चारजनाको टोली

चारजनाको समुह (अङ्ग्रेजी: Gang of Four (सरलीकृत चिनियाँ: 四人帮; परम्परागत चिनियाँ: 四人幫; पिनयिन: Sì rén bāng) चिनियाँ कम्युनिष्ट पार्टीका चार जना अधिकारीहरू रहेका एक राजनैतिक गुट थियो। उनीहरू सांस्कृतिक क्रान्ति (१९६६-७६) को समयमा चर्चामा रहे र पछि उनीहरूलाई देशद्रोही अपराधको आरोप लगाइयो। उक्त समुहको प्रमुख व्यक्ति चियाङ चिङ (माओ त्से तुङ की अंतिम पत्नी) थिए। अन्य सदस्य च्याङ चुङचियाओ, याओ वेङयुआन र वाङ होङवेनले साथ दिएका थिए । यसलाई चिनियाँ सांस्कृतिक क्रान्तिका ‘ग्याङ अफ फोर’ पनि भनिन्छ ।[१][२]

भूमिकासम्पादन

यही चारजनाले वृद्ध, रोगी र असक्त भइसकेका अध्यक्ष माओलाई दुरुपयोग गरेर आफ्ना विरोधीहरूको संहार गरेको, माओलाई इशारामा नचाएर आफ्नो अभीष्ट पूरा गरेको आरोप लाग्दै आएको छ ।[२] चिनियाँ कम्युनिस्ट पार्टीभित्रै माओकी श्रीमतीले चलाएको 'ग्याङ्ग अफ फोर' अर्थात्'चण्डाल चौकण्डी' ले पूर्वाग्रह साँधेर विपरित विचारका पक्षमा लागेकाहरूलाई कारवाहीस्वरूप मृत्युदण्ड, जेल, श्रमशिविर, घटुवालगायतका कारबाही थोपरेको थियो।

यो ग्याङले चिनियाँ कम्युनिस्ट पार्टीको शक्ति साँस्कृतिक क्रान्तिको समयमा नियन्त्रणमा लिएका थिए। यद्यपि यो अझै अस्पस्ट छ कि कुन कुन ठूला निर्णय माओले गरे र यो ग्याङले कार्यान्वयन गर्यो र कुन कुन निर्णय ग्याङको योजनामा नै भयो।

पतनसम्पादन

चित्र:Gang of Four at trial.jpg
१९८१ मा सुनुवाइको दौरान ग्याङ अफ फोरका सदस्यहरू1

सन् १९७६ जनवरी ८ मा प्रधानमन्त्री चाउ एन लाइको मृत्यु भयो। प्रधानमन्त्री चाउ एनलाइको मृत्यु भएकाले माओले ४ फेब्रुअरी १९७६ मा हुवा गोफेङलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। सेप्टेम्बर सन् १९७६ मा माओको निधन भयो ।

९ सेप्टेम्बरमा अध्यक्ष माओको मृत्युपछि प्रधानमन्त्री हुवा नै चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा पुगे। हुवाले अध्यक्ष माओको मृत्यु भएको २७ दिनपछि ६ अक्टोबर रातको ८ बजे पार्टी स्थायी समितिको बैठक बोलाए। सो बैठकमा 'ग्याङ अफ फोर'का चारै नेतालाई गिरफ्तार गरियो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अक्टोबर १६ अक्टोबर मात्र उनीहरुलाई पक्राउ गरेको औपचारिक घोषणा गर्यो र दस वर्ष देखि चलिरहेको सांस्कृतिक क्रान्तिको अन्त्य भयो। [३]

सांस्कृतिक क्रान्तिका चार मुख्य नेता ‘ग्याङ अफ फोर'का नेतालाई बैठकमा बोलाएर गिरफ्तार गरियो। त्यसपछि चीनियाँ कम्युनिष्ट पार्टीको बैठकबाट ‘ग्याङ अफ फोर' औपचारिक रुपमा खारेज भयो। इतिहासकार इमानुएल सि.आइ. सु को अनुसार यो कारबाही पूर्ण रुपमा रक्तहीन पनि थिएन। वाङ होवेन (Wang Hongwen)ले उनलाई समात्न गएका दुई जना गार्डलाई मारेका थिए र उनलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएका थिए। [४] २१ अक्टोबरमा, यो समूहको राष्ट्रव्यापी निन्दा र आलोचना सुरु भयो। डिसेम्बरमा यो समूहले सर्वसाधारण र राजनैतिक विपक्षीहरू माथिगरेको दमन र अपराधको सम्पूर्ण फाइलहरू सार्वजनिक भए सँगै उनीहरूको निन्दा चरम उत्कर्षमा पुग्यो। पार्टीले ग्याङ अफ फोरलाई "बामपन्थीको रुपमा देखा पर्ने तर दक्षिणपन्थीको काम गर्ने" भनेर उनीहरूको निन्दा गर्यो। यस समुहमाथि कम्युनिष्ट पार्टीलाई पुनर्निर्माण गर्ने प्रयास गरेको र वरिष्ठ नेताहरुलाई हटाएर नयाँ संगठन सिर्जना गर्न खोजेको आरोप लगाइएको थियो। चिनियाँ अधिकारीहरुले ग्याङ अफ फोरलाई निर्दोष साबित गर्नु प्रतिक्रान्तिकारी कदम हुने ठहर समेत गरे। प्रधानमन्त्री हुवाले चीनका २९ वटा प्रशासनिक क्षेत्रमध्ये १३ वटा क्षेत्रको पार्टी नेतृत्वमा उग्र-वामपन्थी प्रवृत्ति रहेको पहिचान गरे, र उनीहरुलाई शक्तिबाट हटाइयो । उनीहरूको गिरफ्तारीसँगै सांस्कृतिक क्रान्तिको अन्त्य भयो।

सांस्कृतिक क्रान्तिको अन्त्य भएको ९ महिनापछि सन् १९७७ जुलाईमा मात्र देङ सियाओ पिङ माथि गरिएका सम्पूर्ण कारवाहीहरु पार्टीले फिर्ता लियो र उनलाई पहिलेकै पदमा वहाली गर्यो। २२ जुलाई, सन् १९७७ मा चीनमा देङ सियाओ पिङ सत्तामा फर्किए। चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनबाट देङ "स्टेट काउन्सिल"को भाइस प्रिमियर, "केन्द्रीय कमिटी"को उपाध्यक्ष, सैन्य आयोगको उपाध्यक्ष र जनमुक्ति सेनाको प्रमुख बने।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Yao Wenyuan", The Economist, आइएसएसएन 0013-0613, मूलबाट २०१६-०६-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०५-२२ 
  2. २.० २.१ "‘ग्याङ अफ फोर’ को घेराबन्दीमा प्रधानमन्त्री", नेपाल म्यागजिन, अन्तिम पहुँच २०२२-०५-०१ 
  3. "४० वर्षमा चीनको फड्को", चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, अन्तिम पहुँच २०२२-०५-०१ 
  4. Hsü, Immanuel Chung-yueh (१९९०), China Without Mao: the Search for a New Order, Oxford University Press, पृ: २६, आइएसबिएन 0-19536-303-5