खोटे सल्लो हिमाली क्षेत्रमा प्राकृतिक फैलावट भएको एक प्रकारको कोणधारी वनस्पति हो। विश्वमा पाइने धेरै प्रजातिहरूको सल्लाहरू मध्ये यो प्रजातिको वैज्ञानिक नाम, विलियम रक्सबर्घको नामको आधारमा राखिएको थियो। नेपालका विभिन्न स्थानमा यसलाई अौले सल्लो वा दियाले सल्लो पनि भनेर चिनिन्छ।[२]

खोटेसल्लो
Pinus roxburghii
भारतको उत्तराखण्डमा हुर्किएको खोटेसल्लो
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
Pinophyta
वर्ग:
Pinopsida
गण:
Pinales
कुल:
Pinaceae
वंश:
Pinus
उपवंश:
Pinus subg. Pinus
प्रजाति:
P. roxburghii
वैज्ञानिक नाम
Pinus roxburghii
Charles Sprague Sargent

फैलावटसम्पादन

यसको फैलावटको क्षेत्र उत्तरी पाकिस्तानको जम्मू र कश्मीर, पञ्जाब, हिमाचल प्रदेश, उत्तराखण्ड, नेपाल, सिक्किम हुँदै भुटान सम्म फैलिएका हिमाली क्षेत्रहरू हुन। यो प्रजातिको सल्लो हिमाली क्षेत्रका अरू सल्लाहरू भन्दा कम उचाइ भएका भूभागहरूमा फैलिएका हुन्छन्। यस प्रजातिका सल्लाहरू ५००–२,००० मिटर (१,६००–६,६०० फिट) र बिरलै मात्र २,३०० मिटर (७,५०० फिट) उचाइमा अवस्थित हुन्छन्। अन्य हिमाली क्षेत्रका सल्लाहरू नीलो सल्लो, भुटानी सेतो सल्लो, चिनियाँ सेतो सल्लो, चिलगोजा सल्लो र सिकाङ सल्लो हुन्।

विवरणसम्पादन

खोटे सल्लो एक ठूलो आकारको वृक्ष हो। यसको उचाई ३०–५० मिटर (९८–१६० फिट) हुन्छ र वृक्षको फेदको व्यास २ मिटर हुने गर्छ र अपवादको रूपमा ३ मिटरको समेत भेटिएको छ। यो वृक्षको बोक्रा रातो-कलेजी रङ्गका हुन्छन्। यसका पातहरू सियो जस्ता हुन्छन्, तीनवटा पातको झुत्तोमा जोडिएका, मसिना लामा प्रकारका २०-३५ सेमी (७.९–१४ इन्च) लम्बाइका र एक विषेश प्रकारका पहेलिएका हरिया हुन्छन्

कोणहरू अण्डाकार हुन्छन् र बन्द भएका अवस्थामा १२-२४ सेमी (४.७-९.४ इन्च) लम्बाइ र ५-८ सेमी चौडाईका हुन्छन्। कोणहरूको रङ्ग सुरुमा हरियो हुन्छ र २४ महिनामा छिप्पिएर "पाके" पछि कलेजी रङ्गमा बदलिन्छन्। त्यसपछिको एक वर्षमा यी कोणहरू विस्तारै फुक्दै जान्छन् वा जङ्गलमा लागेको आगोको कारणले एक्कासी फुक्छन् र बीउहरू छरिन्छन्। बीउहरू ८-९ मिमी लम्बाइका हुन्छन्। बीउहरू हावा मार्फत यत्रतत्र फैलिन्छन्। खोटे सल्लो यी प्रजातिका सल्लाहरूसँग नजिकको सम्बन्ध छ जस्तै; केनरी टापु सल्लो, तुर्की सल्लो, सामुन्द्रिक सल्लो। यी सबै प्रजातिका सल्लाहरूमा धेरै मिल्दाजुल्दा गुणहरू छन्। खोटे सल्लो आफ्नो फैलावटका क्षेत्रहरूमा तुलनात्मक रूपमा कम विविधता भएको प्रजाति हो, प्रायजसो सबै तिर एकै किसिमका बनावट र गुणहरू छन्।

केहि चित्रहरू
वृक्ष स्तम्भ
भाले कोण
पोथी कोण

पारिस्थितिकसम्पादन

 
खोटेसल्लो वन , उत्तराखण्ड, भारत

खोटे सल्लाको वनको जमिनमा झरेका पातहरूको मोटो बिछ्यान लागेको हुन्छ जुन धेरै जसो सार्वजनिक प्रकारका बनस्पति वा वृक्षहरूलाई हुर्किनकोलागि उपयुक्त हुँदैन। यो वातावरणमा हुर्कन सक्ने बनस्पतिहरूमा लालिगुराँस फूल कुलका वृक्षहरू हुन्। सल्लाको रूख तल सजिलै हुर्कन र बाँच्न सक्ने अर्को एक किसिमको बनस्पति चाहिँ हिमाली काँटा हो।

प्रयोगसम्पादन

खोटे सल्लो प्राकृतिक फैलावटको क्षेत्रमा प्रशस्त खेति गरिने बृक्ष हो। पाकिस्तान, भारत र नेपालको वन विकासको सबभन्दा महत्त्वपूर्ण बृक्षहरू मध्येको एक वृक्ष हो। स्थानिय निर्माणको दृष्टिकोणले खोटे सल्लोको काठ सबैभन्दा कम मन पराइने काठ हो। अन्य कोणधारी बृक्षको तुलनामा सबभन्दा कमजोर र चाँडै मक्किने भएकोले यो काठ निर्माण कार्यमा मन पराइँदैन।

जब खोटे सल्लोको रूखको मोटाई धेरै ठूलो हुन्छ, बोक्राहरूलाई करिब २० वर्ग सेमी आकार र ५ सेमी मोटा टुक्रामा भाँच्न सकिन्छ। यो पत्रे काठ जस्तो तह तह परेको अवस्थामा हुन्छ र हरेक पत्रमा आँख्लाहरू हुँदैनन्। स्थानिय मानिसहरूले यी सजिलै छुट्याउन सकिने बाक्राहरू भाँडा कुँडाका बिर्को बनाउन प्रयोग गर्छन्। फलामेहरूले अँगेनामा यी बोक्राहरू इन्धनको रूपमा प्रयोग गर्छन्।

जब बुढा रूखहरू आगलागीमा परेर वा खडेरीमा परेर मर्छन, ती रूखहरूको काठको चूर (भित्री भागको काठ) खोटो को ठोस क्रिस्टल बन्ने प्रकृयाको कारणले एक अर्ध पारदर्शी (विभिन्न रङ्गमा, पहेँलो देखि गाडा रातो) सुगन्धित र सजिलै भाँचिने प्रकारको काठ बन्छ जुन काँच जस्तो देखिन्छ। यो सजिलैसँग सल्किने भएकोले स्थानियहरूले यसलाई आगो सल्काउनमा प्रयोग गर्छन। यसलाई बत्तिको रूपमा पनि प्रयोग गरिन्छ, एउटा सानो टुक्रा पनि यसभित्र हुने खोटोको कारणले धेरै बेर सम्म बलि रहन्छ। कोणधारी वृक्षहरू मध्ये यो मात्र एउटा प्रजाति हो जुन यस कार्यकोलागि उपयुक्त जस्तो देखिन्छ।

शरद ऋतुमा स्थानीय बासिन्दाहरूले झरेर सुकेका पातहरू जम्मा गर्छन र वर्ष भरि गाईबस्तुहरूको सोत्तर (ओछ्यान) को रूपमा प्रयोग गर्छन्। हरिया पातहरू ससाना कुचा बनाउनमा पनि प्रयोग गरिन्छ। यो प्रजातिको वृक्ष गर्मी र खडेरी पनि सहन सक्ने भएकाले यसलाई कतिपय सुख्खा र गर्मी क्षेत्रका बागबाणी को बृक्षको रूपमा पनि लगाइने गर्छ।

रसायन शास्त्रसम्पादन

खोटे सल्लो भित्र ठूलो मात्रामा टाक्सिफोलिन[३] पाइन्छ।

खोटोसम्पादन

औध्योगिक रूपमा खोटेसल्लाको खोटो जम्मा गरिन्छ। खोटोको आसवनपछि शीघ्रवाष्पशील सगन्ध तेल निस्कन्छ जसलाई टरपेन्टाइन भनिन्छ र यसको साधै शीघ्रवाष्प नहुने रोजिन उत्पादन हुन्छ। खोटे सल्लाको खोटोमा रोजिन]] र टरपेन्टाइन को मात्र करिब क्रमश ७५% र २२% (३% क्षय) हुन्छ।

टरपेन्टाइन विषेश गरी औषधि उत्पादन, अत्तर उद्योग, सल्लाको सिन्थेटिक तेल, किटनाशक औषधि, पदार्थहरूको प्रकृति परिवर्तन सामग्री आदि कार्यमा घोलकको रूपमा प्रयोग गरिन्छ। तारपिन रसायनिक पदार्थहरूको सिंथेसिस उत्पादनमा प्रयोग हुने एउटा सबभन्दा महत्त्वपूर्ण आधारभुत कच्चा पदार्थ हो। तारपिन धेरै औद्योगिक प्रकृयाहरूमा प्रयोग गरिन्छन जस्तै टाँस्ने पदार्थ, कागज, रबर आदिको उत्पादन।

खोटे सल्लाको रोजिन कागज, साबुन, श्रृङ्गार का सामग्री, रङ्ग-रोगन, रबर, पोलिस आदिको उत्पादनमा प्रयोग गरिन्छ। यस बाहेक अन्य पदार्थको उत्पादनको प्रकृयामा पनि रोजिनको प्रयोग गरिन्छ। यी मध्ये केही पदार्थ तथा प्रकृयाहरू हुन - लिनोलियम, बिस्फोटक पदार्थहरू, किटनासक, विजघ्न पदार्थ, शराब उत्पादन, खानीज उत्पादन, इलेक्ट्रोनिक्सको सोल्डर गर्दा प्रयोग गरिने सहयोगी लेदो आदि।

नेपालको अत्तरियामा एउटा पुरानो र ठूलो रोजिन एन्ड टर्पेन्टाइन उत्पादन कारखान थियो। यसकोलागि आवश्यक खोटो सेती अञ्चलका पहाडी जिल्लाहरूमा जम्मा गरिन्थ्यो। केही समय अघि आर्थिक संकटमा परी उक्त कारखाना बन्द भएको छ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Conifer Specialist Group (१९९६), "Pinus roxburghii", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २०१३-११-०१ 
  2. नेपाली बृहत् शब्दकोश, कमलादी: नेपाल प्रज्ञा-प्रतिष्ठान, बिसं २०६७, पृ: २९३। 
  3. Stefan Willför, Mumtaz Ali, Maarit Karonen, Markku Reunanen, Mohammad Arfan & Reija Harlamow (२००९), "Extractives in bark of different conifer species growing in Pakistan", Holzforschung 63 (5): 551–558, डिओआई:10.1515/HF.2009.095 

बाह्य सूत्रहरूसम्पादन