसद पद खारेज भएपछि उक्त रिक्त रहेको स्थानमा उप-निर्वाचन भएको थियो।[३] यस उपनिर्वाचनमा रवि लामिछाने ५४,१७५ मत सहित पुन: निर्वाचित भएका थिए जहाँ उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेस जीतनारायण श्रेष्ठले ११,११४ मत प्राप्त गरेका थिए भने नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले १०,९३६ मत प्राप्त गरेका थिए।[४]

वि. सं. २०८० चितवन–२ उपनिर्वाचन

← २०७९ २०८० वैशाख १०

प्रतिनिधि सभाको चितवन निर्वाचन क्षेत्र नं. २
 
उम्मेदवार रवि लामिछाने
दल रास्वपा

बागमती प्रदेशमा चितवन २

पदग्राही प्रतिनिधि सभा सदस्य

रवि लामिछाने
रास्वपा



पृष्ठभूमि सम्पादन गर्नुहोस्

वि.सं. २०७९ मा पहिलो पटक निर्वाचित लामिछाने वि.सं. २०७९ पौष ११ देखि माघ १३ सम्म उपप्रधान तथा गृहमन्त्री थिए। त्यसपछि सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: प्राप्त गर्ने बेला उचित प्रक्रिया पालना नगरेकाले उनी कानुनी रूपमा नेपाली नागरिक नरहेको फैसला गरेपछि लामिछानेलाई सबै निर्वाचित पदबाट हटाइएको थियो।[५] पुनः नेपाली नागरिकता लिएका उनले उपनिर्वाचनमा उम्मेदवारी दिएका थिए।[६][७]

२०७९ चुनावी परिणाम सम्पादन गर्नुहोस्

उम्मेदवारदलमत%
रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी४९,३००६१.०५
उमेश श्रेष्ठनेपाली कांग्रेस१४,९८८१८.५६
कृष्णभक्त पोखरेलनेकपा (एमाले)१४,६५२१८.१४
अन्य१,८१३२.२५
जम्मा८०,७५३१००
बहुमत
राष्ट्रिय स्वतन्त्र पार्टी जीत
स्रोत: [८]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "प्रेस विज्ञप्ति - २०७९.१०.२९ चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन सम्बन्धमा", Election Commission, Nepal (नेपालीमा), अन्तिम पहुँच १३ फेब्रुअरी २०२३ 
  2. "By-election in Chitwan-2 scheduled for April 23", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३ 
  3. "Supreme Court annuls Rabi Lamichhane’s status as lawmaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३ 
  4. "चितवन २ : सानदार मतसहित रवि लामिछाने निर्वाचित" (नेपालीमा), अन्तिम पहुँच १२ वैशाख २०८० 
  5. "Court strips Lamichhane of all posts over citizenship", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३ 
  6. "Rabi Lamichhane reacquires citizenship certificate", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१३ 
  7. "चितवन–२ को उपचुनावमा रवि उम्मेदवार हुन पाउँछन् ?", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०२-१३ 
  8. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", Election Commission of Nepal