खुजदार जिल्ला (उर्दु: خُضدار ) पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको एक प्रमुख जिल्ला हो । यस जिल्लाको सदरमुकाम खुजदार शहर हो ।

खुजदार जिल्ला
पाकिस्तानको नक्शामा खुजदार जिल्लाको अवस्थितीको अवस्थिति
पाकिस्तानको नक्शामा खुजदार जिल्लाको अवस्थिती
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
स्थापना१९७४
सदरमुकामकलात विभाग
सरकार
 • प्रमुख आयुक्तमहम्मद हासीम घलाजाय
 • प्रहरी प्रमुखमहम्मद जाफर अली
क्षेत्रफल
 • जम्मा३५,३८० किमी (१३६६० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा८०२,२०७
 • घनत्व२३/किमी (५९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
तहसीलको सङ्ख्या

सन् १९७४ यस जिल्लाको स्थापना भन्दा पहिला यो जिल्ला कलात जिल्लाको एक भाग थियो । नोभेम्बर १९९० मा खुजदारको इलाकाको भाग अवारा जिल्ला बनाउनको लागि विभाजित भएको थियो ।

जानकारी सम्पादन गर्नुहोस्

बलुचिस्तानमा पानीको अभाव, सुख्खा मौसम र प्रचुर मात्रामा बाँझो जमिनका कारण यस प्रदेशको जनसङ्ख्या अन्य प्रदेशको तुलनामा कम हुने गरेको छ । खुजदार जिल्लाको सदरमुकाम शहर खुजदार शहर हो जुन बलुचिस्तानकै सबै महत्त्वपूर्ण शहर को रूपमा रहेको छ । खुजदार शहर पाकिस्तान राष्ट्रिय राजमार्गमा अवस्थित छ जसले पाकिस्तानसँग इरान र टर्कीलाई जोड्छ । यो शहर कराचीबाट ४०० किलोमिटर र क्वेटाबाट ३०० किलोमिटरको दुरीमा पर्छ जुन शहर पाकिस्तानकै दुई प्रमुख शहर हुन् ।

अरब शासनको समयमा यस क्षेत्र टुरान प्रदेशको रूपमा स्थापित भयो जसको सदरमुकाम खुजदारलाई राखिएको थियो । यो एक महत्त्वपूर्ण सैनिक आश्रयस्थल बनेको थियो जसलाई अरबी प्रमुखहरूले भारतीय सेनालाई आदेश दिने गरेका थिए । पछि खुजदार कलात प्रदेशको एक भाग बनेको थियो । सन् १८७९ मा यो स्थानमा झलावान जाती र कलातका खानको बिच युद्ध भऐको थियो जुन युद्धमा कलातका शासक मिर खुदा खानको जित भएको थियो । यस शहरको नजिकै अरबहरू द्वारा निर्मित पुरानो किला को खण्डहरू रहेका छन् । १ मार्च १९७४ मा यो शहर विभाजित भएर छुट्टै जिल्ला बनेको थियो । यस जिल्लामा हाल चार तहसीलहरू रहेका छन् । यस जिल्लाका प्रमुख जनजाति बजानो, जाटक, हसनी, सिपाड, मोसियानी जहारी, जरकजाइ, अहमदजी आदि हुन् । खुजदार नजिक सैनिको एक ठूलो आश्रयस्थल रहेकोदछ जुन क्वेटा पछि बलुचिस्तानकै सबैभन्दा धेरै सैनिक भएको शहर हो । खुजदारमा एक विश्वविद्यालय रहेको छ जसको नजिकका एक राष्ट्रिय विमानस्थल रहेको छ ।[२]

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ५,१७०,०० रहेको छ जसमध्य २८ % मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् । सन् २०१२ मा यस जिल्लाको जनसङ्ख्या ९,२५०,०० रहेको छ भन्ने अनुमान गरेका छन् जसमध्य ९९ % मानिसहरू इस्लामी हुन् । यस जिल्लामा मानिहरू मुख्यतया ब्राहुई भाषा बोल्ने जनजाति बसोबास गर्छन् । १९८१ का जनगणना अनुसार यस जिल्लाको प्रमुख भाषा ब्राहुई रहेको थियो जसमा कुल जनसङ्ख्याको ८२% मानिसहरू रहेका थिए भने १३% मानिसहरू बलूची भाषा बोल्ने गरेको तथ्यााङ्कले जनाएको थियो । सन् १९९८ को जनगणनाले ब्राहुई भाषा बोल्ने मानिको तथ्याङ्क जम्मा गर्न सकेन भने कुल जनसङ्ख्याको ९६.७% मानिसहरू बलूची भाषा बोल्ने र १% पञ्जाबी भाषा बोल्ने मानिसको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

शिक्षा सम्पादन गर्नुहोस्

पाकिस्तान जिल्ला शिक्षा बरियता २०१७ का अनुसार खुजदार जिल्ला कुल १४१ मा १२२ अौँ स्थानमा रहेको छ । यस बरपयताले जिल्लाको सिक्ने क्रम, लैङ्गकि अनुपातको पनि मापन गर्छ । सन् २०१४-१५ को अनुसार १० वर्ष माथिका मानिसहरूको साक्षरता दर ४५% रहेको छ जसमा महिलाको साक्षरता दर मात्र २६% छ । यस शहरमा उच्च विद्यालयको अभाव छ जसमा प्रथमीक विद्यालय कुल विद्यालयको ८७% रहेको छ भने उच्च विद्यालय मात्र ५% रहेको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्