नेपालीहरूको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरूमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

चन्द्रघन्टा
देवनागरीचन्द्रघन्टा
वर्ग:शक्तिको अवतार
अश्त्र:त्रिशुल, खुँडा, गदा तथा कमल
वाहन:सिंह

चन्द्रघन्टा नवदुर्गा मध्य तेस्री देवी हुन ।