गण्डकी प्रदेश सभा निर्वाचन, २०७४

प्रदेश नं. ४ प्रदेशसभा निर्वाचन को ६० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[][]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ३१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १५ लाख ६८ हजार ८ सय २९ रहेको जनाएको छ ।

प्रदेश नं. ४ प्रदेशसभा निर्वाचन, २०७४
State No. 4 provincial election, 2017

मङ्सिर १०
मङ्सिर २१, २०७४
२०२२ →

प्रदेश नं. ४ प्रदेश सभाको सम्पूर्ण ६० सिट[]
बहुमतको लागि ३१ सिट[]
दर्तावाल मतदाता१५,६८,८२९[]
 
दल नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) नेपाली काङ्ग्रेस




प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो । यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको छ ।[]

निर्वाचन कार्यक्रम

सम्पादन गर्नुहोस्

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।[]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो ।[][] प्रदेश नं. ४ को ११ जिल्लाहरू मध्ये पहिलो चरणमा ६ जिल्ला र दोस्रो चरण अन्तर्गत ५ जिल्लामा निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन प्रणाली

सम्पादन गर्नुहोस्

प्रदेश नं. ४ को प्रदेश सभाका ६० सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; ३६ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी २४ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[११] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[१२]

राजनीतिक दल निर्वाचन चिन्ह प्रत्यक्ष सामानुपातिक कूल
सिट
मत % सिट मत % सिट
नेकपा (एमाले)  
नेकपा (माके)  
नेपाली काङ्ग्रेस
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल  
विवेकशील साझा  
राष्ट्रिय जनता पार्टी नेपाल  
सङ्घीय समाजवादी फोरम  
नेकपा (माले)  
नेपाल मजदुर किसान पार्टी  
राष्ट्रिय जनमोर्चा  
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)  
नेपाल परिवार दल  
नयाँ शक्ति पार्टी  
अखण्ड नेपाल पार्टी
नेपाली जनता दल  
खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल
बहुजन शक्ति पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
कूल ३६ २४ ६०

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  2. "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  3. "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  4. "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  5. "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४ 
  6. "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ [स्थायी मृत कडी]
  7. "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२७ मिति
  8. "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७ 
  9. "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७ [स्थायी मृत कडी]
  10. "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४ 
  11. Article 84 Constitution of Nepal
  12. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्