चन्द्र नहर
चन्द्र नहर नेपालको सप्तरी जिल्लाको उत्तरपूर्वी क्षेत्रमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा स्थापना गरिएको नेपालको पहिलो सिँचाइ नहर आयोजना हो। नेपालको पहिलो आधुनिक नहरको रूपमा रहेको चन्द्र नहरको निर्माण कार्य वि.सं. १९७९ मा सुरु भइ वि.सं. १९८५ मा सम्पन्न भएको थियो।[१]३१ किलोमिटर लम्बाइ भएको यो नहर सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, महादेवा गाउँपालिका लगायतका ग्रामीणक्षेत्रमा सिँचाइ सुविधा पुर्याइरहेको छ।
चन्द्र नहर | |
---|---|
![]() पश्चिम दिशाबाट नहरको बाँध | |
स्थान | सप्तकोशी नगरपालिका, सप्तरी जिल्ला |
निर्देशाङ्क | २६°४४′२९″N ८६°५५′४७″E / २६.७४१३७८°N ८६.९२९६१९°E |
प्रकार | सिँचाइ नहर |
मूल भाग | त्रियुगा नदी, कोशी नदी |
प्रवाहित राष्ट्रहरू | कोशी नदी, नेपाल |
नुनिलोपना | ३.४–३.५% |
उच्च तापक्रम | २५ °से (७७ °फे) |
न्यून तापक्रम | ५ °से (४१ °फे) |
यो नेपालको पहिलो सिँचाई परियोजना हो। यो सप्तरी जिल्लाको साविक फत्तेपुर हाल सप्तकोशी नगरपालिका भएर बग्ने त्रियुगा नदी नजिकै निर्मित छ। यो नहरको डिजाइन नेपालको पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले कोरेका थिए।[२]
इतिहाससम्पादन
नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आफ्नो शासनकालमा सप्तरी जिल्लाको फत्तेपुरमा नेपालकै पहिलो सिँचाइ परियोजनाको रूपमा चन्द्र नहर बनाउने निर्णय गरेका थिए।[३] यो नहरको नक्सा कोर्ने काम नेपालकै सिभिल इन्जिनियर डिल्लीजङ्ग थापाले गरेका थिए। चन्द्र शमशेरको शासनकालको अन्तिम समयमा वि.सं. १९७९ मा चन्द्र नहरको निर्माण शुरू भई चार वर्षभित्र वि.सं. १९८५ मा निर्माण कार्य सम्पन्न भएको थियो। यो नहरबाट प्रति सेकेन्ड १४ घनमिटर पानी प्रवाह गर्नसक्ने क्षमता रहेको छ भने यस नहरको लम्बाइ ३१ किलोमिटर रहेको छ। नहरको पानीले सप्तरी जिल्लाका लगभग १०,५०० हेक्टर जमीनमा सिँचाइ गर्न सक्ने क्षमता रहेको छ।[४]
नहर निर्माण कार्यसम्पादन
त्रियुगा नदीमा बाँध बनाएर निर्माण गरिएको यस नहरमा त्यससमयमा सिमेन्टको प्रयोग गरिएको थिएन। पाको इँटाको धूलो, चुन र मास मिसाएर बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको थियो। सिभिल इन्जिनियर, डिल्लीजङ्ग थापाको विभिन्न निर्माण कार्यहरूमा यो एक उत्कृष्ट काम रहेको विशेषज्ञहरूको भनाइ रहेको छ।[५]
उत्पति र स्थानसम्पादन
चन्द्र नहरको मूल स्थान त्रियुगा नदीको २ किलोमिटर उत्तरमा रहेको काली खोलामा बनाइएको जलाशयबाट हुन्छ।[६]
चित्र दीर्घासम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ जलस्रोत तथा सिँचाइ विभाग, नेपाल सरकार
- ↑ पत्रिका, न्यु स्पोटलाइट, "DILLI JUNG THAPA Forgotten Hero" [डिल्लीजङ्ग थापा], स्पोटलाइट नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-२५।
- ↑ "चुरे सुरुङ र चन्द्रनहर निर्माता", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२६।
- ↑ "राजविराज : समृद्ध इतिहास, आन्दोलित वर्तमान", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२६।
- ↑ "हेटौंडा-अमलेखगञ्ज सुरुङमार्ग देशकै पहिलाे सुरुङमार्ग, सरकारले इतिहास मेटाउन खोज्यो", जनपत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२६।
- ↑ "चन्द्र नहरको स्वरुप परिर्वतन हुँदै", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२५।