गोदावरी फूल
गोदावरी (अँग्रेजी नाउँ: mums or chrysanths[४]) एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो।
गोदावरी फूल Chrysanthemum indicum | |
---|---|
![]() | |
Chrysanthemum sp. | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | Chrysanthemum
|
प्रजातिहरू | |
Chrysanthemum indicum L. L.[१][२] | |
प्रजातिहरू | |
प्रजातिहरू हेर्नुहोस् | |
पर्याय[३] | |
|
विशेष गरी असोज-कार्तिक महिनामा यो पूर्ण रूपमा फुल्छ। जापानको राष्ट्रिय फूल गोदावरी विश्वभरि सजावटका र पुष्पविन्यासका लागि लागि प्रख्यात छ। घर घर मै सजिलै फुलाउन सकिने यो फूलको सजावट करिब एक हप्तासम्म ताजा रहन्छ।गमला अथवा जमिनमा रोप्न सकिने यो फूल लागि पानीको निकास राम्रो हुनुपर्छ। रोपेको १ महिनाभित्रै फूल दिन थाल्ने यसको बोटलाई दह्रो खालको झिक्राको सपोर्ट दिनु राम्रो हुन्छ। धेरै फूल फुलाउन कोपिला टिप्नु हुँदैन भने ठूलो फूल फुलाउनु छ भने कोपिला टिप्नुपर्छ। यसको फूललाई रात्रि कीराले असर गर्न सक्छ। यसको बोट ३ फिटसम्म अग्लो हुन्छ। यसका लागि गोबर मल उपयुक्त हुन्छ। चीनमा यसको ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजाति पाइन्छन्।
चीन को रैथाने फूल यहि वाट सारा संसार मा फैलिएको मानिन्छ तर यस लाई जापानीहरू ले प्रसिद्दि दिलाएका हुन| यो फूललाई चिनियाँहरूले औषधीका रूपमा प्रयोग गर्न खेती गरेका थिए र १७ औँ शताब्दीतिर युरोपमा यो फूलको व्यावसायिक खेती सुरु भएको थियो।नेपाल मा यस को प्रचलन तथा सुरुवात भएको समय को यकिन नभए पनि हिन्दि मा 'गुलदाउदि' भनिने भएको ले यो नाम हिन्दि वाट आएको हुनुपर्ने मा पुष्प विशेषग्यहरू सहमत छन|
चीन मा यस लाई "चार भलादमी" मा गणना गरिन्थ्यो र यो फूल लाई राजकिय मान्यता प्राप्त थियो| जापान मा त यो सर्वोच्चता को प्रतीक नै मानिन्छ| जापानी राज सिहासन को नाम नै "Chrysanthemum Throne" हो र सरकारी छाप "Chrysanthemum seal" हो भने सर्वोच्च पदक यस को नाम मा रहेको छ|
वर्गीकरणसम्पादन
गोदावरी फूलको आकार र स्वोरूपलाई हेरेर यसलाई १३ वटा विभिन्न बर्गमा बिभाजन गरिएको पाईन्छ| यी मध्ये एकसरो, एनिमोन, पम्पन, डेकोरेटीभ, इन्कभर, रिफेक्स, स्पाइडर र मिनीयचर आदि मुख्य हुन्| गमला सजावटमा इन्कभर, रिफेक्स, स्पाइडर र मिनीयचरप्रयोग गरिन्छ| नेपालमा हाल प्रचलित विकसित प्रजाति मध्ये इन्कभर र इन्टरमिडीयट वर्गमा स्नोबल, सोनार बंगला, विलियम टर्नर, रोयल पर्पल आदि छन्| स्पाइडर फ्रस्ती हिवस्की, एलोनाइट आदि छन् भने मिनीयचरमा थाउजेण्ड ब्लुमिंग, अजय, बिवल साहनी आदि छन्|
तस्बिर सङ्ग्रहसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ conserved type ratified by General Committee, Nicolson, Taxon 48: 375 (1999)
- ↑ Tropicos, Chrysanthemum L.
- ↑ Flann, C (ed) 2009+ Global Compositae Checklist
- ↑ "Chrysanthemums: Rethinking a Fast-Food Flower", १७ सेप्टेम्बर २०१९।
बाहिरी कडीहरूसम्पादन
विकिमिडिया कमन्समा Chrysanthemum सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Chrysanthemum |